सम्पर्क

Author: लोकप्रिय समाचार

मेलम्चीमा युवा संघ र अनेरास्ववियुद्वारा विरोध प्रदर्शन

ब्रेकिङ न्युज २, राजनिती
नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक र अनेरास्ववियु मेलम्ची नगरकमिटिले आज मेलम्चीमा विरोध प्रदर्शन गरेको छ । मेलम्ची बजारमा एमालेको पार्टी कार्यालय अगाडि बाट सुरु भएको जुलुस आमा ह्योल्मो चोकमा पुगेर फर्केको थियो । राष्ट्रिय युवा संघले तत्कालै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नु पर्ने, ज्यान मार्ने धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादबलाई बर्खास्त गर्नु पर्ने, इन्धन लगायत सामग्रीमा भएको मूल्य वृद्धि फिर्ता गर्नु पर्ने, प्रशासनिक क्षेत्रका कामलाई सहज बनाउनु पर्ने लगायत माग राख्दै आन्दोलनको सुरुआत गरेको कार्यक्रमका संयोजक निरल वाइबा तामाङले जानकारी दिनुभयो । सरकार सञ्चालन गरिरहेको पाँच दलीय गठबन्धनले निर्वाचन रोकेर मुलुकलाई अस्थिरतातर्फ धकेल्न लागेको भन्दै युवा संघले चरणबद्ध आन्दोलन थालेको हो । आगामि दिनमा पनि जिल्लाको बाह्रविसे,चौतारा लगायत मुख...

नेत्रज्योती सञ्चार समूहको भवन बनाउन थापाको सहयोग

ब्रेकिङ न्युज १, समाचार
नेत्रज्योती सञ्चार समूहको भवन बनाउनका लागी थापा ईन्टरप्राईजेजका प्रोपाईटर भुपेन्द्र थापाले ३५ बोरा सिमेन्ट सहयोग गर्नुभएको छ । थापाले प्रतिबद्धता जनाएअनुसार नेत्रज्योती सञ्चार समूहका कार्यकारी प्रमुख नेत्रबहादुर बस्नेतलाई उक्त सिमेन्ट सहयोग गर्नुभएको हो । नेपाली काँग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधी समेत रहनुभएका थापाको यस सहयोगले भवन बनाउन सहजता थपिएको कार्यकारी प्रमुख बस्नेतले बताउनुभयो । बस्नेतले अन्य सहयोगी दाताहरुलाई समेत सहयोगका लागि अपिल गर्नुभएको छ । नेत्रज्योती सञ्चार समूहको भवन चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा निर्माण भईरहेको छ ।...

राप्रपाबाट निर्बाचित जनप्रतिनिधी माओबादीमा प्रवेश

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका २ को वडा सदस्य राप्रपा परित्याग गरि नेकपा माओवाादीमा प्रबेश गरेको समाचार प्राप्त भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका दलित महिला सदस्य विष्णुमायाँ वि.क राप्रपा परित्याग गरी नेकपा माओवादीमा प्रवेश गर्नुभएको हो । चौतारा साँगाचोकगढी नगरपालकिा वडा न २ मा वडा अध्यक्ष सहीत सबै वडा प्रतिनिधीहरु राप्रपाबाट निर्बाचित भएको र राप्रपा परित्याग गरे पछी स्वत वडा सदस्य पद रिक्त भएको वडाअध्यक्ष दिपेन्द्र थापाले बताउँनु हुँदै राजनिती दल परित्याग गर्नु उँहाको निजी बिचार भएको बताउँनु भयो ।...

कृषी सहकारी द्धारा बाह्रबिसेमा तालीम

ब्रेकिङ न्युज २, समाचार
नेत्रज्योती कृषी सहकारी सस्था लि. ले घरेलू तथा साना उद्योग कार्यलय चौताराको आर्थिक सहयोगमा बाह्रबिसेमा गलैचा बुन्ने तालीम संञ्चालन गरिरहेको छ । तालीममा २१ जना सहभागी रहेको संस्थाका सचिब मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बाह्रबिसेमा रहेका महिलाहरुको रोजगारका लागी उक्त तालमिको आबश्यकता रहेकाले उक्त तालीमको ब्यबस्था गरेको हो । उक्त तालीममा सहभागीहरुलाइ संस्थाले स्यानीटाइजर माक्स समेत बितरण गरेको छ । संस्थाका तर्फबाट बिबेक तामाङ र महोन बस्नेत शम्भुले तालिम स्थलको अनुगमन गर्नुका साथै उक्त आवश्यक गलैचा बुन्ने धागो लगायतका सामाग्रीहरु हस्तानन्तरण गर्नु भएको हो ।...

अपागंता भएकाहरुलाइ डडुवामा तालीम

ब्रेकिङ न्युज २, समाचार
स्थानीय स्तरमा नै रोजगारको ब्यबस्था गर्न १४ नं वडा लागी परेको वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले बताउँनु भएको छ । उँहाले हरेक आयआर्जनमुलक काममा स्थानीय सरकार लागी परिरहेको बताउँदै चौतारा साँगाचोकगढी नगरपालकिा १४ डडुवाका नागरिकलाइ आत्मा निर्भरता बनाउँनका लागी सबै लागी पर्न पर्ने बताउँनु भयो । उँहाले घरेलू तथा साना उद्योग कार्यलय सिन्धुपाल्चोकको आर्थिक सहयोग र बज्रयोगिनी अपागं मैत्री सहकारी संस्था डडुवाको आयोजनामा आयोजित सिन्के धुप निर्माण गर्ने तालीमको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले हरेक नयाँ नयाँ कामको लागी सक्रयता देखाएर काम गर्ने जो कोहीलाइ पनी वडाबाट सहयोग भइरहेको बताउँदै घरेलु तथा साना उद्योग कार्यलयबाट यस वडाका फरक क्षमता भएका बिशेष गरि अपागंता भएका नागरिकलाइ सिन्के धुप निर्माण गर्ने तालीम पैदान गरेकोमा बिशेष धन्यबाद दिदै वडाबाट पनी अपागंता भएका नागरिकहरुको आयआर्जन तथा विब...

भर्चुवल विधि मार्फत अन्तक्र्रिया कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नागरिकहरुकोे नजिकको सरकारले कानुन कसरी बनाएको छ भन्ने विषयमा एक अन्तक्र्रिया कार्यक्रम  माघ १० गते सम्पन्न भएको छ । सामुदायिक सारथीको आयोजनामा बढ्दो कोरोना सक्रमणको अवस्थालाई मध्यनजर गर्दै भर्चुवल विधि मार्फत अन्र्तक्रिया गरिएको थियो । स्थानिय सरकारले हाल सम्म आवश्यक कानुन कसरी बनाएको छ र यसमा नागरिकहरुको सहभागिता कसरी भएको छ । भन्ने विषयमा जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधि सञ्चारकर्मीहरु बिच उक्त छलफल गरिएको थियो । छलफलमा पाँचपोखरी थाङपाल गाउँपालिका विधायन समिति संयोजक गिता धितालले पाँचपोखरी थाङपाल गाउँपालिकामा हालसम्म बनेका ऐन, कार्यविधि केन्द्रले तयार गरेको मस्यौदमा आवश्यक विवरण तथा परिमार्जन गरेर कार्यपालिका, तथा गाउँसभा मार्फत पास गरि कार्यन्वयन गरिएको बताउनु भयो । त्यस्तै नागरिक संस्थाका प्रतिनिधि गोपाल लामाले हेलम्बु गाउँपालिकामा अन्य ऐन बनाउने बेलामा त्यस्तो समन्वय नभए पनि श...

सिन्धुपाल्चोकको प्रशासन सेवा एक हप्ताको लागि स्थगित

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको केही कर्मचारीहरुलाइ कोभीड देखीएको भन्दै एक हप्ताका लागी जिल्ला प्रशासन कार्यलयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि स्थगित गरेको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत नारायण लघुले इक सुचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा १६ माघ आइतबारसम्मका लागि स्थगित गरिएको जानकारी दिनु भएको छ । उँहाका अनुसार कार्यालयका केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको र संक्रमितको सम्पर्कमा रहेका कर्मचारीलाई पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गर्न परेको जारी सुचनामा जनाइएको छ । सुचनामा नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र प्रमुख जिल्ला अधिकारीले नै दस्तखत गर्नुपर्ने सेवाहरू पेन्सन पट्टा नामसारी, जन्म मिति, नाम थर सच्याउन खडा गरिने पर्चा आदेश, सिफरिस स्थगित गरिएको जनाइएको छ ।...

राप्रपाले बुझायो जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय चौतारामा राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञापनपत्र बुझाएको छ । जिल्लाको साबिक फटकशिला गा.वि.स वडा नं. ९ अन्तर्गत मेलम्ची नगरपालिका वडा नं. १३ निवासी वडाध्यक्ष देवेन्द्र घोरासैनीले कुनै पनि सर्वदलीय बैठक नराख्ने आफ्नो ढँगले बजेट बिनियोजन गर्ने र विकासका कार्यक्रममा पनि थिचोमिचो गरेको कारणले सोहि वडाका राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय कोषाध्यक्ष विदुर घोरासैनीले आवाज उठाउदा विभिन्न आक्षेप लगाएर मुद्वा हालेको बताएका छन् । पिडितले गर्नुपर्ने मुद्वामा उनी आफै अदालतसम्म पुगेर विभिन्न आरोप आक्षेप लगाएर मुद्वा दर्ता गरेका छन् । सोहि विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश प्रमुख क बाबुराम खड्का २ नम्बर क्षेत्रीय अध्यक्ष कुमारी स्याङ्तान लगायत पार्टीका अन्य प्रतिनिधि समेतको उपस्थित रहनुभएको थियो । यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टीका प्र...

गृहमन्त्रीसँग शिक्षा मन्त्रीको आग्रह–‘मेडिकल कलेजले निर्णय कार्यान्वयन गरेनन्, थप एक्सन लिनुप¥यो’

ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँडबीच आन्दोलित एमबीबीएस विद्यार्थीको विषयमा छलफल भएको छ । बुधबार साँझ दुई मन्त्री बीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क लिने शिक्षण संस्थाहरुमाथि कारबाही अघि बढाउने विषयमा छलफल भएको हो । पुस ३० गते राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच भएएको निर्णय कार्यान्वयन नभएपछि कानुनी कारबाही अघि बढाउने विषयमा छलफल भएको छ । शिक्षामन्त्रालय विद्यार्थीको पक्षमा रहेको भन्दै आन्दोलित विद्यार्थीको समस्या समाधान गर्न गृहमन्त्रालयले आवश्यक सहजीकरण गरिदिन मन्त्री पौडेलले आग्रह गर्नुभयो । ‘पटक पटक विद्यार्थीको गुनासो सुन्न मेडिकल कलेजमा पुगेको छु’ शिक्षामन्त्री पौडेलले भन्नुभयो, ‘केही दिनअघि गरेको निर्णय कार...

शिक्षक अस्पतालका लागि जग्गा ः समितिले बुझायो चितवन उपयुत्त हुने प्रतिवेदन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
माघ ५ गते, काठमाडौं । शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुत्त स्थान हुने भनेको छ । समितिले भरतपुर महानगरपालिका–१५, भगवानपुर, भक्तपुरको सुर्यविनायक नगरपालिका–८ जागती, सुर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङ्गमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । समितिले भरतपुर महानगरपालिका–१५ भगवानपुर कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख छ । समितिका संयोजक डा. विमल शर्मा चालिसेका अनुसार देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहे...