सम्पर्क

विचित्र संसार

बाह्रबिसेनगरपालिकाद्धारा तत्कालका लागी प्रतिपरिबार ११५०००का दरले राहत दिने

बाह्रबिसेनगरपालिकाद्धारा तत्कालका लागी प्रतिपरिबार ११५०००का दरले राहत दिने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाले आफ्ना नगरका बेपता भएका नागरिकहरुका परिबारलाइ बिपद व्यवस्थापन शाखामार्फत प्रती परिबार लाइ रु एकलाख पन्ध्र हजारका दरले तत्कालका लागी राहत सहयोग गर्ने भएको छ ।   नगरप्रमुख बालकृष्ण बस्नेतको सचिवालय द्धारा प्राप्त जानकारी अनुसार आज बसेको कार्यपालिकाको बैठकबाट यस्तो निर्णय गरिएको हो । नगर प्रमुख बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले २०८३÷०५÷१० गते बुधबारका दिन रसुवा जिल्ला स्थित भोटेकोशी नदी लगायतका स्थानहरूमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण यस नगरपालिकाका विभिन्न वडाहरूमा बसोबास गर्ने व्यक्तिहरू उक्त घटनामा परी ज्यान गुमाउनु हुने र बेपत्ता परिवारलाई प्रति परिवार राहत स्वरूप रु. १ लाख १५ हजार विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने र प्राकृतिक विपद्को यस दुःखद घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा सुरक्षित पुनःस्थापनालाई तीव्...
सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

खानेपानी, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार
काठमाडौँ, १५ भदौः विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३÷८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको छ । विज्ञापन बोर्डले पत्रपत्रिका, विज्ञापन एजेन्सी तथा अन्य सञ्चारमाध्यमलाई बोर्डमा अनिवार्य रूपमा सूचीकरण तथा नवीकरण गर्न आग्रह गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यसअघि सूचना जारी गरी सूचीकरण तथा नवीकरण नगरी विज्ञापन कारोबार गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने र बोर्डबाट उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनको रकमसमेत भुक्तानी नहुने स्पष्ट गरिसकिएको बोर्डले जनाएको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६ को उपदफा (१) मा विज्ञापन कारोबार गर्ने सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सीले तोकिए बमोजिमको विवरण दाखिला गरी बोर्डमा सूचीकृत हुनुपर्ने व्यवस्था छ । यस्तै, केही नेपाल ऐन संशोधन गर्ने ऐ...
विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण

विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
 काठमाडौं । भोटेकोशी हुँदै आएको महाविनाशकारी बाढीबाट भएको अकल्पनीय मानवीय क्षतिले देश शोकमा डुबिरहेका बेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले मृतकहरूप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ। भदौ ७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गर्न आयोजित कार्यक्रमको सुरुवात नै बाढीमा परी ज्यान गुमाएका सयौँ नेपाली नागरिकको स्मरणमा मौनधारणबाट गरिएको थियो।विपद्को पीडाबीच आयोजना गरिएको उक्त कार्यक्रमले संस्थागत जिम्मेवारी हस्तान्तरणसँगै मानवीय संवेदनालाई समेत केन्द्रमा राखेको थियो। कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणको कार्यक्रम प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कुमारराज कार्कीले सञ्चालन गरेका थिए। सो अवसरमा निर्वाचनबाट निर्वाचित पदाधिकारी तथ...
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
कमलकुमार बस्नेत/रासस काठमाडौँ, १४ भदौः गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन् । प्रभावित आयोजनामा मानिससमेत फसेका सूचना आइरहेका छन् । प्रभावित क्षेत्रमा कति जलविद्युत् आयोजना थिए र त्यहाँ कति मानिसहरु फसिरहेका छन् त ? त्यस्तै सरकारले त्यहाँ फसिरहेका मानिसलाई उद्धारका लागि के के प्रयास गरिरहेको छ त ? र हालसम्मको प्रगति के छ ? स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अनुसार बाढीका कारण त्यस क्षेत्रमा ११ वटा आयोजना प्रभावित भएका छन् । नेपाली सेनाका अनुसार पछिल्लो चार दिनदेखि सुरुङमा फसेकाको उद्धारको प्रयास जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हेलिकप्टरमार्फत आज दिउँसोसम्म २७९ जनाको उद्धार भइसकेको छ । रसुवाको माथिल्लो त्रिशूली–१ का प्रवर्द्धक रहेको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट प...
प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, १४ भदौः बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म रु पाँच अर्ब २४ करोड ६९ लाख ४४ हजार सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो । प्रधानमन्त्री राहत कोषमा आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा उक्त रकम सङ्कलन भएको हो । हिमालयन र लक्ष्मी बैंकमा थप रु २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको छ । विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको न...
“रानीपोखरी मेलाको अवसरमा बाँझविसौनीमा रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान”

“रानीपोखरी मेलाको अवसरमा बाँझविसौनीमा रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान”

खानेपानी, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रको आयोजनामा रानीपोखरी मेलाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका–८ इर्खु अन्तर्गत बाँझविसौनीमा भदौ १२ गते आयोजित रक्तदान कार्यक्रममा ३० जना रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। रानीपोखरी मेलालाई सामाजिक तथा मानवीय सेवासँग जोड्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ। मेलाको अवसरमा हुने धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिसँगै रक्तदानजस्तो महत्वपूर्ण मानवीय सेवाको कार्यक्रम सञ्चालन गरिएकाले यसले सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकको भनाइ छ। रक्तदान कार्यक्रमको मुख्य उद्देश्य रगतको अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था न्यूनीकरण गर्नु तथा आ...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी

लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेकोमा आपत्ति जनाएको छ । सरकारले २०८३ भदौ ५ गते शुक्रबार गतेको निर्णय तत्काल फिर्ता लिन शाखाले माग गरेको छ । सञ्चारमाध्यमको आर्थिक स्थायित्व र पत्रकारको पेशागत सुरक्षासँग प्रत्यक्ष जोडिएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै शाखाले निर्णय सच्याउन सरकारलाई आग्रह गरेको हो । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले २०८३ भदौ १३ गते शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति घोर आपत्ति जनाउँदै यस्तो निर्णयले विशेषगरी साना लगानी तथा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई थप आर्थिक संकटमा पार्ने उल्लेख गरिएको छ । सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने यसप्रकारका अलोकतान्त्रिक र अ...
महिला हिंसा विरुद्ध न्यायिक समिति र मेलमिलापकर्ताबीच अन्तरक्रिया

महिला हिंसा विरुद्ध न्यायिक समिति र मेलमिलापकर्ताबीच अन्तरक्रिया

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
 मेलम्चीमा महिला हिंसा न्यूनीकरण तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा न्यायिक समिति, नगरस्तरीय मेलमिलाप केन्द्रका पदाधिकारी तथा सरोकारवाला निकायबीच एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजना ,महिला आत्मनिर्भरता केन्द्र मेलम्ची र फेयरमेड फाउन्डेसन नेपालको समन्वय तथा सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक उमा प्रधानले न्यायिक समितिले काम गर्ने क्रममा आइपर्ने बाधा तथा चुनौतीबारे आफूले जानकारी प्राप्त गरेको बताउनुभयो । उहाँले स्थानीयस्तरमै मेलमिलापमार्फत समस्या समाधान हुने वातावरण निर्माणका लागि आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । उपप्रमुख प्रधानले बालविवाह न्यूनीकरण तथा अन्त्य गर्न सके महिला हिंसा लगायतका धेरै सामाजिक समस्या समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा जिल...
घाइतेको निःशुल्क उपचारको प्रबन्ध गरेका छौं : मुख्यमन्त्री थापा

घाइतेको निःशुल्क उपचारको प्रबन्ध गरेका छौं : मुख्यमन्त्री थापा

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
भक्तपुर, ११ भदौः वागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते भएका नागरिकको प्रदेश सरकारले निःशुल्क उपचारको प्रबन्ध गरेको बताउनु भएको छ । बुधबार नुवाकोट पुगेर बाढीग्रस्त क्षेत्रको अनुगमनपछि राससलाई जानकारी दिँदै उहाँले घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिनुभयो । “विपद्मा जीवनको रक्षा नै हाम्रो पहिलो जिम्मेवारी हो । प्रादेशिक अस्पताल तथा आयुर्वेदिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेका छौँ,” मुख्यमन्त्री थापामगरले भन्नुभयो । प्रदेश सरकारले आकस्मिक उपचारका लागि भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र बज्रवाराही अस्पतालका स्वास्थ्यकर्मी रसुवा तथा नुवाकोटेको त्रिशूलीमा खटाएको छ । भक्तपुर अस्पतालमा थप आकस्मिक कक्ष तथा आइसियु कक्षको व्यवस्था गरी निःशुल्क उपचार सेवा उपलब्ध गराइएको छ । प्रदेशका रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका विभिन...
आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, ११ भदौः रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल रु १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ । रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत वितरण कार्यमा जुटिसकेका जनाउँदै आइएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रहसमेत गरेको छ । आइएफआरसीका महासचिव जगन चापगाईले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पु¥याउन लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो । आफ्नो सामाजिक सञ्जालमार्फत महासचिव चापागाईले भन्नुभएको छ, “आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायहरुसँगका समन्वयमा आवश्यक पर्दा समुदायलाई थप सहयोग परिचा...