सम्पर्क

Author: लोकप्रिय समाचार

ईन्द्रावतीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता तालिम

ब्रेकिङ न्युज २, समाचार
ईन्द्रावती गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सृदृढीकरण आयोजना तथा अनलाईन प्रणली सम्बन्धी तिनदिने तालिम सोमबारबाट सुरु भएको छ । ईन्द्रावती गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सेवा ईकाई केन्द्रको आयोजनामा भएको तालिमको उद्धघाटन गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले गर्नुभएको थियो । तालिममा गाउँपालिकामा रहेका १२ वटै वडाका सचिव र सामाजिक परिचालकहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण गाउँपालिकाको सुचना अधिकारी मनोज दँगाल , एम.आई.एस. अपरेटर सुमन राई लगायतले गरिरहनुभएको छ ।...

याद

साहित्य
साहित्य प्रेमी ( निर्मला पुरी) जब भाबको द्वार खुल्छ यो मनले आफैलाई भुल्छ । छरिएर रहेका, शून्यतामा शिथिल भएका, यादहरु जगमगाउँछन् अन्धवेग बनी मस्तिष्कमा आउँछन् ।। किताबको पानहरु झैँ बिरहका गानाहरु झैँ, म क्षितिजलाई हेर्छु ऊ मलाई नियाल्दै हेर्छ कालो बादल मडारिए झैँ, मडारिदै नयन बाट बर्षात हुन्छ अर्धचेतन मनको धरातलमा नाच्न थाल्छ कुनै गीत बनेर मिठो संगीतको धुन भनेर, बिर्सन्छु भन्दै सम्झिनु लहरा झै यी यादहरुमा अल्झिनु, दर्दनाक घाउ झैँ बेलाबेला बल्झिनु धड्कन तिव्र वेगमा चल्ने, आगोलागे झै भित्रभित्रै जल्ने सम्झनाका छालहरुले कस्तो अचेत गराउँने, फेरि चेतन मनको धरातलमा बिस्तारै हराउने ! पुतली प्रज्लित दिप सामु नाचेझैँ मरिसकेको लासलाई डाक्टरले जाचेझैँ, यी यादहरुले मलाई जाँचिरन्छन् आँखै सामु आएर नाचिरहन्छन् सोधिरहन्छन् जिउँदै छस् भनेर आइरहेछन् केवल याद बनेर !! ( उदय...

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढिसक्योः मन्त्री चौधरी

ब्रेकिङ न्युज १, समाचार
रासस खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाइसकिएको बताउनुभएको छ । मन्त्री चौधरीले काठमाडौँमा मेलम्चीको पानी ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरिसकिएको बताउनुभयो । निर्माण कम्पनी अहिले निर्माणस्थलमा पुगेर काम गर्न थालिसकेको उहाँले बताउनुभयो । आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बाढी पहिराका कारण पहुँचमार्गसम्म पूर्णरूपमा क्षतिग्रस्त भएको उहाँले बताउनुभयो । सरकारले साउन ११ गते सिन्धुपाल्चोक जिल्लालाई असोज मसान्त लागू हुनेगरी विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेकाले तत्कालीन समयमा केही गर्न सकिने अवस्था थिएन । आयोजनाको स्थलगत अवस्था, कानुनी तथा प्राविधिक रायसल्लाह तथा निर्माण कम्पनीसँगको वार्ता तथा प्रक्रियाका कारण निर्णयमा केही ढिलाई भएको मन्त्री चौधरीको भनाइ छ । ‘अहिले काम अघि बढेकाले उच्च प्राथमिकताका साथ कार्यान्वयन ग...

पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक

ब्रेकिङ न्युज २, समाचार
प्रेस काउन्सील नेपालले आ. व. २०७५÷०७६ र २०७६÷०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । ABC-2075-076-final-Result-_सार्बजनिक नतिजामा सिन्धुपाल्चोक जिल्लाबाट प्रकाशीत हुने लोकप्रिय समाचार दैनिक राष्टीय दैनिक ख मा परेको छ । सिन्धुपाल्चोकबाट प्रकाशीत पत्रपत्रीका मध्य राष्ट्र्ीय स्तरमा एक मात्र लोकप्रिय समाचार दैनिक रहेको छ ।ABC-Result-076-077-Final-Result_ प्रेस काउन्सलिका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले । प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आ.व. २०७५÷०७६ र २०७६÷०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको प्रेसकाउन्सील नेपालका सुचना अधिकारी रामशरण बोहोराले जानकारी दिनु भएको छ । यो नतिजामा चित्त नबुझ्ने पत्रीकाका प्रकाशन गृहहरुले प्रेस काउन्सीलमा पुनरवालोकन गर्नका लागी...

ढाका बुन्ने तालिम लिएर व्यवसायिक बन्ने धुनमा महिलाहरु

बिजनेस, ब्रेकिङ न्युज १
पाँचपोखरी थाङपाल गाउँपालिकाको महिलाहरु ढाका बुन्ने तालिम लिएर व्यवसायिक बन्ने धुनमा लागेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकाको आर्थिक सहयोगमा महिला सञ्जालले त्यस्तो अवसर जुटाई दिएको हो । व्यावसायिक ढाका बुनाइ सीप विकास तालीमको सञ्चालन भएपछि गाउँपालिकाका १२ जना महिलाहरु व्यावसायिक रूपमा ढाका बुनेर स्वरोजगार बन्ने योजनामा रहेका छन् । तालिमको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष टाशी लामा ह्योल्मोले गाउँपालिकाले महिलाहरुलाई आयआर्जन गर्ने कार्यमा निरन्तरता दिदै आएको र तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई आफूले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतार्न समेत आग्रह गर्नुभयो । तालिम उद्धघाटन सत्रमा लघु उद्यमी सँघ सिन्धुपाल्चोकको उपाध्यक्ष दोकदोक तामाङ, कार्यपालिका सदस्य गँगा गुरुङ, महिला सञ्जालको सिता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।...

लिसंखुपाखरका किसानहरुलाई हाते ट्याक्टर वितरण

ब्रेकिङ न्युज २, समाचार
लिसंखु पाखर गाउँपालिकाको किसानहरुलाई ६३ वटा हाते (ट्याक्टर) वितरण गरिएको छ । गाउँपालिकाको अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको संयोजन गाउँ पालिका कृषि शाखाले गरेको थियो । गाउँपालिका अध्यक्ष नेपालका अनुसार २७ लाख रुपैयाँको े ट्याक्टर वितरण गरिएको हो । ट्याक्टरमा पालिका अनुदान ७०% र समूह , सहकारी र ब्यक्तिगत रुपमा किसानहरुलाई ३०% सहभागिता गराईएको थियो । किसानहरुको मागको आधरमा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष नेपालले जानकारी दिनुभयो । यसैगरी गाउँपालिकाले फलफुलको विरुवाहरु माटो परिक्षण गरेर वितरण गर्दै आईरहेको थियो छ । किसान हरुलाई विविध खाले कृषि अनुदानहरु समेत प्रदान गर्दै आएको छ । स्थानीय सरकार आएपछि किसानहरुलाई राहात मिलेको कृषक भक्तलाल श्रेष्ठ वताउनुहुन्छ । ट्याक्टर वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हेमगंगा मोक्तान, प्रमुख प्रशासकिय अधिकृत पुर्ण प...

खानेपानी मन्त्री चौधरीद्धारा बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको निरिक्षण

ब्रेकिङ न्युज १, समाचार
खानेपानी मन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनःस्थापना गरि आगामी चैत मसान्तभित्र काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने गरि कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभएको छ । शुक्रबार आयोजनास्थलको स्थलगत निरीक्षण गर्न मेलम्ची आईपुग्नुभएका मन्त्री चौधरीले चिनीयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारीलाई आमनागरिकको चासोको विषयसमेत रहेको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स र आयोजनाका अन्य भौतिक संरचना ठेक्का सम्झौताअनुसार निर्धारित मितिमै द्रुतगतिमा पूरा गर्न निर्देशन दिनुभयो । परीक्षणको रुपमा सो आयोजनाबाट काठमाडौँ उपत्यकामा पानी आपूर्ति गरिएकामा गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीपहिरोले गम्भीर क्षति पुर्याएपछि आयोजनाको पुनःनिर्माण गरि पानी पठान्तरणको काम गर्न सरकारले स...

हेलम्बुमा विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता कांग्रेस प्रवेश

ब्रेकिङ न्युज १, राजनिती
हेलम्बु गाउँपालिकामा नेकपा एमाले ,माओवादी र राप्रपाका सयौं नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबिच हेलम्बु गाउँपलिका वडा नं– २ किउल बस्तीका सयौं नेता कार्यकर्ता नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्दै हेलम्बु–२ का व्यवसायी एवं माओवादीका युवा नेता हरि रिमालले गरिबलाई भर्याङ बनाएर आफ्नो अभिष्ट पुरा गर्ने कम्युनिष्टको झुटको खेति बन्द गर्दै साच्चिकै जनताको भावना बुझ्ने पार्टी नेपाली कांग्रेस भएको बताउनुभयो । उहाँले बिकासवादी पार्टि नेपाली कांग्रेसको चारतारे झण्डामुनी गोलबद्द हुन सम्पुर्ण हेलम्बुबासीलाई आव्हान समेत गर्नुभयो । बिकास लगायत जनताको हरेक दःुखसुखमा साथ दिने एकमात्र पार्टी नेपाली कांग्रेस भएको भन्दै हेलम्बुमा पार्टी प्रवेशको लहरै चलेको पुर्व क्षेत्रिय सचिव रमेश भण्डारीले बताउनुभयो । उहाँका अनुसार यसअघी पनी यो ...

कोरोना रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्धारा विज्ञप्ती जारी

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत बढ्दै गई सिन्धुपाल्चोक जिल्लामा समेत संक्रमण दर तीब्र रुपमा बढिरहेको हुँदा पाँच रुपैयाँमा मास्क बेच्न व्यापारीहरूलाई निर्देशन दिएको छ । कार्यालयले एक आदेश जारी गर्दै माघ १५ गते राती १२ बजेदेखि माघ २९ राती १२ बजेसम्मका लागि विज्ञप्ती जारी गरी विभिन्न निर्देशन दिएको हो । कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयहरू, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन कार्यविधि, २०७८, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७८ माघ १५ गते राती १२ बजे देखि मिति २०७८ माघ २९ गते राती १२ बजेसम्मका लागि लागू हुने गरी देहायको आदेश जारी ...

मेलम्ची खानेपानी मर्मत गर्न ३६ करोड विनियोजन , पुरानै कम्पनीलाई ठेक्का

ब्रेकिङ न्युज १, समाचार
सरकारले गत असार र साउन महिनामा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना मर्मत गर्न ३६ करोड बजेट विनियोजन गरेको छ । क्षतिग्रस्त आयोजना मर्मतका लागि तत्काल अर्थ मन्त्रालयबाट ३६ करोड निकासा गरेको खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल पानी ल्याउन यति बजेट निकासा गरेको हो । ‘आवश्यक परे थप बजेट निकासा गर्ने पनि मन्त्रालयसँग सहमति भएको छ’, उहाँले भन्नुभयो , ‘अहिलेलाई ३६ करोड रुपैयाँ मात्रै छुट्याइएको छ ।’ बाढीले खानेपानीको हेड वकर््समा क्षति पुगेको छ । त्यस्तै सुरुङको करिब २ सय मिटर डाइभर्सन माटोले पुरिएको छ । आयोजनामा बाढीका कारण १ अर्ब रूपैयाँभन्दा बढीको क्षति पुगेको आयोजनाको आकलन छ । आयोजनामा क्षति पुगेको ७ महिनापछि पुरानै कम्पनी चिनियाँ सिनो हाइड्रोलाई मर्मत गर्न ठेक्का दिइएको छ । नयाँ कम्पनीलाई ठेक्का दि...