यस्तो ल्याइँदै छ, जिल्ला प्रहरी कार्यालय चौताराले चाडपर्व लक्षित गरी विशेष सुरक्षा योजना
सिन्धुपाल्चोक जिल्लामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ ।
चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले नयाँ रणनीतिका साथ सुरक्षा योजना बनाएको छ । सोमबार प्रहरीले पत्रकार सम्मेलन गर्दै ६ बुँदामा सुरक्षा योजना सार्वजनिक गरेको हो ।
दसैं तथा तिहारलगायतका पर्वमा हुनसक्ने लुटपाट लगायत सम्भावित घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले यस्तो योजना बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार चाडपर्वमा लुटपाटका घटना हुन नदिन सादा पोशाकका प्रहरी परिचालन हुनेछन् । लुटपाट हुनसक्ने स्थानमा महिला प्रहरीलाई सादा पोशाकमा खटाउने योजना सिन्धुपाल्चोक प्रहरीले बनाएको छ । कार्यालयले यो वर्ष महिला प्रहरीलाई गरगहना लगाएर चोक तथा लुटपाट हुनसक्ने एकान्त स्थानमा खटाउने ...
