प्रेस कार्डको दुरुपयोग गर्नेलाई कारबाही : अध्यक्ष बस्नेत
रासस काठमाडौँ, ५ भदौ : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘प्रेस कार्ड’को दुरुपयोग गर्ने पत्रकारलाई कानुन बमोजिम कारबाही गरिने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित ‘आमसञ्चार माध्यम’ विषयका विद्यार्थीसँगको मिडिया अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस कार्डको दुरुपयोग गर्नेलाई हदैसम्मको कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि व्यवस्था गरिएको प्रेस परिचयपत्रको सदुपयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “पछिल्लो समयमा प्रेस पास दुरुपयोग भएको विषयमा धेरै गुनासा आउने गरेका छन् । त्यसलाई ध्यानमा राखी छानबिन भइरहेको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो । उहाँले सामाजिक सञ्जाल र आमसञ्चार माध्यमबाट सम्प्रेषित समाचार सामग्रीले नागरिकमा अन्योल र समस्या सिर्जना गरेकाले त्यसलाई सम्बोधन गर्न मिडिया साक्षर...
