३ दिने स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यक्रम सूरु
मेलम्ची नगरपालिकाको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मती प्रदेशको आर्थिक सहयोगमा ३ दिने स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यक्रम मेलम्ची नगर पालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सुरु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी उमा प्रधानले भुकम्प तथ जलबायुको हिसाबले विपदमा धेरै माथी छ त्यसैले यसलाई हामिले मुख्य एजेन्डाको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले विपद हामिलाई थाहा दिएर न आउने भन्दै सबै सतर्कता अपनाएर बस्न आग्रह गर्नुभयो । उहाँले स्वयंसेवक बनेर आफ्नो नगर गाउँ बस्ती मा परेको विपदलाई प्रतिकार गर्न तयार भएर यो दिनको तालिम किन आउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यो तीन दिनको समयलाई भरपुर सदुपयोग गरि यो कार्यक्रम लाई सफल बनाउनुहुने बिश्वास व्यक्त गर्नुभयो ।
मेलम्ची नगरपालिका वडा नम्बर १,२,३,४ र ५ का गरि २० जना भन्दा बढी युवा हरुलाई ससस्त्र प्रहरी ग...


