सम्पर्क

Author: लोकप्रिय समाचार

पाँचपोखरी थाङ्पालमा ८४ फिट अग्लो बुद्धको प्रतिमा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गाउँपालिकामा भगवान् गौतम बुद्धको ८४ फिट अग्लो प्रतिमा निर्माणलाई तीव्रता दिइएको छ । पाँचपोखरी थाङ्पालमा गाउँपालिका–७ भोटेनाम्लाङस्थित युङ्बा दोङ ९ठूलो ढुङ्गा० मा निर्माण भइरहेको उक्त प्रतिमा धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको गाउँपालिका अध्यक्ष टाशी लामाले बताउनुभयो । पालिकाले गौरवको योजनाका रूपमा प्रतिमा निर्माण चार वर्षदेखि सुरु गरेको हो । “प्रतिमा निर्माण एउटै ढुङ्गाबाट भइरहेको छ, हाल बुद्धको शिर निर्माण सकिएको छ”, उहाँले भन्नुभयो । अध्यक्ष लामाका अनुसार उक्त परियोजनाको अनुमानित लागत रु तीन करोड छ भने आगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गाउँपालिका, बागमती प्रदेशको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । “स...

जय पाल्चोकी यातायात प्रा.लिद्वारा संचालित इभि भ्यानको औपचारिक उद्घाटन

ब्रेकिङ न्युज २, समाचार
श्री जय पाल्चोकी यातायात प्रा.लि.को औपचारिक उद्घाटन सम्पन्न भएको छ। आज मेलम्चीमा आयोजित कार्यक्रमबिच उक्त यातायात प्रालिद्वारा संचालित इभि भ्यानको औपचारिक सुरुवात गरिएको हो । उद्घाटन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस भेगका नागरिकले सहज र सुरक्षित यातायात सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै यातायात कम्पनी नाफामुखी भए पनि सेवा र सुविधामा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो। नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो। नगर उपप्रमुख उमा प्रधानले इभि गाडी वातावरणमैत्री भएको बताउँदै यसले पेट्रोल–डिजेल गाडीको प्रयोग घटाउने, जलविद्युतको सदुपयोग गर्ने र प्रदूषण नियन्त्रणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वदेशमै अवसर पहिचान गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै सफलताको शुभकामना दिनुभयो। समाजसेवी बालकृष्ण देउजाले यात्रुलाई सक्दो सुविधा उ...

“इकु पहिरोमा सडकको ट्याक खुल्यो “

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रिती बिश्वकर्मा रेडीयो लोकप्रिय नेत्र ज्योती बाह्र्बिसे ÷ सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउपालिका तातो पानी कोदारी स्थित इकु पहिरोमा सामान्य ट्याक खुलेको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत केही दिन देखि उक्त इकु पहिरोमा ट्याक खुलाउन लागि पर्नु भएको थियो । यसैको फलस्वरुप मङ्गलबार देखी भने सामान्य ट्याक खुलेको छ । मङ्गmबार इकु पहिरोमा बाणिज्य संघका अध्यक्ष बस्नेत आफै बिहान देखि बेलुका सम्मा ट्याक खुलाउन खटिनु भएको थियो।अध्यक्ष बस्नेतले दिनु भएको जानकारी अनुसार बुधबार र बिहीबार सम्ममा सडक संचालन हुने र चिनियाँ भुभागमा रोकिएको करिब ६०० वटा माल बाहेक कन्टेनर टेलर नेपाली भन्सार सम्म ल्याउन सकिने छ । सडक खुलाउन सडक डिभिजन कार्यलय चरिकोट लगाएत सरोकारबाल निकायको सहयोग समन्वय रहेको थियो । मङ्गलबमर खुलाएको ट्याकमा बुधबार तातो पानी बाट ग्राभेल लगेर बिछ्याउने ग्राभेल बि...

बनदेउमा चालकको लापसे तथा कागजात चेकजाँच, दुर्घटना रोकथाममा जोड

ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज) सवारी दुर्घटना रोकथा म तथा न्यूनिकरणका लागि सिन्धुपाल्चोकमा सार्वजनिक सवारीसाधन चालकहरुको स्वास्थ्य र कागजात चेकजाँच अभियान सञ्चालन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चौतारा र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीले उक्त अभियान सञ्चालन गरेको हो । अभियान अन्तर्गत अरनिको राजमार्ग र बनदेउ –चौतारा सडकखण्डमा सञ्चालन हुने सार्वजनिक बस तथा यात्रुवाहक सवारीका चालकहरुको लाइसेन्स, पास र स्वास्थ्य,लागू पदार्थ सेवन (ला.प.से.) परीक्षण गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक विष्णु थापाका अनुसार, नियमित स्वास्थ्य परीक्षण, आवश्यक कागजातको प्रमाणीकरण र ट्राफिक नियमको पालना सम्बन्धी निगरानी मार्फत सडक दुर्घटना घटाउने उद्देश्य राखिएको छ । उहाँले भन्नु भयो दुर्घटनाको प्रमुख कारणमध्ये चालकको...

खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता

ब्रेकिङ न्युज १, समाचार
खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्यबीच आज आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान गएको छ । मन्त्रालयको सभाहलमा मन्त्री यादवसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव ई बज्राचार्यले कार्यसम्पादन सम्झौता आदानप्रदान गर्नु भएको हो । सोही क्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन र आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन समेत दिनु भएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्यमा उल्लेख गरिएका खानेपानी मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तरअनुसार कार्यान्वयन गर्ने आज गरिएको सम्झौताको मुल उदेश्य रहेको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “तीनै तहका सरकारहरूको क्षमता अभिवृद्धि गर्दै, शहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षि...

बालबालिकामा लगानी बढाउन सरोकारवालाको जोड

ब्रेकिङ न्युज २, समाचार
बाल अधिकारको संरक्षण र संवद्र्धनमा ध्यान दिन सरोकारवालाहरूले जोड दिएका छन् । काठमाडौँमा सम्पन्न भएको बाल अधिकार सिकाइ सम्मेलनमा सरोकारवालाहरूले त्यस्तो जोड दिएका हुन् । मुलुकभरका ५० भन्दा बढी जिल्लाबाट काठमाडौँ आएका बालअधिकार अभियन्ताहरूले राज्यले बालबालिकामा पर्याप्त लगानी पु¥याउन नसकेको बताउनुभयो । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आयोजना गरेको बाल अधिकार सिकाइ सम्मेलनमा बाल अधिकारका लागि संसदीय मञ्चका सदस्य सांसद हर्कमाया विश्वकर्माले संसद्मा बालविवाह अन्त्य, बालबालिकामा लगानी वृद्धि, नीतिगत र कानुनी प्रष्टता र कार्यान्वयनमा आवाज उठाएको बताउनुभयो । सातै प्रदेशमा बाल अधिकारका लागि प्रदेश संसदीय मञ्च मार्फत संघ र प्रदेशको सांसदले बालबालिकाका विषय उठाउँदै आएको बताउँदै उहाँले बालबालिकामा थप ध्यान जान जरुरी भएको बताउनुभएको थियो । प्रतिनिधि सभाका सदस्य ईश्वरी घर्ती मगरले बा...

अख्तियारको पत्राचारमाथि नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिक पत्रिकालाई पठाएको पत्रप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ । आयोगले पत्रमार्फत २०८२ असार ११ गते प्रकाशित "सामान्य प्रशासन मन्त्री गुप्ताद्वारा लाखौंको घुस लिने काममा संलग्न भएको भन्दै अख्तियारमा उजुरी" भन्ने समाचार र २०८२ साउन १८ गते प्रकाशित "७० लाख घुस काण्डमा मुछिएका मालपोत प्रमुख पौडेललाई मन्त्री अधिकारी र सचिवको संरक्षण" भन्ने समाचारसँग सम्बन्धित अडियोका स्रोत उपलब्ध गराउन माग गरेको थियो । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले २०८२ भदै ३ गते मंगलबार जारी प्रेस विज्ञप्तिमा यस्तो पत्राचार प्रेस स्वतन्त्रता, सूचनाको अधिकार र लोकतान्त्रिक व्यवस्थामाथिको प्रत्यक्ष हस्तक्षेप भएको बताएका छन् । शाखाले पत्रकारिता पेशागत दायित्व र नैतिक जिम्मेवारीको दृष्टिले नागरिक सरोकारका विषयमा तथ्य ...

कालिका इनर्जी को सार्वजनिक सुनाइ बाह्रबिसेमा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका कवड हलमा भोटेकोसी ५ जलविद्युत आयोजना (४६ मे .वा ) कालिका इनर्जी लिमीटेड सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठ बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बाल कृष्ण बस्नेत लगाएत बाह्रबिसे नगरपालिका वडा न. ३,४,५,८,९ का वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुदाराज बस्नेत पुर्व अध्यक्ष राजकुमार बस्नेत उद्योग बाणिज्यका सदस्यहरू लगाएत सरकारबाल निकायका प्रमुख र प्रतिनिधिहरु उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनाइ कार्यक्रममा प्रभावित क्षेत्रका प्रभाबीत बासिन्दाहरुल आफ्ना माग सहित लिखित रुपमा राखेका थिए। प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले केही समय नार जुलुस गरि होहल्ला गरीरहँदा कालिका इनर्जी का  अध्यक्ष  मोहन बिक्रम कार्की ले आफ्नो भनाइ राख्...

चौतारामा बालबालिका संवेदनशीलसम्बन्धी दुई दिने तालिम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
  नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा बालबालिका संवेदनशीलसम्बन्धी दुई दिने तालिम भएको छ । नेपाल पत्रकार महासंघका पूर्व केँद्रीयअध्यक्ष तथा तालिमका मुख्य प्रशिक्षक धर्मेन्द्र झा रहनु भएको थियो भने नेपाल पत्रकार महासंघका पुर्ब जिल्ला अध्यक्ष रिषीराम पौड्याल लगाएत प्रशक्षिकको भुमिकामा रहनु भएको थियो । नेपाल पत्रकार महासंघ लसिन्धुपाल्चोकका अध्यउक्ष ध्रुब दङ्गालको अध्यक्षतामा सञ्चार कर्मीहरुकलाइ बालबालिका संवेदनशीलसम्बन्धी तालिम दिइएको हो । प्रशिक्षण कार्यक्रममा पुर्ब केनिद्रय अध्यक्ष झाले सहभागी पत्रकारलाई समाचार तयार गर्दा पीडित बालबालिकाको सुरक्षा, मर्यादा र गोपनीयता समबन्धी विशेष ध्यान दिदै सत्य र तथ्यमा आधारित र संवेदनशील समाचार लेख्न पर्ने बताउँनु भयो । तालिममा पत्रकारहरुलाई विद्यालयस्तरमा हुने लैङ्गिक हिंसा सम्बन्धी मुद्दाहरूलाई संवेदनशीलतापूर्वक प्रस्तुत गर्ने, ब...

बागमती प्रदेश नेपाल लोकतान्त्रिक खेलकुद संघमा कवे

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको प्रथम अधिबेशन सम्पन्न भएको छ । नेपाली काँग्रेस निक नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको आइतबार भक्तपुरमा भएको अधिवेशनबाट अष्ट कुमार कवे अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तै, उपाध्यक्षद्वयमा तेजकुमार डंगोल र सुनिता मैनाली, सचिवमा उज्ज्वल श्रेष्ठ तथा सहसचिवहरूमा अमृत लुङ्घवा, गौरब बस्नेत, पूर्णबहादुर गुरुङ र निरज खड्का निर्विरोध निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा भने रविन्द्रमान महर्जन निर्वाचित हुनु भएको छ। यसैगरी, कार्यसमिति सदस्यमा सुमित्रा श्रेष्ठ, कविन ब्यन्जन्कार, भागवत खड्का, नवराज पाख्रिन, जनार्दन बस्नेत, केदार माझी, प्रकाश पाण्डे, राजेन्द्र घले, गोपालबहादुर तामाङ, सुक्रबहादुर माझी, तेजनारायण पसछे , बुद्धिमान स्यान्ताङ्ग गरिना आचार्य, राजेश राउत, विक्रान्त विस्ट, मिना पौडेल, विष्णुकुमारी बस्त्रेत, सरिता खड्की र स...