कृषि ज्ञान केन्द्र काभ्रेले आफ्नो कार्यालयबाट भए गरेका कामहरु र आगामी बर्ष गरिने कार्यक्रमका बारेमा जानकारी गराउँने उद्धेश्यले कार्यक्रम गरेर कार्यक्रमहरुको सार्वजनिक गरेको छ ।

जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पालिकाका प्रमुख, उपप्रमुख, कृषि शाखाका कर्मचारीहरु तथा सञ्चारकर्मीका साथै सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
होटल अरनिको चौतारामा भएको छलफल कार्यक्रममा बोल्ने सहभागीहरुको एउटै आवाज ज्ञान केन्द्र धुलिखेलमा रहेर होइन सम्भव भए पालिका स्तरमा नभए सिन्धुपाल्चोक जिल्लामा नै कार्यालय स्थापना गरेर सेवा दिनु पर्नेमा जोड दिदै ज्ञान केन्द्रले गरेका कामहरुको प्रशंसा गर्र्दै स्थानीय सरकारसँँग सहजीकरण गरेर कार्यक्रम बनाउँदा राम्रो हुने सुझाव दिएका
छन ।
कार्यक्रममा आफ्नो मन्तब्य राख्दै जिसस प्रमुख बालकृष्ण श्रेष्ठले कृषि ज्ञान केन्द्रले गरेका कार्यक्रमप्रती धन्यबाद दिदै सिन्धुपाल्चोकमा अलिबढी ध्यान केन्द्रित गरेर काम गर्न पर्ने आवश्यकता रहेको बताउँनु भयो ।
उहाँले कृषिमा आत्मानिर्भर मात्र होइन यसबाट कृषकले राम्रै आम्दानी लिन सक्ने भएकाले बिदेश जान भन्दा गाँउमा नै कृषी गरेर आयआर्जन बढाउँनका लागी प्रोत्साहन दिने खालका कार्यक्रम बनाउँनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले देश संघियता तर्फ गएको भएता पनी सरकारले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लाहरुका सेवाग्रहीलाई एउटै स्थानका कार्यालय रहँदा सेवाग्राही मर्कामा परेको हुँदा यस तर्फ सरकारको ध्यान जान पर्ने जरुरी रहेको बताउँनु भयो ।
त्यसैगरी इन्द्रवाती गाँउपालिकाका अध्यक्ष झम्क नेपालले राजनिती गर्ने राजनेताहरुले स्थानीय सरकारकारलाई अधिकार दिन कन्जुस्याइ गरेको बताउँदै कृषकहरु बढी रहेको सिन्धुपाल्चोक जिल्लाका कृषकलाई सेवा लिन धुलिखेल धाउँन परेको बारेमा राजनिती दलका उच्च नेताहरुको ध्यान जान पर्ने बताउँनु भयो ।
पाँचपोखरी थाङपालका अध्यक्ष टासी लामाले सिन्धुपाल्चोक जिल्लामा उत्पादनमुखी काम गर्ने किसानको हितमा काम गर्न पर्ने संस्था किसानमुखी हुन पर्नेमा जोड दिदै जिल्लाका दुर्गम क्षेत्रमा सुचनाको पहँुच कमी हुने गरेको बताउँनु भयो । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले कृषीमा आत्मानिर्भर हुने खालका कार्यक्रमहरु भएता पनी सिन्धुबासीले कमै मात्रमा सेवा पाएको हुँदा यस तर्फ ध्यान जान जरुरी रहेको बताउँनु भयो ।
त्रिपुरासुन्दरी गाँउपालिकाको उपप्रमुख गिता कुमारी नेपालले गाँउगाँउमा सिंहदरबार भन्ने नारा नारामा मात्र सिमीत भएकोमा गुनासो राख्दै सिंह दरबार गाउँमा तर अधिकार चाहि केन्द्र र जिल्लामा भएको हँुदा यस तर्फ ध्यान दिन पर्ने बताउँनु भयो । नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधी ज्ञानेन्द्र तिमिल्सिनाले कृषी ज्ञान केन्द्रले गर्ने हरेक कामहरु स्थानीय सरकार सँग सम्मन्वय गरेर गर्न पर्ने सुझाब दिनु भयो । यसै गरी राष्ट्रिय कृषक समुह महासंघका नवराज बस्नेतले कृषी उत्पादनका बिषयमा दिइएका अनुदान कागजात मिलाउँने भन्दा पनी खेतीगर्नेलाई दिन पर्ने भएकाले वास्तविक कृषकको पहिचान गरेर दिईने अनुदानले वास्तविकता कृषकको मनोवल उच्च हुने बताउँनु भयो ।
जिल्ला कृषी सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईले कृषकको समस्या के हो ? कृषकले कसरी अनुदान पाएका छन भन्ने बिषयमा केन्द्रीत रहेर काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री कृषी आधुनिकीकरणका बरिष्ठ कृषि अधिकृत भरत कडेंलले कृषीलाई आधुनिकीकरण गरेर कृषी उत्पादनमा लागेका सबै कार्यालयहरुले कृषकलाई गरेको सहयोगका आधारमा उत्पादनमा पनी बुद्धी भएको बताउँनु भयो । कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रममा कृषी ज्ञान केन्द्र काभ्रेका प्रमुख बरिष्ठ बाली अधिकृत कुल प्रसाद दवाडीले गत बर्ष गरिएका कार्यक्रम र आगामी बर्ष गरिने कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । उहाँले नविनतम कृषि प्रविधि प्रसारको लागि आवश्यक कृषि प्रसार शैक्षिक कृयाकलापहरु संचालन गर्ने,
स्थानीय तहमा कार्यरत प्राविधिक तथा व्यवसायिक कृषक र व्यवसायीहरुको लागि कृषि सम्बन्धि विशिष्टिकृत ज्ञान सीप प्रदान गर्न एडभान्स तालिम संचालन गर्ने, स्थानीय तहको क्षमताले नभ्याउने प्रकृतिका विशेषज्ञ प्राविधिक सेवा टेवा प्रदान गर्ने, प्रादेशिक प्रयोगशालाहरुसँगको प्राविधिक सहकार्यमा माटो, मल, बाली संरक्षण र बीउविजन परीक्षण सम्बन्धि सामान्य प्रयोगशाला सेवा प्रदान गर्ने, प्रदेश सरकार मार्फत संचालन हुने कृषि विकास तथा कृषि व्यवसाय प्रवर्द्धनका कार्यक्रमहरु कार्यान्वयन एवं सहजिकरण गर्ने, जिल्ला तथा स्थानीय स्तरमा बीउविजन तथा नर्सरीको श्रोत केन्द्रहरुको विकास गर्ने, स्थानीय तहसंगको समन्वय र सहकार्यमा नियमित रुपमा जिल्लाको समग्र कृषि वस्तुस्थिति सम्बन्धि तथ्याङ्क, सूचन संकलन तथा अद्यावधिक गरी अभिलेखिकरण गर्ने, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कमाण्ड क्षेत्र भित्रका पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा टेवा प्रदान गर्ने, आफ्नो कमाण्ड क्षेत्रभित्र कृषि उद्यम तथा व्यवसाय संचालन गर्न चाहनेहरुको लागि व्यवसाय विकास सेवा उपलब्ध गराउने, भौगोलिक विविधता अनुसारको प्राथमिकता प्राप्त बाली÷बस्तुको विकासको योजना,मूल्य अभिवृद्धि शृंखला विकास तथा कार्यान्वयनको समन्वय गर्ने, आर्थिक महत्वका स्थानीय कृषि विविधताको पहिचान,संरक्षण तथा उपयोग गर्ने,स्थानीय वाली÷रैथाने वाली÷लोपोन्मुख तथा उपेक्षित वालीको जर्मप्लाजम संकलन गरी जीन बैंकलाई उपलव्ध गराउने जीन बैंकसँग सहकार्य गर्ने बीउ, बिषादी तथा मलखाद बिक्रेताहरुको अनुमति,नविकरण तथा अनुगमन गर्ने साथै तिनीहरुको क्षमता अभिवृद्धि गर्ने
, कमाण्ड क्षेत्रभित्र रहेका श्रोत केन्द्रहरु, फलफूल तथा तरकारीको नर्सरीहरुलाई प्राविधिक सेवा प्रदान गर्ने, प्राबिधिक सहयोग, नियमन, क्षमता अभिबृदि, ब्यबसायिक उत्पादनमा सहयोग, समन्वय, अनुसन्धानमा सहयोग पुग्ने खालका कार्यक्रम संचालन गर्ने कार्य हरु गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले अनुदान कार्यक्रम अन्तरगत सिन्धुपाल्चोकले २६ प्रतिशत र काभ्रेले ७४ प्रतिशतको सदुपयोग गरेकोले आगामी बर्ष सिन्धुपाल्चोकमा यसको दायरा बढाउँन सबैको साथ र सहयोगको आबश्यक रहेको बताउँनु भयो । कृषी ज्ञान केन्द्रका कृषी अर्थबिज्ञ तथा सुचना अधिकारी निर्मल पौड्यालले सञ्चालन गर्नु भएको कार्यक्रममा कृषी ज्ञान केन्द्रका कृषी प्रसार अधिकृत उमादेवी श्रेष्ठ, झरना पन्थी, वागवानी विकास अधिकृत उमेश सापकोटा लगाएतको उपस्थिती थियो ।
