सम्पर्क

Author: लोकप्रिय समाचार

कम्युनिष्टहरुसंगको सहकार्य तत्काल तोड्नु पर्दछ –के.स.भण्डारी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
दमौली ,२९ पुस ।दमौली ,२९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कम्युनिष्टहरुसंगको सहकार्य तत्काल तोड्नुपर्ने बताउँनुभएको छ। उँहाले कम्युनिष्टहरु संगको सहकार्यले काँग्रेसलाइ फाइदा नहुने बताउँदै काँग्रेसले काम गर्ने कम्युनिष्टहरु भाषण धेरै गर्ने भएकाले काँग्रेस एक्लै ले गरेको कामको जनताले मुल्याँकन पर्ने बताउँनुभयो । उँहाले कम्युनिष्टसंगको सहकार्य जति बढायो त्यति नै काग्रेसलाई घाँटा हुने हुँदा सहकार्य तत्काल तोड्नुपर्ने के।स।भण्डारीको जिकिर रहेको छ । कम्युनिष्टहरुलाई कांग्रेसले सधै विश्वास गर्दै आएको भएपनि कांग्रेसले गर्दै आएको विश्वास माथि घात गर्ने काम कम्युनिष्टहरुबाट हँुदै आएको के।स।भण्डारीको भनाइ रहेको छ । केन्द्रीय सदस्य भण्डारीले नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ को पदस्थापना कार्यक्रममा बोल्ने क्रममा यस्तो बताँउनुभएको हो । मुलुक तीन तहको निर्वाचनको पूर्व सन्ध्यामा...

व्यापारमा चीनको असहयोगः दैनिक दुई सय ट्रक आउने नाकाबाट अहिले मुस्किलले २० वटा मात्र आउँछन्

बिजनेस, ब्रेकिङ न्युज १
लामो समयदेखि चीनसँगका दुई नाका सहज रुपमा सञ्चालनमा नआएपछि व्यवसायी र स्थानीयले नाका पूर्णरुपमा सुचारु गर्न माग गरेका छन् । चीनले अघोषित नाकाबन्दी गरेको आरोप लगाउँदै उनीहरुले नाका सुचारु गर्न दबाब दिन बुधबार राजधानीमा प्रदर्शन गरे । कोभिड सुरु भएपछि बन्द भएका केरुङ र तातोपानी नाका केही खुले पनि पूर्ण रुपमा खुलेका छैनन् । दैनिक दुई सयदेखि साढे दुई सय ट्रक सामान आयात हुने यी नाकाबाट अहिले मुस्किलले दैनिक २० वटा गाडीमात्रै भित्रिन पाएका छन् । चीनसँगको केरुङबाट दैनिक नौ ट्रक र तातोपानी नाकाबाट ११ ट्रक सामान आयात भैरहेको भन्सार कार्यालयले जनाएका छन् । आयात हुने सामानमा पनि जलविद्युतका सामान, तरकारी, फलफूल, स्याउ, लसुनलगायतका सामग्रीले प्राथमिकता पाउँछन् । जाडोका लागि ल्याएका सामान अझै आइनपुगेको व्यवसायीको गुनासो छ । चिनियाँ पक्षले कडाइ गर्दै थोरै ट्रक छाडेकाले सामान लोड भएका सयौं ट्रक चीनतर्फ...

हेलम्बुका बाढी प्रभावितलाई २५ घर हस्तान्तरण

ब्रेकिङ न्युज २, समाचार
असार १ गते आएको बाढीका कारण हेलम्बुमा घर बगाएको २५ परिवारको लागी नयाँ घर हस्तान्तरण गरिएको छ । हेलम्बु गाउँपालिका – ४ मा आज एक कार्यक्रमका विच नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उक्त घरहरु हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमकै अवसर पारेर १२५ घरपरिवारलाई कृषस् औजार केटो, कोदालोको साथै वितरण गरिएको छ । स्विर्स यक्सन सँस्थाको सहयोगमा भोलुन्टर क्रप्स नेपालले बाढी पिडीतहरुका लागी उक्त घरहरु निर्माण गसरसदएको थियो । बाढी पछी लगत्तै हेलम्बु पुग्नुभएका बस्नेतले सो ठाउँमा घरहर बनाईदिने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । सोही अनुरुप विभिनन सँस्थाहरुसँग समन्वय गरेर उक्त घरहर निर्माण गर्न सफल भएको बस्नेतले बताउनुभयो । भोलुन्टर क्रप्स नेपालका अध्यक्ष दिपक चापागाईले बाढीपछी तहसनहस भएको हेलम्बुमा काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।...

निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

ब्रेकिङ न्युज २, समाचार
निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको छ । राष्ट्रिय सभा निर्वाचन तथा स्थानिय तहको निर्वाचनका विषयमा सहमति जुटाउन आयोगले सर्बदलिय बैठक आह्वान गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिनुभयो । उहाँका अनुसार सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने भएको छ । उहाँले भन्नुभयो । ‘दलहरुलाई तीनवटा विषयमा छलफल हुन्छ भनेर विषय तोकेर पठाएका छौं, स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुन्छ ।’ बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा गरिएको छ । आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे पनि बैठकमा छलफल हुन...

चौतारा साँगाचोकगढी नगरपालिकाको ११ औं नगर सभा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाको ११ औं नगर सभा आज सम्पन्न भएको छ । नगर प्रमुख एवम नगर सभाका अध्यक्ष अमान सीं तामाङले पानसमा दिप प्रज्वलित गरेर नगरसभाको उद्धघाटन गर्नुभएको थियो । उपप्रमुख जानुका पराजुलीबाट स्वागत मन्तव्य राख्ने क्रममा नगरपालिकाले चालु आर्थिक वर्ष को ०७७÷७८ को सम्पादित महत्वपूर्ण कार्यक्रमहरूको चर्चा गर्नुभएको थियो । नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत फडिन्द्रप्रसाद पौड्यालले नगरपालिकाले आर्थिक वर्ष ०७८÷०७९ को हालसम्म हाँसिल गरेका मुख्य –मुख्य उपलब्धीहरुको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले चालु आर्थिक वर्ष ०७८÷०७९ मा १ अर्व २० करोड ५५ लाख ९४ हजार दुई सय दुई रुपैयाँ ४८ पैसा विनियोजन भएकोमा ४२ करोड १० लाख ५९ हजार छ सय ७७ रुपैयाँ एक पैसा अर्थात् ३४.९ प्रतिशत मात्र खर्च भएको छ । पुँजिगत तर्फ ४७ करोड १५ लाख १९ हजार एक सय विनियोजन भएको मध्ये १३ करोड ४८ ...

एमाले सिन्धुपाल्चोकको उपाध्यक्षमा गिरीले उम्मेदवारी दिने

राजनिती
नेकपा एमाले सिन्धुपाल्चोकको नवौं अधिवेशनमा सुदनराज गिरी (वेपत्ता) ले उपाध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको छ । पार्टीको युथफोर्स जिल्ला प्रमुख, युवा सँघ जिल्ला कमिटी सह–सचिव, नेकपा एमाले साविक २ नम्बर क्षेत्रिय सह–सचिव र हाल जिल्ला कमिटी सदस्य भएर पार्टीमा गिरी निरन्तर क्रियाशिल हुनुहुन्छ । पार्टीलाई सँकट परेको बखत जतिखेर र जहिलेपनि पार्टी बचाउ अभियानमा आफू सक्रिय भएर लागेको बताउने गिरी उपाध्यक्ष निर्वाचित हुनेमा ढुक्कसमेत हुनुहुन्छ । उहाँले यसका लागी सबै एमालेमा आस्था राख्नेहरुलाई सहयोगका लागि अपिलसमेत गर्नुभएको छ ।...

आधुनिक हस्तकलाकामा रमाउँदै बरुवाका नागरिक

बिजनेस, ब्रेकिङ न्युज २
सागर खड्का    बरुवा आधुनिक हस्तकलाका सामान बनाउने तालिम पाएपछि सिन्धुपाल्चोक बरुवाका नागरिक खुशी भएका छन् । स्थानीय स्रोतसाधनबाट बन्ने परम्परागत हस्तकलाको सामान बनाउँदै आएका उनीहरूले आधुनिक सामान बनाउने तालिम लिएपछि श्रमको मूल्य पाएको महसुस गरेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल २ बरुवा डालेका स्थानीयबासीले निगालोबाट डोको, थुन्से लगाएत घरायसी प्रयोगमा आउने सरसामान बनाउँदै आएका थिए । लघुउद्यम विकास कार्यक्रम मार्फत उनीहरूले घडी, फोटो फ्रेम, प्रमाण पत्रको फ्रेम, चुरी राख्न प्रयोग हुने स्ट्याण्ड, भाडा राख्ने ¥याक, कप, बाँसका कुर्सि, शृङ्गारका सामान राख्ने भाँडो बनाउन सिकेका छन् । एक महिनासम्मको यो तालिमपछि घरमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेको स्थानीयबासी धने तामाङले बताउनुभयो । सदरमुकाम सिन्धुपाल्चोकबाट उत्तरपश्चिममा पर्ने बरुवा गाउँमा तामाङ समुदायको बाहुल्यता रहेको ...

प्रहरीद्धारा फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ७ वर्षदेखी फरार रहेका अपराधीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७१ कात्तिक २ गतेको फैसलाले एक वर्ष छ महिना कैद र एक लाख पचास हजार जरिवाना सजाँय भई फरार रहेका सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गा.वि.स.वडा नं.९ र हाल चौतारा साँगाचोकगढी न.पा.४ बस्ने वर्ष ५३ को वासु भन्ने प्रेम प्रसाद सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । फरार रहेको ७ वर्ष पछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज चौतारा साँगाचोकगढी न.पा.वडा नं.५ स्थित नवलपुर चोकबाट नियन्त्रणमा लिई सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले निज वासु भन्ने प्रेम प्रसाद सुवेदीलाई लागेको कैद जरिवाना असुल उपरका लागि आजै कारागार चलान गरेको पनि प्रनाउ वस्नेतले जानकारी दिनुभयो ।...

चौतारामा मनाईयो ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय एकताका प्रतीक नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस चौतारामा मनाईएको छ । नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहले वाईसे चौविसे राज्यलाई एकजुट गरेर नेपालको सिमाना पुर्वमा टिष्टा काकडा हुँदै पश्चिम किल्ला काकडा सम्म पुगाएकाले नेपाल राष्ट्रका निर्माता शाहको सम्झनामा राष्ट्रीय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकले पृथ्वी जन्म जयन्ती मनाएको हो । कार्यक्रममा सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा राप्रपाका केन्द्रीय सदस्य रामहरी थापाले बाइसे,चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका शाहले भौगोलिक रुपमा नेपाल एकीकरण गरेको बताउँदै उहाँलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको बताउनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य तथा विशेष अतिथी यस्मिन ढुँगानाले ईतिहासलाई अपमानित गर्ने होइन ईतिहाँसलाई गौरव ग...

पैदलयात्रीलाई ठक्कर दिई फरार रहेका टिपर चालक पक्राउ

ब्रेकिङ न्युज १, समाचार
काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका बा.२ ख ५१४५ नम्बरको टिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ–५ घर भएका ३६ वर्षीय दुर्गा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पदैलयात्री भक्तपुर व्यसी बस्ने कालिकोट पंचाल झरना गाउँपालिका–२ घर भएका २२ वर्षीय बिपिन बिकलाई टिपरले आइतबार राति ठक्कर दिँदा बिपिनको मृत्यु भएको थियो । घटनापछी चालक टिपर सहित फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पेप्सीकोला खहरेमा लुकाई राखेको उक्त टिपर सहित श्रेष्ठलाई सैनिक प्रहरीको सहयोगबाट प्रकाउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।...