मंगलवार ८ मंसिर २०८३ चौतारा सिन्धुपाल्चोक जिल्लाको ऐतिहासिक स्थल गौंरती मेला (पर्व) को अवसर पारेर सामुदायीक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकले शनदेस मुलक पर्चा बितरण गरेको छ ।
जिल्ला महासंघ सिन्धुपाल्चोकको आयोजनामा मौसम तथा जलबायु सुचना सेवा (ध्ऋक्ष्क्) सम्बन्धि समुदायलाई सचेतना मुलक कार्यक्रम अन्तर्गत सो मेला तथा पर्वमा सहभागी हुन आउनुभएका सिन्धुपाल्चोक जिल्ला र आसपासका जिल्ला तथा स्थानका महानुभाव, उपभोक्ताहरुलाई पाँच हजार प्रतीमन्दा बढी हाते पर्चा वितरण गरेर र सचेतना मुलक श्रब्य सामाग्री श्रवण गराएको जिल्ला अध्यक्ष जनक गिरीले जानकारी दिनु भयो । यो कार्यले सिन्धुपाल्चोक जिल्लाकै सर्वाधिक चर्चित गौंरती भिमेश्वर मन्दिर मेलाको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकले सकारात्मक एबं रचनात्मक रूपमा सन्देश प्रदान गरेको छ ।सो सचेतना मुलक कार्यक्रम जिल्ला महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जनक राज गिरिको नेतृत्वमा स्थानीय महासंघका अध्यक्ष तथा सदस्यहरुको सहभागितामा सम्पन्न भएको थियो ।सहभागीहरुले यस किसीमको पर्चा बितरण गरेकोमा महासंघलाइ धन्यबाद दिदै पर्चामा लेखीएका कुराहरु सबै सचेत नागरिकले व्यवहारमा लागू गर्न गर्न पर्ने बताएका छन । डिभिजनल वन कार्यलयका प्रमुख ओम सागर भण्डारीले यसरी सामुदायक बन उपभोक्ता महासघ सिन्धुपाल्चोकले मौषम तथा जलवायु सुचना सेवालाइ जनस्तरमा प्रचार प्रसार गर्ने सोच र कार्यप्रती बिशेष धन्यबाद दिनु भयो । उँहाले अब हिउँद लागी सक्यो हिउदको समयमा बर्ष कम हुने भएकाले जमीन बिस्तारै सुक्खा मोषम तिर लाग्दै छ सुक्खा मौषममा आगलागी बाट कुनै पनी क्षती हुन नदीन आगलागी भइसकेपछी आगो निभाउँन भन्दा आगलागी हुनै नदीन तर्फ सबै सचेत रहन पर्ने बताउँनु भयो ।
