टिकट काटेरै कटेको दिनचर्या — विरेन्द्र हिमालय , पूर्व अरनिको यातायात
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा २०२६ साल असार १२ गते जन्मनुभएका विरेन्द्र हिमालयले पूर्व अरनिको यातायातमा टिकट बुकिङ काउन्टरमा काम गर्न थालेको २२ वर्ष वितिसक्यो । टिकट काउन्टरमा काम गरेर सबैलाई राम्रो सेवा दिन पाउँदा खुसी लागेको उहाँ बताउनुहुन्छ । सवैसँग राम्रो ब्यवहार गर्ने हिमालय सवै यात्रुहरुसँग मिठो बोल्नुहुन्छ । उनै हिमालयसँग लोकप्रिय समाचार दैनिकका समाचारदाता करिस्मा लम्सालले गरेको सँक्षिप्त भलाकुसारी —
१. टिकट काउन्टरमा काम गर्दा कतिको सन्तुष्ट हुनुहुन्छ ?
यो काम गरेर छोराछोरीलाई राम्रो शिक्षा दिएको छु । परिवारलाई खुसी र सुखी राख्न सकेको छु । यो पेशा गरेर सफलतानै मिलेको छ । त्यसैले सन्तुष्ट नै छु ।
२.यस क्षेत्रमा काम गर्दा कतिको सहजता पाउनु भएको छ ?
यो ब्यवसाय गर्न तेती सहज त हुँदैन अन्य कामजस्तो । तर पनि आफुले लगाब देखाएर गर्नसके जुनसुकै काम पन िसहज तरिकाले सम्पन्न गर...
