नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाले काठमाण्डौ महानगर पालिका , नगरपालिका र गाँउपालिकाहरुमा ध्यानाकर्षण बुझाएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्यालको नेतृत्वमा हरेका पालिकामा गइ बुझाइएको ध्यानकर्षण पत्रमा आगामी नीति तथा कार्यक्रम र बजेटमा साना तथा स्वरोजगारमुखी मिडिया तथा यस शाखा आवद्ध पत्रकारहरुको हकहित, प्रबद्र्धन तथा विकासका लागिसमावेश गर्नपालिका हरु सँग अनुरोध गरिएको छ ।

हरेक पालिकालाइ बुझाइएको पत्रमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका ले स्थापना कालदेखि नै पत्रकारको हकहित तथा प्रबद्र्धनका लागि सरकारी निकाय, संघ संस्था तथा स्थानीय तहसँगको समन्वयमा पत्रकार तथा पत्रकारिता क्षेत्रको विकास र पैरवीका लागि विभिन्न गतिविधि गर्दै आएको स्पष्ट पार्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखा देशकै सबैभन्दा ठूलो र धेरै पत्रकारहरु आवद्ध रहेको शाखा भएको र हाल यो शाखामा ११ सय पत्रकारहरु आवद्ध रहेका जानकारी समेत गराइएको छ ।महासघले शाखामा साना लगानीका स्वरोजगारमूलक मिडिया सञ्चालन गर्ने पत्रकारहरुको बाक्लो उपस्थिति रहेको छ। साना तथा स्वरोजगारमुखी मिडिया तथा यस शाखा आवद्ध पत्रकारहरुको हकहित, प्रबद्र्धन तथा विकासका लागि यस पालिकासँग निम्न विषय पालिकाको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नका लागि अनुरोध गरिएको छ। पत्रकार महासंघ काठमाडौं शाखामा देशकै सबैभन्दा धेरै स्वरोजगारमूलक मिडिया आवद्ध रहेकाले यिनीहरुको संरक्षण र विकासका लागि विशेष योजना तथा नीति बनाउन माग गर्दछौं भनेको छ । यसै गरी पालिका हरु सँग मिडिया विकासका लागि लोककल्याणकारी विज्ञापन तथा फेलोसिपको व्यवस्था गर्न साप्ताहिक, पाक्षिक, मासिक तथा मध्यम खालका दैनिक छापा माध्यमको ऐतिहासिक महत्त्व र ति सञ्चार माध्यमले खेलेको भुमिका मनन् गर्दै यस्ता सञ्चार माध्यमको संरक्षण र प्रबद्र्धनका लागि पालिकाले बिशेष योजना ल्याउन आग्रह गद न्यु मिडियाको रुपमा विकास भएको अनलाइन सञ्चार माध्यमलाई संरक्षण र विकासको लागि योजना ल्याउन आग्रह गरेको छ। म्हानगर पालिका सँग काठमाडौ जिल्ला शाखामा रहेको पत्रकार कल्याणकारी कोषको रकम हाल १५ लाख रहेकोमा थप २५ लाख रकम उपलब्ध गराइदिनुहुन माग गरिएको छ ।साथै पत्रकारहरुको सिप तथा क्षमता विकासका लागि काठमाडौं शाखा मार्फत खर्च हुनेगरी तालिम, गोष्ठी, सेमिनार गर्न कम्तीमा वार्षिक २५ लाख बजेटको व्यवस्था गर्न महानगर सँग माग गरिएको छ ।यसै गरी लोककल्याणकारी विज्ञापन तथा अन्य सूचना सन्देश विभिन्न भाषाभाषि, महिला, दलित, आदिवासी तथा जनजातिहरु प्रकाशक तथा सम्पादक रहेका मिडियालाई प्राथमिकता दिई समावेशी ढंगले वितरण गर्न माग गरेको छ।स्थानीय तहबाट निर्माण गर्ने मिडिया नीति तथा ऐन कानुन मिडियामैत्री र संविधानको भावना अनुरुप हुने गरी निर्माण गर्न माग गरेको छ ।यसै गरी महानगरपालिकाका सबैखालका कार्यक्रममा पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा संग आपसी सहकार्य गर्न आग्रह गरेको महासघ काठमाण्डौ शाखाका अध्यक्ष शोभा अर्यालले जानकारी दिनु भयो ।
