नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको तेस्रो नगर अधिवेशन सम्पन्न
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, मेलम्ची नगर समितिको तेस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । वागमती प्रदेश समिति अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कृष्णप्रसाद ढुंगानाको अध्यक्षतामा २७ सदस्यीय नगरकार्यसमिति गठन गर्दै सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा आयोजित विशेष कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेकपाएमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्याल, मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य बालकृष्ण देउजा, जिल्ला समन्वय समितिका पूर्व प्रमुख कृष्णगोपाल तामाञ, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख वक्ता डम्बर बहादुर अर्यालले शिक्षकको पेशागत संगठनले विगतमा गरेको संघर्षका कारण विभिन्न हक अधिकार स्थापित गर्न सकेको बताउँदै पेशागत विकासमा रचनात्मक हिसाबले अगाडी ...



