सम्पर्क

ब्रेकिङ न्युज १

कृषि ज्ञान केन्द्र काभ्रेले गर्यो कार्यक्रमहरुको सार्वजनिकिकरण

कृषि, ब्रेकिङ न्युज १, समाचार
कृषि ज्ञान केन्द्र काभ्रेले आफ्नो कार्यालयबाट भए गरेका कामहरु र आगामी बर्ष गरिने कार्यक्रमका बारेमा जानकारी गराउँने उद्धेश्यले कार्यक्रम गरेर कार्यक्रमहरुको सार्वजनिक गरेको छ । जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पालिकाका प्रमुख, उपप्रमुख, कृषि शाखाका कर्मचारीहरु तथा सञ्चारकर्मीका साथै सरोकारवालाहरुको उपस्थिती रहेको थियो । होटल अरनिको चौतारामा भएको छलफल कार्यक्रममा बोल्ने सहभागीहरुको एउटै आवाज ज्ञान केन्द्र धुलिखेलमा रहेर होइन सम्भव भए पालिका स्तरमा नभए सिन्धुपाल्चोक जिल्लामा नै कार्यालय स्थापना गरेर सेवा दिनु पर्नेमा जोड दिदै ज्ञान केन्द्रले गरेका कामहरुको प्रशंसा गर्र्दै स्थानीय सरकारसँँग सहजीकरण गरेर कार्यक्रम बनाउँदा राम्रो हुने सुझाव दिएका छन । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै जिसस प्रमुख बालकृष्ण श्रेष्ठले कृषि ज्ञान केन्द्रले गरेका कार्...

३ महिने अभियान लिएर जनतामा जोडिदै माओबादी केन्द्र अन्तिम परिक्षामा छौँ – सापकोटा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
निर्मल बस्नेत–सिन्धुपाल्चोक जनयुद्धमा सदैव जनताकै घरआगनबाट आफ्नो गतिविधि गर्दै आएको नेकपा (माओवादी केन्द्र) यतिखेर जनतामा नै जोडिएर सम्वन्ध विस्तार गर्ने अभियानमा जुटेको छ । जनतासंग माओबादी बिशेष रुपाञ्तरण भभियानमा जनजनमा माओबादी र घरघरमा माओबादी भन्ने नारा तय अघि बढेको छ ।        अभियानको तयारी स्वरुप जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठक चौतारामा सम्पन्न भएको छ । बैठकमा बोल्दै पार्टी केन्द्रिय उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले अहिले माओवादी केन्द्र अन्तिम परिक्षामा जुटिरहेको बताउँनु भयो । सापकोटाले माओबादी बिग्रदै जानुमा जनाताबाट कटेर सुखसयल र बिलासी जीवनमा रमाउदै जनताको सुखदुःखमा एकाग्रह हुन नसक्नुनै मूख्य कारण भएको तर्क बताउँनु हँुदै पार्टी कमजोर भयो भने देश कमजोर हुन्छ , पार्टी नेतृत्वकै नेतृत्वमा सरकार रहेको र पार्टीले नै उठाएको एजेण्डामा देश अघि बढिरहेको...

नाग र कमलको फुलले चिनाएको धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी

ब्रेकिङ न्युज १, समाचार
गण्डकी, ४ भदौ : तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी । क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीयरुपमा यसको विशिष्ट महत्व रहेको छ । पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरी विश्व रामसार सूचीमासमेत सूचीकृत भइसकेको छ । नाग र कमलको फूलका कारण छुट्टै गरिमा र महत्व बोकेको यस पोखरी पोखराको मुख्य बजार महेन्द्रपुलबाट करिब चार किलोमिटर दूरीमा पर्दछ । ढकमक्क कमलका फूलले ढाकिनुका साथै यहाँ नागको बासस्थान रहेको प्राचीन जनविश्वास रहेको कमलापोखरी संरक्षण समितिका अध्यक्ष केशबहादुर विश्वकर्माले बताउनुभयो । यही जनविश्वासका कारण यसको महत्व थप बढ्दै गएको बताउँदै नाग र कमलको फुलले यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइरहेको उहाँले उल्लेख गर्नुभयो । समितिका अध्यक्ष विश्वकर्माले पछिल्ला वर्षमा ताल अवलोकनका लागि पोखरा र आसपासका क्षेत्रबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको ब...

मेलम्ची बगुवा कालोपत्रको शिल्यान्यास छिटो र गुण स्तरियकाम गर्न तमामाङको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  सिन्धु पाल्चोक जिल्लाको मेलम्ची देखी नबलपुर हँुदै चौतारा जाने सडक अन्तर्गत मेलम्ची बगुवा खण्डको कालोपत्रे गर्ने कार्य शुरु भएको छ । सडकको सोमबार मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङले शिलान्यास गर्नु भए पछी उक्त सडक कालोपत्र हुने भएको हो ।बागमती प्रदेश सरकारबाट विनियोजित बजेटको ठेक्का मार्फत निर्माण हुन लागेको सडक कालोपत्रे शिलान्यास कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. १० का वडाअध्यक्ष अमृत खनाललगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।   मेलम्ची –बगुवा खण्डको ५ किमी लामो उक्त सडक २०८२ जेठ २८ मा निर्माण सम्पन्न गर्नेगरी ॐ वुद्ध नयाँ युग जेभीले निर्माणको जिम्मा पाएको छ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकबाट कार्यान्वयन गर्ने सो सडक कालोपत्रेका लागि रु १७ करोड ६६ लाख ६९ हजार ३ सय ६४ रुपैयामा टेन्डर परेको निर्माण व्यवसायी दामोदर कार्कीले जानकारी दिनुभयो । नाग पञ्चमिको अवसर...

आज नागपञ्चमी पर्व मनाइँदै

ब्रेकिङ न्युज १, समाचार
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध...

अनेमसंघ (क्रान्तिकारी)को जिल्ला भेला असोज १२ गते

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोकले आगामी असोज १२ गते शुक्रबार जिल्ला भेला गर्ने भएको छ । आईतबार चौतारामा सम्पन्न जिल्ला सचिवालयस्तरको बैठकले उक्त निर्णय गरेको हो । संघको जिल्ला सचिव तारा रानाको अनुसार भेला चौतारा साँगाचोकगढी नगरपालिका सुकुटेमा हुने भएको छ । बैठक बागमती प्रदेश सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य साथै संघको केन्द्रिय सचिवालय सदस्य अमृता नेपाल (प्रभा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जिल्ला अध्यक्ष अम्बिका नेपाल(भूमिका)को अध्यक्षतामा बसेको बैठकलाइ सम्बोधन गर्र्देै प्रमुख अतिथी नेपालले महिलाहरुले जनयुद्धमा जस्तै भूमिका निर्वाह गरि प्राप्त अधिकार र उपलब्धीको रक्षाको निमित्त लागि पर्न आह्वान गर्नु भयो । “हामी निती निर्माणको स्थानमा छौँ तपाईहरु त्यसको कार्यन्वयन गर्ने स्थानमा हुनुहुन्छ” त्यसैले जस अवजस तपाईहरुकै हातमा छ भन्दै नेपालले जस्...

‘सुशासनका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन अनिवार्य’

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ३ भदौ : सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्र सुशासनको प्रत्याभूति गर्न सकिने सरोकारवालाले बताउनुभएको छ । आज १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा उपस्थिति आयोगका पदाधिकारी, सूचनाको हकका अभियन्ता र सञ्चारकर्मीले सूचनाको हक कार्यान्वयनबाटै सरकारलाई पारदर्शी एवं जवाफदेही बनाउन सकिने धारणा राख्नुभयो । उहाँहरुले सूचना आयोगलाई अझ सशक्त र बलियो बनाउन सरकारको ध्यानआर्कषण समेत गराउनुभयो । आयोगका प्रमुुख सूचना आयुक्त महेन्द्रमान गुरङ्ले लोकतन्त्रमा सूचनाको हकलाई संस्कारका रुपमा विकास गर्नुपमा जोड दिनुभयो । उहाँले सूचनाको हकका लागि सार्वजनिक निकाय भनेको सरकार र सरकारी संरचना मात्र हो भनेर सीमित रुपमा बुझन नहुने बताउनुभयो । सार्वजनिक संस्थाले जनताले माग्नै नपर्ने गरी स्वतः सूचना उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारी संरच...

महिलाहरुलाइ २ दिने क्षमता विकास कार्यक्रम स्याउलेमा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नंं १ मा २ दिने क्षमता बिकास कार्यक्रम भएको छ । आदिवासी जनजाति महिला उत्थान केन्द्रको आयोजना र टेवा संस्थाको आर्थिक प्राविधिक सहयोगमा चौतारासाँगाचोकगढी नगरपालिका वडा नंं १ मा रहेको महिला समुहहरुको सदस्यहरुलाइ २ दिने क्षमता विकास सम्वन्धी कार्यक्रम गरिएको हो । कार्यक्रम वडा अध्यक्ष युवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा आफ््नो मन्तब्य राख्नुहँुदै वडाअध्यक्ष श्रेष्ठले महिलाहरुले अबशर पाएको खण्डमा राम्रा काम गर्ने बताउँदै महिलाहरुले चाहे भने पुरुषहरुको भन्दा रामे र पारदर्शीता काम गर्न सक्ने उदाहरण हामीले देखी सकेका छौ भन्नु भयो । उँहाले महिलाहरुमा नेतृत्व तथा क्षमता बिकासको आबश्यक परेको हुँदा यो आबश्यकता का लागी आदीबासी जनजाती महीला उत्थान केन्द्र लागी परेकोमा बिशेष धन्यबाद दिनु भयो । बिशेष अतिथि न्यायिक समितिको सदस्य ...

डाँडागाउ लिफ्ट खानेपानी योजनाको समुद्घाटन

खानेपानी, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ४ मा पर्ने लिफ्ट खानेपानी योजनाको समुद्घाटन गरिएको छ । उक्त योजनाको उद्धघाटन पश्चात खानेपानी आयोजनाको संरक्षणगरी स्वच्छ पानी पिउनका लागी स्थानीयलाई हस्तानन्तरण समेत गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाँउपालिका वडा नं. ४ को थारथान खोला करङगैरा डाँडागाउँ कोले लिफ्ट खानेपानी आयोजनाको समुद्घाटन तथा हस्तान्तरण गरिएको हो । शुक्रबार प्रतिनिधिसभा सदस्य माधब सापकोटा ’सुबोध’ र नेपालको लागि जापानी राजदुत किकुता योउताकालद्वारा संयुक्तरुपमा आयोजनाको उद्धघाटन गरेपछी जापानी राजदुतले सापकोटा र बागमती प्रदेस सभा सदस्य अमृता नेपाललाई साक्षी राखेर पालिका अध्यक्षलाई योजना हस्तानन्तरण गर्नुभयो । योजनाको हस्तान्तरण कार्यक्रममा आफ्नो भनाई राख्दै प्रतिनिधी सभा सदस्य माननीय माधब सापकोटा सुवोधले थारथान खोला करङगैरा डाँडागाउँ कोले लिफ्ट खानेपानी आयोजनाले प्रया...

पहिरोले अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक जिल्लाकोे बाह्रबिसे नगरपालिका – ५ सिरिसेमा बुधबार सुख्खा पहिरो खस्दा पुर्णरुपमा अबरुद्ध भएको अरनिको राजमार्ग खण्ड १६ घण्टापछि सञ्चालनमा आएको छ । बिहिबार बाह्रबिसे नगरको पहलमा पहिरो पन्छाउन सडक बिभागको एक्स्काभेटर, लोडर प्रयोग गरिएको थियो । काठमाडौं जोड्ने मुख्य राजमार्ग यातायात ठप्प भएपछि स्थानीय र यात्रु सास्ती व्यहोर्न बाध्य बनेका थिए । बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतले झन्डै पाँच सय मिटर माथिबाट डरलाग्दो गरी आएको पहिरोले सडक ठप्प भएलगत्तै खोल्न आफूसहित सम्पूर्ण जनप्रतिनिधि खटिएको बताउनु भएको छ । बिहीबार मध्याह्न १२ बजेपछि राजमार्ग सञ्चालनमा आएको हो । पहिरोदेखि झन्डै ५० मिटर उत्तरतर्फ रहेको गाँउका ४ वटा घर पहिरोको जोखिम देखिएपछि ती स्थानीयलाई सुरक्षित स्थानमा स्थानन्तरण गरिएको मेयर बस्नेतले जानकारी दिनुभयो ।  ...