बिकिसा बस्नेत ,सिन्धुपाल्चोक — जन्मदिनलाई केवल उत्सव र रमाइलोमा मात्र सीमित नराखी सामाजिक सेवा, सत्कर्म र समाजप्रतिको उत्तरदायित्वसँग जोड्ने अभियानलाई थप सार्थक बनाउँदै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित घमानेडाडामा रहेको थानबारे गढी जन्मोत्सव पार्कमा अचार बनाउने पुनर्ताजकी तालिमको औपचारिक उद्घाटन, झण्डा उत्तोलन तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।नेत्र ज्योति कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित कार्यक्रम जन्मदिनलाई सत्कर्मसँग जोडौँ भन्ने अभियानका साथ सञ्चालन गरिएको हो।
कार्यक्रममार्फत सीप विकास, सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण र सामुदायिक सहकार्यको सन्देश प्रवाह गरिएको छ।रामचे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बलराम बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। संयोगवश प्रमुख अतिथि धितालको जन्मदिनसमेत सोही दिन परेको हुँदा जन्मोत्सव पार्कमै उहाँको जन्मदिन मनाउँदै टीका तथा आशीर्वाद प्रदान गरिएको थियो। जन्मदिनलाई सत्कर्मसँग जोड्ने अभियानको भावनाअनुरूप जन्मदिनको अवसरलाई सामाजिक तथा रचनात्मक कार्यसँग जोडिएको थियो।कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ का अध्यक्ष उद्धव नेपाल, वडा नम्बर ८ का अध्यक्ष अमृत दंगाल, वडा नम्बर १० का अध्यक्ष सुमन तामाङ, जन्मोत्सव महाअभियानका केन्द्रीय संयोजक,गोबीन्द चौलागाइ डिभिजन वन कार्यालय
सिन्धुपाल्चोकका प्रमुख ओमसागर भण्डारी, अभियानका जिल्ला महासचिब सुमन गुरङनेत्रज्योती कृषी सहकारी सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपाल बज्रयोगिनी अपागं मैत्री सहकारी सस्थाका अध्इष चतुर बहादुर तामाङ विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै धितालले जन्मदिन मनाउँदा आफु जन्मेको ठाँउमा सुक्खा जमीनलाइ हरियाली बनाउँनु सामाजीक काम गर्नु नै धर्म र कर्म भएको बताउँनु भयो ।
अभियानका केन्द्रीय संयोजक गोविन्द चौलागाईंले हरेक नागरिकले आफु जन्मेको दिनमा गर्ने गरेको खर्चले एक बिरुवा हुर्काउँने हो भने देस पुरै हरियाली हुने र वाताबर स्च्छ हुने बताउँनु भयो ।डिभिजन वन कार्यालयका प्रमुख ओमसागर भण्डारीले बिरुवा रोप्नु ठ्लो कुरा होइन यसको संरक्षण गर्नु नै ठुलो कुरा भएको हुँदा बिरुवा को संरक्षणमा लाग्न अनुरोध गर्नु भयो । वडा नम्बर १४ का अध्यक्ष उद्धव नेपालले जन्मदिनलाई सत्कर्मसँग जोड्ने अभियान तथा जन्मोत्सव पार्कको सामाजिक महत्वबारे चर्चा गर्दै यस्ता रचनात्मक अभियानले समाजमा सकारात्मक सोच, सामाजिक एकता र सेवाभावको विकास गर्ने बताउनुभयो।
उहाँले अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय तहबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपालले गोलभेडाको अचार बनाउँने तालिमको शुरुवात गर्दै स्थानीय स्तरमा उत्पादीत सामाग्रीलाइ सही तरिकाले सदुपयोग गर्नका लागी अचार बनाएर बजारमा लैजानका लागी तालिमको आयोजना गरिएको बताउँनु भयो । यसै गरी वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गालले जन्म दिनमा बिरुवा रोप्नु खर्च घटाउँनु मात्र होइन यसले बाताबरण पनी स्वच्छ राख्ने भएकाले जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानका लागी आफुले गर्न पर्ने सहयोग गर्ने बताउँनु भयो । वडा नं १०का वडाअध्यक्ष निलबहादुर तामाङ, सुमनले हरेक कामका लागी श्रोत चाहीन्छ तर जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानमा जोडीन सोच भए पुग्ने रहेछ त्यसैले यो अभियानमा लाग्न सबैमा आग्रह गर्नु भयो । कार्यक्रममा राजनितीदलहरुको तर्फबाट बोल्दै नेकपाका मनकुमार तामाङले आफ्नो गाँउ ठाउँमा यसरी पार्क निर्माण गरि बक्षरोपणमा सहजीकरण गरेकोमा स्थानीयहरुको तर्फबाट आयोजकलाइ बिशेष धन्यबाद दिनु भयो ।
विभिन्न क्षेत्रका प्रतिनिधिहरूले जन्मोत्सव पार्कलाई सामाजिक, सांस्कृतिक तथा वातावरणीय गतिविधिको साझा स्थलका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए।कार्यक्रमको अवसरमा औपचारिक रूपमा झण्डा उत्तोलन गरिएको थियो भने जन्मोत्सव पार्क परिसरमा विभिन्न बिरुवाहरू रोपेर वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनको सन्देशसमेत दिइएको थियो। अचार बनाउने पुनर्ताजकी तालिमको उद्घाटनसँगै स्थानीयस्तरमा सीप विकास, उत्पादनमूलक गतिविधि तथा आत्मनिर्भरता अभिवृद्धिको उद्देश्यलाई समेत अघि बढाइएको आयोजकले जनाएको छ।जन्मदिनलाई सत्कर्मसँग जोड्ने अभियानले व्यक्तिगत खुसीलाई सामाजिक हितसँग जोड्दै जन्मदिनको अवसरमा वृक्षरोपण, सामाजिक सेवा, सरसफाइ, सहयोग तथा रचनात्मक गतिविधि गर्न प्रेरित गर्दै आएको छ।
जन्मोत्सव पार्कमा आयोजित यस कार्यक्रमले उक्त अभियानलाई थप विस्तार गर्दै सामाजिक एकता, वातावरण संरक्षण, सीप विकास र सामुदायिक सहकार्यको महत्वपूर्ण सन्देश दिएको छ।जन्मदिनमा गरिने सत्कर्मले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वाससहित सम्पन्न कार्यक्रमले जन्मोत्सवलाई सेवामूलक तथा प्रेरणादायी गतिविधिसँग जोड्ने अभियानमा नयाँ ऊर्जा थपेको छ।अभियानका जिल्ला संयोजक नेत्रबहादुर बस्नेतले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित भई साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण अतिथि, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय व्यक्तित्वहरूप्रति आयोजकका तर्फबाट अचार बनाउँने प्रशिक्षक मोहन बस्नेत सम्भुले हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो ।ं
घमानेडाडामा रहेको पार्कमा कलाकार लालबहादुर खाती, बिद्यालयका सस्थापक भवानी शकंर नेपाल पण्डीत बिद्याप्रसाद सापकोटा लगाएतका पुर्बजहरुको सालिक समेत राखीएको उक्त स्थानबाट राजधानी लगाएत बिभीन्न हिमालहरु ह्ेर्न सकिने भएकाले पर्यटकीय क्षेत्रको रुपमा बिकसित हुने भएको छ ।
