सम्पर्क

अनुदानका लागी बैकीगं कारोबार हुन पर्ने

उत्पादनमा आधारित अनुदान लिनका लागी आफुले उत्पादन गरेको तरकारीहरु को बिबरण र बिक्री गरेको प्रमाणीत कागजातका साथै बैकमार्फत कारोबार हुन पर्ने त्यसो नहुने हरुकालागी हचुवाका भरमा अनुदान दिन नसीकने चौतारासाँगाचोकगढी नगरपालिकाका लेखा संयोजक एवम १४ नं वडा अध्यक्ष उद्धब नेपालले बताउँनु भएको छ । नेत्रज्योती कृषी सहकारी सस्थाको नयाँ कार्यलयमा कृषकहरु सँग भेटघाट गर्नु हुँदै नेपालले कृषकले पाँउने सुबिधा दिन सरकार हर समय तैयार छ सकेको सहयोग दिएकै छ । मलमा अनुदान छ उत्पादनमा अनुदान छ बजारीकरणको समस्या समधान गर्नका लागी समस्या छ ।यो पनी समधान गर्न वडाका सहकारी सस्थाहरु मर्फत सामाग्री सकंलन तथा बिक्री बितरण गर्ने बातबरण तैयार गरेको छ । यस अनुसार गर्न आग्रह गर्देै कृषकद्धारा उत्पादीत सामाग्रीहरुलाइ प्रतिस्पर्धत्मक तरिकाबाट बढाबढ मुल्यमा बिक्री गर्ने व्यवस्था गरेको तर बिक्री गरेको प्रमाणका लागी बैकीगं कारोबार गर्न भन्दा नगरेको कारण केही कृषकको अनुदान छुट्न गएको बताउँनु भयो । उँहाले हरेक कारोबार हरु हिसाव दुरुस्त हुन पर्ने बताउँनु हुँदै कारेबारको हिसाब दुरुस्त नहुदा गरेको कामको पनी प्रमाणाीत नहुने भएकोले सच्चा कृषकहरु पनी अनुदान लिनमा पछी पर्ने गरेको आफुले पाएको बताउँनु भयो । उँहाले नेत्रज्योती कृषी सहकारी सस्थाले उत्पादनमा आधारित अनुदान तथा कृषकका लागी धेरै काम गरेको भएता पनी सहकारी सस्थाले कृषकको माग बमोजिम मल, बिउ खाद्यन्न उपलब्ध गराउँन नसकेको वताउँनु भयो । डडुवा बचत तथा क्रृण सहकारी सस्थाका उपाध्यक्ष जिबन कृष्ण नेपालले बिषयगत सहकारी सस्थाको अबधारणा अनुसार डडुवा बचत तथा क्रृण सहकारी सस्थाले बचत तथा क्रृणको मात्र कारोबार गरेको र नेत्रज्योती कृषी सहकारी सस्थाले कृषको काम गरेको बताउँनु भयो । सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालले सहकारीको माध्ययमबाट काम गर्न खोजे पनी त्यासो हुन नसकेको बताउँनु भयो ।