सम्पर्क

ब्रेकिङ न्युज १

हिराहरि तेक्वान्दोको सिनियर ग्रेडिङ कार्यक्रम सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
 चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा रहेको हिराहरि तेक्वान्दो डोजाङको तालिम हलमा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सिनियर खेलाडीहरु, अभिभावक तथा खेलाडीहरुको बाक्लो उपस्थितिमा रातो कालो पेटि, प्रथम डान कालो पेटी र दोस्रो डान कालो पेटीको ग्रेडिङ भएको हो । रातो पेटीबाट रातो कालो पेटीमा रेगिना गुरुङ र युग काफ्ले उतिर्ण हुन सफल भएको छ । त्यस्तै निभा श्रेष्ठ र विजय श्रेष्ठ रातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ । प्रथम डान कालो पेटि बाट दोस्रो डान कालो पेटीमा कुशल ढुंगाना उतिर्ण हुन सफल भएको छ । सिनियर ग्रेडिङ परिक्षामा उतिर्ण हुन सफल खेलाडीहरुलाई संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले बधाई दिनुभयो । ग्रेडिङ प्रमुख गुरुङलेनै लिनु भएको थियो ।...

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

ब्रेकिङ न्युज १, समाचार
यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले भन्नुभयो, “गत वर्षको तुलनामा हाल कम सङ्क्रमण देखिएको छ तर यस वर्ष मौसम विभागले धेरै नै पानी पर्ने भनेको छ । त्यसले सङ्क्रमणको जोखिम बढाउने छ ।” पानी धेरै पर्दा जम्मा हुने पानीमा डेङ्गी सार्ने लामखुट्टे फस्टाउने भन्दै उहाँले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो । दाहालले पानी सङ्कलन हुने टायर, गमला जस्ता ठाउँ हालैदेखि व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल निस्किने लार्भा वयस...

कांग्रेसद्धारा समाचारको निन्दा र भत्र्सना

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाका बारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । नेपाली काँग्रेसका मुख्य सचिब कृष्ण प्रसाद पौडेलले एक बिज्ञेप्ती प्रकाशीत गर्दै यस्तो बताउँनु भएको हो । उँहाद्धारा जारी बिज्ञेप्तीमा ऐतिहासिक जनआन्दोलन २०६२÷६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलव्धी अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति श्री देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ । कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे उहाँको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैति...

पत्रकार महामसघं काठमाण्डौ शाखाको सबै पालिकामा पत्र

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाले काठमाण्डौ महानगर पालिका , नगरपालिका र गाँउपालिकाहरुमा ध्यानाकर्षण बुझाएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्यालको नेतृत्वमा हरेका पालिकामा गइ बुझाइएको ध्यानकर्षण पत्रमा आगामी नीति तथा कार्यक्रम र बजेटमा साना तथा स्वरोजगारमुखी मिडिया तथा यस शाखा आवद्ध पत्रकारहरुको हकहित, प्रबद्र्धन तथा विकासका लागिसमावेश गर्नपालिका हरु सँग अनुरोध गरिएको छ । हरेक पालिकालाइ बुझाइएको पत्रमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका ले स्थापना कालदेखि नै पत्रकारको हकहित तथा प्रबद्र्धनका लागि सरकारी निकाय, संघ संस्था तथा स्थानीय तहसँगको समन्वयमा पत्रकार तथा पत्रकारिता क्षेत्रको विकास र पैरवीका लागि विभिन्न गतिविधि गर्दै आएको स्पष्ट पार्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखा देशकै सबैभन्दा ठूलो र धेरै पत्रकारहरु आवद्ध रहेको शाखा भएको र हाल यो ...

गैरपेसागत कार्य नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
प्रेस काउन्सिल नेपालले देशका केही जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरी लगायतका जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासा आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।‘मिडियाको आवरण दिइ आफू पत्रकार भएको भन्दै गैरपेसागत क्रियाकलाप गर्ने, सरकारी÷गैरसरकारी एवं स्थानीय तहका कार्यालयमा गइ विज्ञापनको नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, अनधिकृतरुपमा कार्ड बनाइ गैरपेसागत क्रियाकलापमा संलग्न गराउने, प्रेस कार्डको दुरुपयोग गर्दै कतिपय जिल्लाका सिमाना गएर धाकधम्की दिने, असुली गर्ने, पत्रकार सम्मेलन गराइदिने भनी पीडितसँगबाट रकम असुली गर्ने, युट्युब च्यानलमार्फत राष्ट्रियता/राष्ट्रिय एकताविपरी...

नगर सभा सदस्यहरूलाइ न्यायीक समिति सम्बन्धि अभिमुखीकरण

ब्रेकिङ न्युज १, विचार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले सोमबार नगरका वडा न्यायीक समितकिा पदाधिकारीहरु तथा मेलमिलापकर्ताहरुलाइ एक दिने प्रशिक्षण दिएको छ । नगर न्यायिक शाखाको आयोजनामा नगर सभाका सदस्यहरूका लागि न्यायिक समितिको अवधारणा र कार्यान्वयनको सवालमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको दिइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले न्यायसम्बन्धी विषयवस्तुप्रति स्पष्ट भएर जीवन व्यवहारमा लागू गर्नुपर्ने बताउँनु हुँदै कार्यक्रममा सहभागी सबैलाई अभिमुखीकरण बाट प्राप्त ज्ञान तथा जानकारीलाई जनसमुदाय सम्म पु¥याउन पर्नेमा जोड दिनु भयो । कार्यक्रमको अध्यक्षता ष्रिरहनु भएको नगर उप–प्रमुख सीता थापाले लेकार्यक्रममा न्यायिक समितिले हालसम्म गरेका कार्यहरू समेटिएको “न्यायिक संगालो” प्रकाशित गर्ने तयारीमा रहेको बताउदै मेलमिलापकर्ता प्रोत्साहन कार्यक्रमलाई कार्यान्वयनमा ...

बस्नेतद्धारा प्रतिबन्ध तोडेर खानेपानी उद्धघाटन पालिकाको बिज्ञेप्ती सट्टामा सामाजीक सञ्जाल

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको लिसखुंपाखर गाँउपालिकाले पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले लिसंखुपाखर २, निगालेमा निगाले नारगाउँ खानेपानी योजनाको उद्घाटन गर्नु भएको छ । उक्त कार्यक्रममा सहभागी नहुन पालिका अध्यक्षले जारी गरेको बिज्ञेप्तीलाइ स्थानीयले बेवास्था गरे पछी आफैद्धारा गाँउपालिकाको लेटरप्याडमा प्रकाशति बिज्ञेप्तीलाइ पालिका अध्यक्ष राजु लामाले सामाजीक सञ्जाल मार्फत उद्धघाटन कार्यक्रमलाइ अबरुद्ध नगर्न अनुरोध गर्नु भएको थियो । गाउँपालिकाका अध्यक्ष राजु लामाले विज्ञप्ति निकाल्दै भ्रष्टाचार अभियोगमा सांसद पदबाट निलम्बित व्यक्तिबाट कुनै कार्यक्रमको उद्घाटन हुनु संविधान, प्रचलित कानुन तथा स्थानीय सरकारको स्वायत्तताको गम्भीर उल्लङ्घन हुने ठहर गरेको बताउँदै उद्धघाटन गर्न नदीने जानकारी दिए पछी नेपाली काँग्रेसका कार्यकर्ता सहीत उपभोक्ताहरु आक्रोसित भएका थिए । उद्धघाटन कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प...

रसुवागढी नाकामा स्याउको डिब्बामा लुकाइएको सुन बरामद

ब्रेकिङ न्युज १, समाचार
रसुवागढी नाकामा स्याउको डिब्बा गाडीमार्फत ल्याइएको साढे सात किलो सुन बरामद गरिएको छ । प्रहरीले आइतबार गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी नाकाबाट २४ वर्षीय किशोर भुजेललाई पक्राउ गरेको हो । भुजेल गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीका बासिन्दा हुन् र बा ४ ख ६२०१ नम्बरको स्याउ बोकेको गाडीका चालक थिए । प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार, गाडीको चेकजाँच गर्दा ७ किलो ६५३ ग्राम सुन फेला परेको हो । यस घटनाले चीनबाट नेपाल हुँदै तस्करी हुने सुनको मार्गप्रति सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ । प्रहरीले बरामद सुनको स्रोत र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।...

सिन्धु एमालेले सम्झियो मदन–आश्रित

ब्रेकिङ न्युज १, राजनिती, समाचार
जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृती दिवस तथा विचार गोष्ठी जिल्ला सदरमुकम चौतारामा मनाइएको छ । शनिबार नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा कार्यक्रम आयोजना भएको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य इश्वरी रिजाल, केन्द्रिय सदस्य सरेश नेपाल र प्रदेश सदस्य हस्त पंडितले तत्कालिन महासचिव भण्डारी र कुशल संगठक आश्रितको जीवनी तथा जनताको बहुदलिय जनवाद बारे विचार राख्नुभयो । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य निर्मल बञ्जराले कविता मार्फत र प्रेस चौतारी सिन्धुपाल्चोकका अध्यक्ष विदुर आचार्यले मदन भण्डारीका कविता मार्फत स्मरण गर्नुभयो । साथै नेकपा एमालेको चौथो बैठकबाट मनोनित सदस्यहरुको शपथ पनि सोही समारोहमा गरिएको प्रचार विभाग प्रमुख अर्जुन भण्डारीले जानकारि दिनुभयो ।...

सामाजकि काममा अग्रसर हुँदै नबजागरण युबा समुह डडुवा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
नबजागरण युबा समुह डडुवाले बिद्यालयमा शैक्षीक सामाग्री बितरण गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढीनगरपालिका वडा नं १४मा रहेको डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको हो । युवा समुहका सचिब सरोज बोहोराका अनुसार प्रती बिध्यार्थी १थान ब्याग झोला थान १ प्याकेट शिशाकलम , इलेजर, सार्पनर , हाफ दर्जन कपि का दरले बितरण गरिएको बताउँनु भयो ।यसै गरी कक्षा १, देखी कक्षा ५ सम्मका बिद्यार्थीलाइ प्रती बिध्यार्थी आधा दर्जन मोटो कपि , एक बट्टा पेन्सिल कक्षा ६ देखि ११ सम्म का बार्षिक परिक्षाफलमा प्रथम , द्दितिय र तृतीय हुने१८ जना बिध्यार्थिहरुलाइ प्रती बिध्यार्थी हाफ दर्जन मोटो कपि , एक बट्टा पेन्सिल , एक वटा कलम त्यसैगरी बाल कक्षा मा खेलमार्फत पढाउने शैक्षिक सामाग्री , चाट्र्पेपर , खेल सामग्री बितरण गरिएको छ भने बिध्यालयलाइ १ थान नेट , भलिबल ...