कुमार बस्नेत (अधिराज)
सिन्धुपाल्चोक जिल्लाको बलेफि गाउँपालिका – ६ जालबारी स्थित रहेको श्री सातकन्या आधरभुत बिद्यालयमा जिल्ला ट्राफिक कार्यालयले ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
सोमबार बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र थापाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला ट्राफिक कार्यालय प्रमुख उत्तम राज आचार्यले गर्नुभएको थियो । कार्यक्रममा ट्राफिक नियम सम्बन्धि भिडियो देखाउदै, ट्राफिक, संकेतहरू बताउँदै १ घण्टाको अन्तरक्रिया गरि दुर्घटना कम गराउने र नियम पालना गराउन बिद्यार्थीले बुजेका कुरा घर घरमा अभिभावकलाई बुजाउन आग्रह गर्दै ट्राफिक प्रमुख आचार्यले जनचेतनामूलक प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बिद्यालयका प्र.अ कर्ण बहादुर लामाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा ट्राफिक कार्यालयलाई धन्यवाद दिदै यस्तो कार्यक्रमले गाउँगाँउमा समेत ट्राफिक जनचेतना हुदा ट्राफिक नियम उल्लङ्घन नहुने र दुर्घटना पनि कमि हुने बताउँनुभयो । बिद्यालयमा निजि स्रोतको शिक्षक ब्यवस्थापन गर्न गाह्रो भएको शिक्षक थप गर्न सके शिक्षामा गुणस्तर दिन सकिने थियो सम्बन्धित निकाएको ध्यान जान जरुरी रहेको विब्यस अध्यक्ष थापाले बताउनु भयो । कार्यक्रमलाई स्वगत गर्दै यस्तो सचेतनामुलक कार्यक्रम अति राम्रो भएकोले अरूअरू बिद्यालयमा पनि संचालन गर्नु पर्ने आवश्यकता रहेको र वडाको तर्फबाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष तेज बहादुर पराजुलीले बताउनु भयो । कार्यक्रममा बलेफि गाउँपालिका ६ का अध्यक्ष तेज बहादुर पराजुलि, बिद्यालयका प्र.अ कर्ण बहादुर लामा, बिद्यालयका शिक्षकहरू, बिद्यार्थीलगायत अभिभावकहरूको उपस्थिति रहेको थियो ।
