सम्पर्क

ब्रेकिङ न्युज १

भोटेकोशी पावर कम्पनीको शेयर भोटेकोशीलाइ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको माथिल्लो भोटेकोशी पावर कम्पनीले भोटेकोशी गाँउपालिकाबासीलाई आफ्नो शेयर वितरण गर्ने भएको छ । भोटे कोशी गाँउपालिकाका अध्यक्ष पासाङ,नुर्पु शेर्पाले विगत लामो समय देखि माथिल्लो जलविधुत आयोजना माथिल्लो भोटेकोशी पावर कम्पनीद्वारा भोटेकोशी बासीलाई वितरण गर्ने भनिएको ६% शेयर विविध कारणवश वितरण हुन सकेको थिएन भन्दै आफु हरु निर्वाचित भएर आए देखि पालिका बासी लाए का शेयर दिन माग गरिरहेको जानकारी दिनु भएको छ । यस बिषयमा सम्बन्धित निकायसँग निरन्तर गृहकार्यमा थियौ त्यसको फलस्वरुप हामी सो कार्यको अन्तिम चरणमा पुगेका छौ । यसैबिच सो ६% शेयर अब केहि समय भित्र नै वितरण गर्ने याहाँहरु सम्पुर्णमा जानकारी गराउँदछु्र उँहाले सामाजीक सञ्जाल मार्फत जानकारी गराउँनु भएको छ ।...

शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा : बर्सेनि पाँच लाख कमाई

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
गलकोट (बागलुङ), ३ पुस : धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाक्नु भएन । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उहाँ सुन्तलाखेतीमा रमाउँदै आउनुभएको छ ।शिक्षक पेसाबाट अवकाश हुनुभएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाउनुभएको १० वर्ष भयो । उहाँ सुन्तलाखेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी गर्न सफल हुनुभएको छ । शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त गर्नुभएका खड्काले मासिक रु ३५ हजार पेन्सन बुझ्दै आउनुभएको छ ।आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताउनुभयो । उहाँले आठ रोपनी जग्गामा लगाउनुभएको सुन्तला यसपटक चितवनका बजार पुगेको छन् । विगतका वर्षमा धादिङ र पोखराका बजारमा पुगेका सिगानाको सुन्तला चितवनमा पुगेको हो ।दुई सय सुन्तला...

(सामी)को दिप प्रज्वलन चौतारामा

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सुरक्षीत आप्रवासन कार्यक्रमले (सामी) “आप्रवासीको योगदानको कदर र सम्मान गरौं अधिकारको योगदानको कदर र सम्मान गरौँ“ भन्ने मूल नाराका साथ सन् २०२३ डिसेम्बर १८ गते चौताराको सिन्धुपाल्चोकमा “अन्तर्राष्ट्रिय आप्रवासन दिवस“ बिभिन्न कार्यक्रम गरि मनाइएको छ । आप्रवासी श्रमिक दिवस २०२३ को अवसरमा सोमबार चौतारामा ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ आयोजित दिप प्रज्जवलन कार्यक्रम समेत गरिएको छ । नि. जिल्ला प्रमुख अधिकारी निराजन श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार महासघंका जिल्ला सचिब बिदुर आचार्य,प्रहरी कार्यलयका प्रतिनिधी हरुको उपस्थितीमा जिल्ल प्रशासन कार्यलयको गेटमा दिप प्रज्वलन गरिएको थियो । नेपाल जस्ता विकासोन्मुख देशका लागि वैदेशिक रोजगारीका लागि पलायन ज्वलन्त समस्या हो । एकातिर देशका लागि रेमिट्यान्स भित्रिने क्रम जारी छ भने अर्कोतिर प्रवासी श्रमिक र तिनका परिवारले सा...

शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य छः सांसद नेपाल

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
सेलाङ बागमती प्रदेश सभा सदस्य सांसद अमृता नेपालले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ । बिहिबार सिन्धुपाल्चोकको जुगलमा – १ सेलाङमा सुरु भएको पाचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद् नेपालले सामाजिक बिकासको महत्वपूर्ण क्षेत्र खेलक्षेत्र भएकोले खेलको बिकास र प्रवद्र्घनको लागि सवैले ध्यान दिन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले खेलको माध्यमबाट राष्ट्रको गौरब बढ्ने र स्वास्थ्यको लागि अति नै उत्तम भएकोले खेलकुद गतिबिधिमा बिद्यालयले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । वर्तमान समाजमा नकारात्मक सोच र चिन्तन बढ्दै गएकोले खेलकुदले अनुशासित र मर्यादित बनाउने भएकोले यसको श्रीबृतिको लागि आफुले प्रदेश सरकारमा नीतीगत र कार्यक्रमिक रुपमा खेलकुद परिषद्मार्फत कार्यन्वयन गर्न आफुले आवश्यक सहजीकरण गर्ने बताउन...

देसैभरी १२ सम्मको शिक्षा चाडै निःशुल्क हुन्छ ः मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक, २६ मंसिर ः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाल सरकारले छिटै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्न लागीएको बताउँनु भएको छ। मन्त्री बस्नेतले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ मा रहेको इर्खु माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सवको उद्धघाटन गर्दै यसे बताउँनु भएको हो ।समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले अहिलेकै सरकारले चाडै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने दाबी गर्नु भएको हो । म आफु पनी शिक्षा प्रेमी भएका नाताले पञ्चायती ब्यवस्थामा एस एल सी सम्म निशुल्क हुन पर्छ भनी अभियान चलाएकोमा सरकारले निशुल्क गरेको स्मरण गराउँदै अहीले पनी सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले गत वर्ष देखि नै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेर राष्ट ब्यापी निशुल्क गर्ने अभियानमा आफु लागेको बता...

सांसद तामाङद्वारा बाढी ग्रस्त क्षेत्रको अवलोकन

ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेशका सांंसद कृष्णकुमार तामाङ समिरले बाढि ग्रस्त क्षेत्र संरक्षणका लागी हेलम्बुको अवलोकन गर्नुभएको छ । सांसद तामाङले सो क्षेत्रको संरक्षणका लागी आर्थिक बर्ष २०८०÷८१ मा बजेट विनियोजन गर्नुभएको थियो । हेलम्बु गाउँपालिकाको किउल बजार, सरस्वती माध्यमिक विद्यालय तथा ग्यालथुम बजार संरक्षणको लागि प्रदेश सरकारबाट बिनियोजित बजेट रकम कार्यसम्पन्न गर्नका लागि अपुग हुने भएकाले थप बजेट ब्यब्स्थापन गर्नको लागि तामाङले मंगलबार इन्जिनियर सहित अवलोकन गर्नुभएको हो । हेलम्बु –४ का वडाअध्यक्ष बुद्धिमान तामाङ, २ का वडा अध्यक्ष पेम्वा लामा र स्थानीय बासिहरुको उपस्तिथिमा स्थलगत अवलोकन तथा निरीक्षण गर्नुको साथै जिल्ला भु–संरक्षण कार्यालयका इन्जिनियरलाई प्राविधिक इस्टिमेट तयार गर्न लगाउनु भएको सांसद तामाङका स्वकीय सचीव बिशाल राउतले जानकारी दिनुभयो । तामाङसंगै नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव रमे...

ओलीलाई दोलालघाट र सुकुटेमा स्वागत, बलेफीमा मायाँको चिनो, खाडीचौरमा सभा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
२५ मंसिर, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तरगत काभ्रेपलाञ्चोक जिल्ला दोलालघाट आईपुग्नु भएका नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीलाई दोलालघाटमा भब्य स्वागत गरिएको छ । सो अवसरमा ओलीले दोलालघाटमा माछा पकाएर ब्यपारीहरुको ब्यपारलाई प्रोत्साहन दिनुभएको थियो भने भुम्लु गाँउपालिकाका पाटी इन्चार्ज प्रेम लामाले    दिनुभएको भुम्लु गाउ पालिकाको वडा न ७ र ८ को लालपुर्जा बिहिन बासिन्दा, सुनकोशी ३ जलबिधुत आयोजना तथा अन्य  सुझावहरु  गम्भिरता पुर्बक सुन्नुभएकोहाम्रा प्रतिनिधी एक राज श्रेष्ठले जानकारी दिनु भयो उँहाका अनुसार दुलालेश्वर बाताबरणीय तथा समाजसेवा क्लबका अध्यक्ष अष्ट बहादुर श्रेष्ठ लगाएतले माँयाको चिनो समेत प्रदान गर्नूभएको थियो । यसै गरी बन्देउमा स्थानीय नेता तथा कार्यकर्ताहरुले स्वागत गरेको थिए । सिन्धुपाल्चोक आइपुग्नु भएका ओलीलाई माओवादी बागमती प्रदेश अध्यक्ष एवं ...

पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था थिएनः अध्यक्ष ओली

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्वमा सरकार भयको बेला मेलम्चीको पानी काठाण्डौ लाने काम भएको बताउँनु हँुदै पाटीको नेतृत्वमा सरकार नभएको भए अहीले सम्म पनी मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्था नै नहुने दाबी गर्नुभयो ।आईतबार नेकपा एमालेको झुलाघाट–चिवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा अन्तरगत सिन्धुपाल्चोक जिल्लाको बाहुनेपाटीमा एक कार्यक्रमको प्रमुख अतिथिको असनबाट बोल्दै यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गर्नुभएको थियो । मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौंवासीका लागि पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।अध्यक्ष ओलीले भन्नुभयो, ’यस यात्राको क्रममा अहिल...

संविधानले दिएको अधिकार कार्यन्वयनमा चुनौतीः अमृता नेपाल

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
महिलाहरुका लागी संविधानले धेरै अधिकार दिएको भएता पनी कार्यन्वयन गर्न चुनौती रहेको बागमती प्रदेश सभाका सदस्य माननीय अमृता नेपाले बताउँनु भएको छ । उहाँले चौतारा साँगाचोकगढी नगरपालिकाद्धारा आइतबार आयोजित ७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो ।   कार्यक्रममा लैङ्गीक हिसां भनेको महिलालाई मात्र हुने होइन पुरुषमा पनी हुन्छ भन्नु हुँदै हरेक हिसांको अन्त गर्न सबै कटीबद्ध भए लाग्न पर्ने बताउँनु भयो । उहाँले ५१ प्रतिशत महिलाहरु रहेका हाम्रो देशमा ३३ प्रतिशत कोटा हुँदा समाबेशी नभएको होकी भन्दै सबै महिलाहरुलाई कसरी एकताबद्ध गराउँने र स्वरोजगारका लागी कसरी कार्यक्रम गर्न सकिन्छ भनेर बागमती प्रदेस सरकारले कार्यबिधी बनाउँदै गरेको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले संघर्ष र बि...

आँखाको उपचारमा राज्यको व्यवस्था निरासाजनक : मन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
 काठमाडौं, २३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आखाँको उपचारमा राज्यको व्यवस्था निरासाजक रहेको बताएका छन् । घुलिखेलमा रहेको रेयूकाई एईको मासुनागा आँखा अस्पतालको नयाँ ओपिडी भवनको उद्घाटन तथा इन्टरनेशनल अप्थाल्मोलोजी कन्फ्रेन्सको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आँखाको उपचारमा राज्यको व्यवस्था निरासाजक रहेको बताएका हुन् । उनले आँखा अस्पताल लगायत देशभरका सबै सरकारी र सामुदायिक अस्पतालमा कर्मचारी अभाव रहेको बताउँदै कर्मचारी पदपूर्तीका लागि आफू लागि परेको बताए । उनले छिट्टै कर्मचारी अभावको समस्या समधान हुने आश्वासन दिए । उनले भने( ुदेशभरको अस्पतालमा कर्मचारी अभाव छ एउटा नर्स, डाक्टरले पाँच छ जना बिरामी हेर्नुपर्ने अवस्था छ, आँखा रोगिका लागि पनि चिकित्सक अपरिहार्य छ, तीसदेखि चालिस हजार कर्मचारी पूर्तिका लागि पहल थालेको छु ।ु अस्पताल चलाउन भवन, दक्षजनशक...