सम्पर्क

ब्रेकिङ न्युज १

विचारः युवा पुस्तामा सकारात्मक सोचको खाँचो

विचारः युवा पुस्तामा सकारात्मक सोचको खाँचो

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, ८ साउन(रासस): आजको युग तीव्र गतिमा परिवर्तन भइरहेको छ । विज्ञान, प्रविधि, सूचना र सञ्चारको तीव्र विकासले मानव जीवनलाई सहज र गतिशील बनाएको छ । तर, यही परिवर्तनको आँधीभित्र युवा पुस्ता दिशाहीन, दिग्भ्रमित र चिन्तित भइरहेका छन् । उनीहरूलाई आत्मविश्वासभन्दा बढी डर छ, आशाभन्दा बढी शङ्का छ, उद्देश्यभन्दा बढी अन्योल छ । यस्तो अवस्थामा सकारात्मक सोच नै उनीहरूको जीवनलाई नयाँ दिशा दिनसक्ने एउटै शक्तिशाली उपाय हो । त्यसैले, युवालाई सकारात्मक सोचमा प्रशिक्षित गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता बनेको छ । आजको प्रतिस्पर्धात्मक युगमा युवा भविष्यप्रति अन्योल, मानसिक तनाव, र असन्तुष्टिको दबाबमा छन् । सामाजिक सञ्जाल, बेरोजगारी, पारिवारिक अपेक्षा, र असफलताले उनीहरूमा नकारात्मक सोच विकास गर्न सक्ने सम्भावना बढेको छ । यस्तो अवस्थामा युवामा सकारात्मक सोचको खाँचो गम्भीर र आवश्यक विषय हो । सकारात्मक सोच ...
तातोपानी नाकाबाट बाढीले रोकिएका २ सय ३ जना नेपालीलाई चीनबाट उद्धार

तातोपानी नाकाबाट बाढीले रोकिएका २ सय ३ जना नेपालीलाई चीनबाट उद्धार

ब्रेकिङ न्युज १, समाचार
चीनको केरुङ क्षेत्रस्थित रसुवा नाकामा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकहरूलाई तातोपानी नाका हुँदै सुरक्षित रूपमा स्वदेश फर्काइएको छ । भोटेकोशी नदीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल पूर्ण रूपमा बगाएपछि ती नेपाली चीनतर्फै रोकिएका थिए । गत असार २४ गतेदेखि मितेरी पुल अवरुद्ध भएपछि केरुङमा थुनिएका २०३ जना नेपालीलाई बुधबार बिहान चिनियाँ सुरक्षा निकायको सहकार्यमा २० वटा गाडीमार्फत तातोपानी नाकामा ल्याइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार फर्काइएका नेपालीहरू अधिकांश रोजगारीको शिलशिलामा चीन गएका थिए, भने केही ट्रान्सपोर्ट क्षेत्रमा गाडी चालकका रूपमा कार्यरत थिए । लामो समयदेखि चीनको केरुङ क्षेत्रमै सुरक्षित स्थानमा राखिएका ती नेपालीलाई नेपाल ल्याउन नेपाल सरकार र चिनियाँ पक्षबीच निरन्तर समन्वय भइरहेको थियो । तातोपानी नाका क्षेत्रमा नेपाल–चीन सी...
एमसिए नेपालसँग विद्युत प्रसारण आयोजना सम्बन्धमा मेलम्चीका ४ वडाहरुले गरे ध्यानाकर्षण

एमसिए नेपालसँग विद्युत प्रसारण आयोजना सम्बन्धमा मेलम्चीका ४ वडाहरुले गरे ध्यानाकर्षण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका वडा नं. १ देखि ४ सम्मका वडा अध्यक्षहरूले मिलेर आज (एमसिए) नेपालका कार्यकारी निर्देशकसँग भेट गरी विद्युत प्रसारण आयोजनाबाट उत्पन्न समस्याबारे गम्भीर ध्यानाकर्षण गराएका छन्। एमसिए नेपालद्वारा निर्माण हुन लागेको विद्युत प्रसारण लाइनका कारण ती वडाका नागरिकहरू प्रत्यक्ष प्रभावित हुने भएकाले प्रभावित समुदायको हक, हित र क्षतिपूर्तिको माग गर्दै लिखित ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरिएको हो। छलफलमा उठाइएका प्रमुख विषयहरु यस्ता छन्ः १. आयोजनाबाट प्रभावित व्यक्तिहरूको क्षतिपूर्ति र मुआब्जा सुनिश्चित गर्ने। २. हाल ४६ मिटर चौडाइलाई मात्र प्रभावित क्षेत्र मानिएकोमा यो मापदण्ड विस्तार गरी नजिकका बस्ती र विद्यालयलाई समेत लाभग्राहीमा समेट्नुपर्ने। ३. प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको समेत क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने ४. आयोजना अन्तरगत स्थानीय पूर्वाधार विकास, विश...

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
बागमती, ७ साउनः उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशका अन्य जिल्लामा विशेष चेकजाँच तथा सचेतनामूलक अभियान चलाएको ट्राफिक प्रहरीले आर्थिक २०८१/८२ मा सवारी कारबाहीबाट रु १० करोड १७ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाँणका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने एक लाख हजार नौ हजार ४०२ सवारीमाथि कारबाही गरी रु १० करोड १७ लाख ५१ हजार १०६ राजस्व सङ्कलन गरेको छ । पूर्व-पश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र रिडर गणबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ठूला तथा साना सवारीसाधनमाथि कारबाही गरेको प्रहरी नायब उपरीक्षक खाँणले बताउनुभयो । प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण लामो समयसम्म सवारीसाधन सञ्चालनमा ...
पाँचपोखरी थाङपालमा कोसेली घर स्थापनाबारे अन्तरक्रिया

पाँचपोखरी थाङपालमा कोसेली घर स्थापनाबारे अन्तरक्रिया

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
 पाँचपोखरी थाङपाल गाउँपालिकामा उत्पादित कृषि उपजहरुको बजारीकरण, कोसेली घर स्थापना तथा व्यवस्थापनबारे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC), मुना कृषि लिमिटेड (मुना बजार), तथा उत्पादनमा संलग्न ४ वटा कृषि सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा विभिन्न सुझाव र योजनाहरु प्रस्तुत गरिएको थियो। कोसेली घर स्थापनाका सम्भावनाबारे थप जानकारी लिन गाउँपालिका अध्यक्ष टासी लामा नेतृत्वको टोलीले प्रस्तावित स्थलमा स्थलगत अनुगमन तथा निरीक्षणसमेत गरेको छ। कृषि शाखा प्रमुख निमराज गिरीका अनुसार स्थानीय उत्पादनको प्रबर्द्धन, बजार व्यवस्थापन र सहकारीहरुसँगको सहकार्यमा आधारित दीर्घकालीन योजना तयार गर्न अन्तरक्रिया फलदायी भएको हो। कार्यक्रममा सहभागी सरोकारवालाले कोसेली घर स्थापनाले गाउँपालिकाको कृषि उत्पादनमा नयाँ उचाइ ल्याउने विश्वास...
तिब्बतमा अलपत्र परेका नेपाली आज आउँदै बाह्र्बिसेद्धारा निशुल्क बससेवा

तिब्बतमा अलपत्र परेका नेपाली आज आउँदै बाह्र्बिसेद्धारा निशुल्क बससेवा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिकाले गत हप्ता आएको बाढीका कारण रसुवा केरूङ तिब्बतमा अलपत्र परेका नेपालीहरुलाइ घर जानको लागी नगरपालिकाले निशुल्क बस दिएको छ । बाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा हामीले यो सेवा उपलब्ध गराएको बताउँनु हँुदै मानब सेवाका लागी नगरपालिका सँधै तैयार रहेको बताउँनु भयो । असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काउने भए पछी नगरपालिकाले यातायातको वयवस्था गरिदिएको हो ।कामको सिलसिलामा त्यहाँ रहेका नेपाली हरुलाइ घर फर्काउँने काममा सहजताका लागी यो व्यवस्था गरिएको हो । गत असार २४ गते बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशीमा मिसिँदा विनाशकारी बनेको थियो ।बाढीले नेपाल–चीन मितेरी पुल भत्काइदिनुका साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर क्षेत...
सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने सचिव बैठकका निर्णय

सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने सचिव बैठकका निर्णय

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ६ साउनः सङ्घीय सरकारका सचिवहरूको बैठकले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउनेलगायत १४ बुँदे महत्त्वपूर्ण निर्णय गरेको छ । सुशासन, विपद् व्यवस्थापन, सूचना प्रविधि र कानुनी सुधारका विविध पक्ष समेटेर १४ बुँदे निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको बैठकमा हालै लागू गरिएको एकीकृत क्याबिनेट सफ्टवेयरबारे जानकारी दिइएको थियो । यस्तै, सरकारका प्रमुख संरचनात्मक सुधार र कार्यसम्पादन मापदण्डलाई कार्यान्वयन गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । बैठकले मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान, प्राधिकरण समितिलगायत निकायका सवारीसाधन र प्रयोगकर्ताको विवरण तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय गरेको छ । निर्णयमा भनिएको छ, “यदि कुनै पदाधिकारी र कर्मचारीले प्रचलित मापदण्डविपरीत...
मिडिया काउन्सिलमा राजनीतिक हस्तक्षेप रोक्न सांसदको जोड

मिडिया काउन्सिलमा राजनीतिक हस्तक्षेप रोक्न सांसदको जोड

ब्रेकिङ न्युज १, समाचार
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल हुँदै गर्दा सांसदहरूले काउन्सिललाई राजनीतिक हस्तक्षेपबाट पूर्ण रुपमा मुक्त बनाउन जोड दिएका छन् । बैठकमा सांसदहरूले काउन्सिल सरकारको नियन्त्रण र दबाबभन्दा बाहिर रहनुपर्ने धारणा राख्नुभयो । सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई नियन्त्रण नभई नियमनको दायरामा ल्याउनुपर्ने उनीहरूको साझा मत रह्यो । बैठकमा संशोधनकर्ता सांसद मनिष झाले काउन्सिलको अध्यक्ष र सदस्य नियुक्तिमा राजनीतिक हस्तक्षेप रोक्नुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका झाले विज्ञसहितको समितिले सिफारिस गरेबमोजिम नियुक्त गर्न उपयुक्त हुने सुझाव दिनुभयो । नियुक्तिका लागि मन्त्रालयसमक्ष सिफारिस गर्न सङ्घीय संसद्को सभामुखको संयोजकत्वमा सम्बन्धित क्षेत्रको विज्ञ एक जना र नेपाल पत्रकार महासङ्घका अध्यक्ष सदस्य रहेको त...
असोज२१ गते मनोनयन दर्ता कात्तिक १७ मा निर्बचन

असोज२१ गते मनोनयन दर्ता कात्तिक १७ मा निर्बचन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
निर्बाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा २०८२ साल कात्तिक १७ गते हुने उपनिर्वाचनको लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको जाएको छ। अयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्याल ले एक बिज्ञेप्ती प्रकाशित गर्दे यसको जानकारी दिनु भएको हो । उँहाका अनुसार अनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका १७ बजेदेखि १९ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि २०८२ असोज २२ गते बिहान १० बजेदेखि दिउँसो १५ बजेसम्म हुनेछ। सोही दिनको दिउँसो १५ बजेदेखि असोज २३ गते बेलुका १७ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका १७ बजेदेखि १९ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामाव...
घर दैलो सेवामा वडा कार्यलय डडुवा भवानी शङ्कर माबीमा स्काउट

घर दैलो सेवामा वडा कार्यलय डडुवा भवानी शङ्कर माबीमा स्काउट

#, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सगुन बस्नेत डडुवा , शिक्षा सिकाइ तथा वडाबासीको सेवा सुबिधामा कुनै कमी हुन नदीने चौतारासाँगाचोकगढी नगरपालिका १४का वडा अध्यक्ष उद्धब नेपालले बताउँनु भएको छ ।   कागेश्वरी मनोहरा स्काउटको संयोजनमा भएको स्काउट प्रशिक्षण कार्यक्रमको समापन गर्दे उँहाले यस्तो बताउँनु भएको हो । कार्यक्रममा वडा अध्यक्ष नेपालले नबजागरण युवाक्लबले यस वडाको पहीचानमा ठुलो योगदान पुर्याएको बताउँदै बिशेष गरी शिक्षा बिकास, बातबरण सम्बन्धी र सरसफाइ सम्बन्धी क्लबले खेलेको भुमिकाको प्रशंसा गर्देै आफ्नो गाँउमा आएर यस्तो कार्यक्रम राखी दिएकोमा आयोजक समुहहरुलाइ बिशेष धन्यबाद दिनु भयो । उँहाले कार्यक्रममा वडाबाट दिइने सामाजिक सुरक्षा भत्ता नबीकरणको लागी घरदैलो कार्यक्रम अन्तरगत काठमाण्डौमा समेत सेवा दिन लागिएको बताउँनु भयो । गणेशको भजन बाट बिभिन्न भजन सहीत शुरु भएको कार्यक्रम शारीरिक, मानसिक, सामाजिक, बौद्धिक, भाव...