सम्पर्क

डडुवाको ऐतिहासिक थान्मारे डाँडामा जन्मोत्सव पार्क निर्माणको शुभारम्भ

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका १४ मा शुभ जन्मोत्सव पार्क बन्ने भएको छ । नेपाल बिद्युत नियमन आयोगका अध्यक्ष राम प्रसाद धितालले आफ्नो चौवन्नौ जन्म दिनको अवसरमा वडा नं. १४ को थान्मारे डाँडामा बिरुवा रोपेर जन्म दिन मनाउँने क्रममा सहभागीहरुले यस्तो बताएका हुन् । ९२ बर्षीय पण्डीतनी बज्यै देवकी सिग्देलले आयोगका अध्यक्ष धिताललाई आशिर्बाद दिदै माला र दोसल्ला ओढाएर जन्मदिनको शुभकामना दिनुभयो । स्थानीय पत्रकार नेत्र बहादुर बस्नेतको जन्मदिन पारेर गत असोज ३ गते उक्त स्थानमा बृक्षरोपण गरिएको थियो । उक्त दिन वडाअध्यक्ष उद्धब नेपालका छोरा उत्सव नेपालको पनि जन्मदिन परेको र सोही दिन उहाँले समेत बृक्षरोपण गर्नु भएको थियो ।

सोही स्थानमा मंसीर ११ गते धितालले पनि बृक्षरोपण गर्नु भएको हो । जन्मदिनलाई सत्कर्ममा जोडौ भन्ने अभियानका राष्ट्रिय संयोजक गोबिन्द चौलागाईको बिशेष अतिथ्यतामा भएको उक्त कार्यक्रममा रामप्रसाद धिताल, गोबिन्द चौलागाई, थापा इन्टरप्राइजेजका प्रोपाइटर भुपेन्द्र थापा, नेत्र बहादुर बस्नेत, निल बहादुर बस्नेत, राजेन्द्र बस्नेतले बिश्रामका लागी बेञ्च राखी दिनुभएको उक्त स्थानमा शुभ जन्मत्सोव पार्क बन्ने भएको छ । यसका लागी राम प्रसाद धिताल लगाएत स्थानीयको सहयोग रहने छ ।

सोही स्थानमा राष्ट्रिय कलाकार लाल बहादुर खातीको शालिक समेत निर्माण गरिने भएको सञ्चारकर्मी नेत्रबहादुर बस्नेतले जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लाकै इतिहास बोकेको लोकप्रिय समाचार राष्ट्रिय दैनिकका प्रकाशक नेत्र बहादुर बस्नेतको जन्म दिनको अबशरमा शुरु भएको अभियानलाइ आफुले पनी सहभागी भएर इटा थप्न पाउादा खुशी लागेको बताउँनु हुँदै अध्यक्ष धितालले आफु ज्नमेको ठाँउ गाँउको सबैलाइ प्यारो लाग्ने भएकाले म पनी यस स्थानमा नै आएर यो अभियानमा सग्लग्नता भएको बताउँनु भयो । जन्म दिनलाइ सत्कर्ममा जोडौ अभियानका राष्ट्रिय संयोजक गोबिन्द चौलागाइले जन्मदिनमा बिभिन्न खर्च गरेर मनाउँनु भन्दा यो अभियान    मा सहभागी भएर मनाउँन का लागी अभियान शुरु गरेको बताउँनु भयो । कार्यक्रममा बन डिभजिनल कार्यालयका डिभिजनल अधिकृत मदन कडेलले पार्क निर्माणका लागी आबश्यक सहयोग गर्ने बताउँनु हुँदै बिरुवा रोप्नका लागी निःशुल्क बिरुवाको व्यवस्था समेत गरिदिने बताउँनु भयो ।

कार्यक्रममा १४ नं वडाका वडा अध्यक्ष उद्धब नेपालले जन्म दिनलाई सत्कर्ममा जोडौ भन्ने कार्यक्रम आफैमा ऐतीहासिक भएकोले यसलाई निरन्तरता दिने र पार्क निर्माणका लागी वडा कार्यलयबाट आवश्यक सहयोग हुने बताउँनु भयो । अंग्रेजहरुसँगको लडाइमा अभिमान सिंह बस्नेतको नेतृत्वमा रहेको गोर्खाली सेनाहरुले त्यस स्थानबाट बिजय प्राप्त गरेको, डाडाँमा काठमाडांै भ्याली र हिमालबाट देखिने गरी नेपालको झण्डा समेत रहेको त्यहाँका बृद्धाहरुले बताएपछी उक्त स्थानमा लोकप्रिय समाचार राष्ट्रिय दैनिकले आफ्नो स्थापना दिबश तथा प्रकाशक नेत्र बहादुर बस्नेतको जन्म दिनको अबशरमा जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियाजनको शुरु गरिएको थियो ।उक्त स्थानमा पुराना बङ्करहरु, बन्दोबस्तीको लागी तैयार गरिएका सुरुङ्गहरु फेला परेकोले सोही स्थानलाई संरक्षण गर्नका लागी उक्त स्थानमा यो अभियान गरिएको नेत्र बहादुर बस्नेतले बताउँनु भयो ।

राम्चे सामुदायक बन उपभोक्ता समितीका अध्यक्ष बलराम बस्नेतको सभापतित्वमा भएको कार्यक्रमकासहभागी सबैले बिरुवा रोपेका थिए ।