कम्पनी सचिब आवश्यकता की बाध्यता
बिष्णु गिरी ‘निश्चल’
कम्पनीलाई कर्पोरेट सुशासनअन्तर्गत व्यावसायिक तवरबाट सञ्चालन गर्न कम्पनी सचिवको ठूलो भूमिका रहेको हुन्छ । नेपालको सन्र्दभमा कहिलेकाही सञ्चालक समिति र व्यवस्थापनबीच द्वन्द्व हुन सक्छ, त्यस्तो अवस्थामा कम्पनी सचिवले यी निकायबीच मध्यस्थ कायम राखी कम्पनीलाई अगाडि बढाउनुपर्ने भूमिका समेत निर्बाह गर्नु पर्छ । कम्पनी सचिबले साधारण सभाको निर्णय बमोजिम बाहेक कम्पनी सचिवले कम्पनीबाट वा कम्पनीमार्फत आफूलाई फाइदा हुने कुनै काम गर्नु गराउनु हुँदैन ।
नेपालको बिद्यमान कानूनले एक करोड भन्दा बढी पूजी भएका हरेक कम्पनीले कम्पनी सचिब राख्नु पर्छ भन्नेको छ तर नेपालका कति कम्पनीले कानूनले भनेको पुरा गर्न कम्पनी सचिब राख्ने गरेको पाईन्छ । यसैले कम्पनी सचिब आवश्यकता हो की बाध्यता हो । कम्पनी सचिव कम्पनीको लागि महत्वपूर्ण पद हो, जसले वैधानिक र नियामक आवश्यकताहरूको पालना सुनिश्चित गर्न महत्त्व...



