सम्पर्क

ब्रेकिङ न्युज १

पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

पत्रकार बजगाईको जन्मदिन सेवा घरमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
 दिनेश भण्डारी- नव क्षितिज साप्ताहिकको रजत वर्ष र यसका प्रधान सम्पादक, अग्रज पत्रकार एवं सामाजिक अभियान्ता नवराज बजगाईको जन्म दिन धुलिखेल–१२,मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का ५२ जना बृद्धबृद्धा र असहायलाई खाना खुवाएसँगै खाद्यान्न, लत्ता कपडा र नगद रु २५ हजार हस्तान्तरण गरेर मनाईएको छ । काभ्रेपलाञ्चोक जिल्लाबाट निरन्तर प्रकाशित नव क्षितिज साप्ताहिक २०८२ बैशाख ८ गतेबाट २५ वर्ष प्रवेश गरेकोमा वर्षभरी रजत वर्ष मनाउने कार्यक्रम तथा नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका नवराज बजगाइको असार १८ गते र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी बुधबार धुलिखेलमा रहेको मानव कल्याण समाजको सेवा घर शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न, लत्ता कपडाहरू र नगद सहयोग गरेका हुन् । उनले गत वर्षका जन्म...

विपद् जोखिम न्यूनीकरणमा काभ्रेका स्थानीय तहको सक्रियता

ब्रेकिङ न्युज १, समाचार
काभ्रेपलाञ्चोक मनसुनजन्य विपद् न्यूनीकरणमा यहाँका स्थानीय तहको सक्रियता बढेको छ । विशेषगरी उच्च जोखिममा रहेका स्थानीय तहले सरोकारवालबीच छलफल गरी पूर्वतयारीको व्यवस्थापनमा लागेका हुन् । बाढीपहिरोको उच्च जोखिममा रहेको रोशी गाउँपालिकामा गत साल असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछिको बाढी र पहिरोमा धेरै जनधनको क्षति बेहोरेपछि यस वर्ष जोखिम कम गर्न जिल्लास्तरीय विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समिति खोज, उद्धार र राहतमा सक्रियता देखाएको सङ्घ र प्रदेश सरकार पुनर्निर्माणमा अल्मलिएको बताइयो । “सडक, निजी आवास, सार्वजनिक भवन, अस्पताल, औद्योगिक ग्रामलगायतका संरचना निर्माण गर्न बाँकी छ, अति प्रभावित यस गाउँपालिकामा अझै सतर्क भएर काम गर्नुपर्ने देखिन्छ”, गाउँपालिका अध्यक्ष एवं स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष दिनेश लामाले भन्नुभयो । उक्त गाउँपालिकामा गत साल असोजको बाढी...
रामदेबी माबी हर्रेमा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम

रामदेबी माबी हर्रेमा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
कबीता श्रेष्ठ लोकप्रियसमाचार राष्टीय दैनिक , सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० स्थित श्री राम देवी मा.वि हर्रेमा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं १०को ,आर्थिक सहयोगमा नेत्र ज्योति मिडिया हाउसद्धारा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वडा नं १० को वडा अध्यक्ष निल बहादुर तामाङले प्रमुख आतिथ्यताको आशनबाट बेल्दै बालबिबाहको अन्त्य, गर्नुका साथै अहीलेको अबस्थामा आफ्नै भन्नेहरुबाट समेत बालबालीका असुरक्षित हुन थालेकोमा चिन्ता ब्यक्त गर्नु भयो । उँहाले भेटेकोशी गाँउपालिकामा हालै घटेको घटनाको स्मरण गराउँदै ढिलो चाँडो प्रहरीले दोषी पक्रेर कार्बही त गर्छ तर यसरी भएको नोक्सानीको कसैले पनी क्षती पाउँन सक्तैन भन्नु भयो । उँहाले कुनै पनी बालबालीका ले कसैले घुम्न जाऔ भनेर फाकाउँदैमा आफ्नै अभिभावक तथा शिक्षक...

बस्नेतलाइ २५लाख धरौटी,यस्तो छ आदेश  

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ ।बिशेष अदालतले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश गरिएको छ । आइतबार थुनछेक बहसपछि विशेष अदालतले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन बस्नेत आइतबार स्वयम अदालतमा उपस्थित भएर बयान दिनु भएको थियो ।न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इलसालले आइतबार बयान लिइसकेपछि बस्नेतलाई धरौटीमा छाड्न भनेको हो ।दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो दाबीसहित गत जेठ १ मा अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो ।यस्तो छ आदेश  ...
मनसुनमा सतर्कता अपनाउन सिन्धुपाल्चोक जिल्ला प्रशासनको आग्रह

मनसुनमा सतर्कता अपनाउन सिन्धुपाल्चोक जिल्ला प्रशासनको आग्रह

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यस वर्षको मनसुन सुरु भएसँगै जिल्लावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ । मनसुन सक्रिय भएसँगै वर्षाका कारण जिल्लाभर बाढी, पहिरो र डुबानलगायत विपद् जोखिमका घटना घट्न सक्ने जनाउँदै जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो  । शुक्रबार प्रमुख जिल्ला अधिकारी किरण थापाद्धारा जारी विज्ञप्तीमा यस्तो भनिएको छ, जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष विगत वर्षहरु भन्दा केही बढी बर्षा हुने अनुमान गरिएको छ । त्यसको प्रभाव सिन्धुपाल्चोक जिल्लामा समेत रहने अनुमान गरिएको छ । जिल्लाका भुभागहरु विगतको भुकम्प र त्यसपछीका बाढी तथा पहिरोहरुबाट खुकुलो भएकोले मध्ययम बर्षाले पनि भू–क्षय, बाढी पहिरो तथा ग्रेग्रान बहाबको जोखिम रहने भएकोले जोखिम हुनसक्ने स्थानहरुमा उच्च सतर्कता अपनाउन र पूर्वतयारी सहित आवश्यक क्रियाकलाप ...

मेलम्ची नगरपालिकाद्धारा भ्रममा नपर्न अनुरोध

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, साहित्य
गर्देै मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्धता भएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ। नगर प्रमुख तामाङको सचिबालयले आफ्नो आधिकारीक सञ्जाल मार्फत यस्तो जनाएको हो । केही दिन अगाडी केही सञ्चार माध्यमबाट मेलम्ची नगरपालिकामा अनियमितता भन्दै नगर प्रमुख र उप प्रमुख समेतको नाम आए पछी नगरपालिकाले यस्तो बताएको हो । पालिकाले नगर बासीलाइ भ्रममा नपर्न समेत आग्रह गरेको छ । हामी नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध छौं । पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमले महालेखा परीक्षणको प्रतिवेदनको हवाला दिंदै मेलम्ची नगरपालिकाको विषयमा तथ्यहिन समाचारहरु प्रकाशन गरेका छन् । महालेखा परीक्षकको प्रतिवेदन प्रति हामी गम्भीर र सचेत छौं । बेरुजु कम गर्न हामी प्रयत्नशील पनि छौं ।हामीलाई लाग्थ्यो रिपोर्टिङ गर्ने साथीहरु विज्ञ हुनुहुन्छ र उहाँहरुले राम्रो अध्ययन गरेर मात्र समा...

११ वर्षीय बालिकाको सामुहिक बलात्कार पछि हत्या आरोपमा ५ जना पक्राउ

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५ छ्याङ्गदीस्थित ११ वर्षीया बालिकाको बलात्कार पछि हत्या गरिएको आरोपमा पाँच जना पक्राउ परेका छन् । घटनामा संलग्न पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ रहेका छन् । २१ बर्षिय निमा बालिकाको काकाका छोरा हुन् भने सबैजना एउटै टोलका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । गाँजा र रक्सीको नशामा उनीहरुले बलात्कार गरी हत्या गरेर बालिकाको शवलार्ई एकान्त जंगलको भिरमा लगेर फालिएका थिए । बालिका असार १० गते मंगलबार राति हराएको र भोलिपल्ट बिहानको समयमा उनको शव जंगलको खोल्सामा फेला परेको थियो । च्या...

हजार दिनका आमाहरूलाई पोषण तथा जीविकोपार्जनका लागि तिन दिने अभिमुखिकरण ज्यामिरेमा सुरु

ब्रेकिङ न्युज १, समाचार
बहुक्षेत्रिय पोषण योजना अन्तर्गत सुनौला हजार दिनका आमाहरूलाई पोषण तथा जीविकोपार्जनका लागि ३ दिने अभिमुखिकरण कार्यक्रम मेलम्ची –९ ज्यामिरेमा सुरु भएको छ । कार्यक्रममा बोल्दै उपप्रमुख उमा प्रधानले बालबालिका हाम्रो भविष्यका कर्णधार भएकाले बालबालिकामा लगानी गर्न मेलम्ची नगरपालिका सधै प्रतिवद्द रहेकोले यहाँहरूले पनि आफ्ना बालबालिकाहरूलाई सुनौलो १००० दिनको समयमा उचित स्याहार सुसार गर्दै यस् पालिकाबाट जीविकोपार्जनका लागि दिईने अनुदानको सदुपयोग गरि आर्थिक रूपमा अब्बल बन्न अनुरोध गर्नुभएको छ ।तिन दिने अभिमुखिकरणमा २५ जना सहभागी रहेको पोषण सहजकर्ता सरिता डोटेलले जानकारी दिनुभयो ।सहभागीलाई जिविकोपार्जनको लागि आर्थिक सहयोग गरिने बताइएको छ । कार्यक्रममा मेलम्ची नगरपालिका उपप्रमुख प्रधान,प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल,वडा  अध्यक्ष किरणदिप खडका, रोजगार संयोजक रन्जन श्रेष्ठ,वडा सचिवहरु प्रसान्त हमा...

७३ जिल्लामा १५ सय भन्दा बढी डेंगु संक्रमित

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट एक हजार ५०२ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो । डेंगु सङ्क्रमण सबै भन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्क अनुसार बागमतीमा प्रदेशमा ३८०, कोशी प्रदेशमा तीन सय,गण्डकी प्रदेशमा ३०३ जनामा डेंगु पुष्टि भएको छ । त्यसै गरी, लुम्बिनी प्रदेशमा २४७, सुदूरपश्चिम प्रदेशमा २१८, कर्णाली प्रदेशमा ३२ र मधेश प्रदेशमा २२ जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिनुभयो ।...

पाँचपोखरीका जनप्रतिनिधिको आक्रोस, संघ र प्रदेश सरकारले पाँचपोखरीलाई हेला गर्यो

ब्रेकिङ न्युज १, समाचार
पाँचपोखरी थाङ्पाल गाउँपालिका गाउँसभाको १७औं अधिवेशन गाउँपालिका अध्यक्ष टासी लामाको सभाअध्यक्षमा सुरु भएको छ । कार्यक्रममा दलिय प्रतिनिधिको रुपमा शुभकामना राख्दै नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङबोले प्रदेश र संघ सरकारले यो गाउँपालिकालाई हेला गरेको बताउँदै सबै मिलेर अघि बढ्न आग्रह गर्नुभयो ।उहाँले बजेटले पर्यटनलाई ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै एमालेबाट निर्वाचित वडा नं. ६ का अध्यक्ष एवम पालिकाका प्रबक्ता नारायण भट्टराईले पनि संघ र प्रदेश सरकारले बजेटमा हेला गरेको बताउँदै काठमाडौंबाट नजिकै रहे पनि बत्तिमुनिको अधेँरो जस्तै भएको बताउनुभयो । उहाँले पालिकाले शिक्षा र स्वास्थ्यमा ध्यान दिरहेको बताउँदै स्थानीय सरकार आएपछि हरेक वडामा बर्थिङ सेन्टर स्थापना गरिएको बताउनुभयो ।उँहाले आन्तरिक श्रोतबाट भएपनि शिक्षकको व्यवस्थापन गरिएको बताउनुभयो । राप्रपाबाट नि...