सम्पर्क

ब्रेकिङ न्युज १

जल्किनीमा मोटरसाईकल दुर्घटना

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको जल्किनी भन्ने ठाउँमा मोटरसाईकल दुर्घटना हँुदा एकजना घाईते भएका छन् । आईतबार दिउसो १ः०० बजे चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१० बन्देउ सडक खण्डको जल्किनी घुम्ती भन्ने स्थानमा टिपरसँग मोटरसाईकल एक आपसमा ठोक्किदा सोही नगरपालिका वडा नम्बर १३ ठुलोसिरुवारीका मोटर सवारी चालक अर्जुन गहतराज सक्त घाईते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार चौताराबाट बन्देउ तर्फ जादै गरेको बा ४ ख २२२८ नम्बरको मिनि टिप्परले विपरीत दिशाबाट आउदै गरेको ना.४० प ८०० नम्बरको मोटरसाईकल ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते चालक गहतराजको बि.एन.बी अस्पतालमा उपचार भईरहेको छ । टिप्पर सहित चालक चौतारा साँगाचोकगढी नगरपालिका ५ बस्ने २२ बर्षको मनोज तामाङलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...

जवरजस्ती करणी गरेको आरोपमा पक्राउ

ब्रेकिङ न्युज १, समाचार
महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सुनकोशी गाउँपालिका वडा नम्बर ३ का ५२ बर्षिय खड्ग बहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गत मंसिर २५ गते करङ खोलाको जंगलमा एक ३० वर्षिय महिलालाई जबरजस्ति करणि गरेको भनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा उजुरीपछि शुक्रबार खड्का लाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका खड्का माथि अहिले अनुसन्धान जारी छ ।...

फरार अभियुक्त १० वर्षपछि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
चोरी मुद्दाका फरार व्यक्ति १० वर्ष पछि पक्राउ परेका छन । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६८।०६।२९ गतेको फैसलाले जवरजस्ती चोरी मुद्दामा चार महिना दुई दिन कैद र पच्चीस हजार पाँच सय तीस रुपैया जरिवाना तोकिएका ।साविक साँगाचोक गा।वि।स।वडा नं ७ हाल चौतारा साँगाचोकगढी न।पा।१० जल्किनी बस्ने वर्ष २९ को राजन कार्कीलाई सिन्धुपाल्चोक प्रहरीले शुक्रबार चौतारा साँगाचोकगढी न।पा।वडा नं।५ स्थित चौतारा बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँलाई आजै सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले कार्कीलाई लागेको कैद जरिवाना असुल उपरका लागि शुक्रबार कारागार कार्यालय चौतारा चलान गरेको बस्नेतले जानकारी दिनुभयो ।...

सभामुख सापकोटाद्वारा भ्यु टावर सहितको बुद्धपार्कको उद्घाटन

ब्रेकिङ न्युज १, समाचार
सभामुख अग्निप्रसाद सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ मा नवनिर्मित भ्यु टावर सहितको बुद्धपार्कको उद्घाटन गर्नुभएको छ । बिहीबार एक समारोहका बीच सभामुख सापकोटाले ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गर्नुभएको हो । नगरपालिकाले गौरवको आयोजनाको रुपमा थालनी गरेको बुद्धपार्क दारेगौरा भिरमा अवस्थित छ । सभामुख सापकोटाले भ्यु टावरसहितको बुद्धपार्कले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताउनुभयो । सङ्घीय सांसद एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बुद्धपार्कको निर्माणले चौतारा साँगाचोकगढी नगरपालिकालाई थप पर्यटकीय पहिचान दिएको बताउनुभयो । समुद्री सतहबाट करिब १७ सय मिटरको उचाइमा रहेको बुद्धपार्कबाट उत्तरको जुगल हिमशृङ्खला, गौरी शङ्कर हिमालको अवलोकन गर्न सकिन्छ भने पूर्वी क्षेत्रका मुडेलगायत अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ । त्यस्तै दक्षिणतर्फका धुलिखेल र नगरकोट लगायतको भ...

६७ हजार ९ सय ६८ बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईदै

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकमा यही चैत्र २५ देखि ३० गतेसम्म बालबालिकालाई टाईफाईड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार सिन्धुपाल्चोकका ६७ हजार ९ सय ६८ बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका ४ सय ४६ केन्द्रबाट खोप प्रदान गरिने छ । जसको लागि ४ सय ४६ जना खोप कार्यकर्ता परिचालन गरिएको खोप अधिकृत राजाराम कार्कीले जानकारी दिनुभयो । खोप अधिकृत कार्कीका अनुसार खोप सबै स्थानीय तहका विद्यालय र सम्वन्धित वडा स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र कायम गरी १५ महिना देखि १५ वर्ष सम्मका सबै बालबालिकाहरुमा खोप लगाउने कार्यक्रम रहेकोे छ । जसका लागि ८ सय ९२ स्वयम्सेवक परिचालन गरिने जनस्वास्थ्य अधिकृत पशुपति खनालले जानकारी दिनुभयो । बालबालिबाहरुलाई २० हजार ३ सय ९० भाईल खोप प्रदान गरिनेछ । बालबालिकाहरु टाईफाईडबाट बढी प्रभावित भएकाले शुरुवाती चरणमा सो उमेर समुहका बालबालिकाला...

रेडियो नेपालबाट उत्कृष्ट सम्बादाता सम्मान सुवेदीलाई

ब्रेकिङ न्युज १, समाचार
रेडियो नेपालले यस उत्कृष्ट सम्बादाता सम्मान सिन्धुपाल्चोकका सम्बादाता देवराज सुवेदीलाई प्रदान गरेको छ । ७२ औं बार्सिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा सुवेदीलाई सम्मान गरिएको हो । सरकारका सुचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्किले रु १० हजार सहित प्रमाणपत्रले सम्मान गर्नुभएको हो । बाढी ,पहिरो तथा कोरोना महामारिको समयमा समेत सक्रिय रुपमा काम गरेको भन्दै सुवेदीलाई सम्मान गरिएको हो ।  ...

नेपाली सेनामा सय जनाको लागि भर्ना खुल्यो, दरखास्त बैशाख १६ गतेसम्म

ब्रेकिङ न्युज १, समाचार
नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आव्हान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले खुुला तथा समावेशी प्रतिस्पर्धाबाट सिन्धुपाल्चोकमा कूल १०० जनाका लागि सैन्य पदमा दर्खास्त खुलाएको हो । खुला र समावेशी गरि कूल १०० संख्या मध्य खुलातर्फ ५२ जनाको कोटा छुटाइएको छ । यसैगरि कर्तव्य पालनको सिलसिलामा अशक्त तथा मृत्यु भएका नेपाली सैनिकका सन्ततितर्फ ३, महिलातर्फ ९, आदिवासी जनजातितर्फ १४, दलिततर्फ ७, मधेसीतर्फ १३, पिछडिएको क्षेत्रतर्फ २ कोटा छुटाइएको छ । इच्छुक उम्मेद्वारले जिल्ला सदरमुकामस्थित श्री गोरखबक्स गण लक्ष्मणडाँडा ब्यारेकमा चैत १७ गतेदेखि बैशाख १६ गतेसम्म दरखास्त पेश गर्नुुपर्ने छ । दरखास्त फारम रु १५० सुल्क तिरी खरिद गर्न सकिने छ भने खुला र समावेशी दुबै कोटामा दरखास्त दिन चाहेमा थप ३० रुपैया शुल्क लाग्ने छ । सैन्य पदका लागि १८ देखि २२ वर्षभित्रका उमेर समूहका अविवाहित महिला तथा पु...

श्रीमती हत्याको आरोपमा पक्राउ

ब्रेकिङ न्युज १, समाचार
श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका १ स्याउलेका मेख बहादुर तामाङलाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ४६ बर्षिय श्रीमती सुकमाया तामाङलाई गए राति काठको दाउरा तथा ढुङगाले शरीरका बिभिन्न भागमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकार दिनुभयो । गम्भीर घाइते सुकमायाको चौतारा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकको श्रीमान मेख बहादुरलाई मंगलबार राति नै प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला अदालत बाट बुधबार सात दिनको म्याथ थप लिइएको प्रहरीले जनाएको छ ।  ...

हावाहुरीसहित वर्षाको सम्भावना

ब्रेकिङ न्युज १, समाचार
रासस पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित ÷चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित÷चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...

नागरिकलाई स्वस्थ बनाउन खुल्ला व्यायामशाला

ब्रेकिङ न्युज १, समाचार
चौतारा सांगाचोकगढी नगरपालिका वडा नम्बर ५ स्थित चौतारा टुडिखेलमा खुल्ला व्यायामशाला तथा बहुसाँस्कृतिक प्रतिमा निर्माण हुने भएको छ । बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव रहेतापनि चौतारा सांगाचोकगढी नगरपालिकाको सहयोगमा नगर खेलकुद विकास समितिले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायामशालाको अवधारणा ल्याएको हो । चौताराको टुडिखेल स्थित स्थापना गरिएको व्यायमशालाको मंगलबार चौतारा सांगाचोकगढी नगरपालिका मेयर अमान सिंह तामाङले उद्घाटन गर्नुभयो । यो सिन्धुपाल्चोकको पहिलो खुल्ला व्यायामशाला हो । व्यायामशालाको उद्घाटन गर्दै मेयर तामाङले स्वस्थ्य नागरिक निर्माणको लागि नगरपालिकाले खुल्ला व्यायाशालाको अवधारण अगाडि बढाएको बताउनुभयो । व्यायामशालामा निशुल्क रुपमा व्यायाम गर्न सकिनेछ । स्वस्थ्य नागरिक अभियान अन्तर्गत नगरले खुला व्यायामशालाका लागि योजना बनाएको हो ।...