मेलम्ची पुनर्जागरण र लोडसेडिङ अन्त्यका अभियन्ता सागरकुमार श्रेष्ठ खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार
देबराज सुबेदी सिन्धुपाल्चोक। नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशनको संघारमा सिन्धुपाल्चोकमा चुनावी सरगर्मी तीव्र बनेको छ। यसै क्रममा पार्टीका युवा तथा प्रभावशाली नेता सागरकुमार श्रेष्ठले सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ बाट खुल्ला पदतर्फ 'केन्द्रीय महाधिवेशन प्रतिनिधि' पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। "वैचारिक नेतृत्व, गतिशील संगठन" भन्ने मुख्य नाराका साथ उहाँ आगामी १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको रूपमा चुनावी मैदानमा उत्रिनुभएको हो। लामो समयदेखि पार्टी संगठन निर्माणका साथै सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आउनुभएका श्रेष्ठ सिन्धुपाल्चोकमा विकासप्रेमी र संकटका सच्चा साथीका रूपमा परिचित हुनुहुन्छ। बाढीका कारण खण्डहर बनेको मेलम्ची क्षेत्रलाई पुनरुत्थान गर्दै समग्र मेलम्चीको पुनर्निर्माण र पुनर्जागरणमा उहाँले अग्रपंक्तिमा रहेर नेतृत्वदायी भू...









