बाढीपहिरोको समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा सांसदहरूले बर्सातको समय सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा उहाँहरूले ध्यानाकर्षण गराउनुभयो । बैठकमा सांसद विष्णुकुमारी सापकोटाले भन्नुभयो, “मौसमविद्ले यस वर्ष अत्यधिक वर्षा हुन सक्ने सूचना धेरै अगाडिदेखि नै प्रवाह गर्दै आएका छन्, अत्यधिक बर्सातका कारण बाढी, पहिरो र डुबानको समस्याले जनतालाई दुःख दिन सुरु गरेको छ । यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।” उहाँले बाढीपहिरोका अलवा मानव जीवनमा ठूलो क्षति पु¥याउने डेङ्गी हालसम्म ७२ जिल्लामा प्रवेश गरिसकेको उल्लेख गर्दै त्यसको नियन्त्रण र रोकथामका काममा ढिला नगर्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले बर्सातको समयसँगै यतिबेला बाढी, पहिरो, विपत्का घटना हुने बेला आएकाले तदारुकताका साथ काम गर्न सरकारलाई आग...
