सम्पर्क

Author: लोकप्रिय समाचार

इन्द्रावती भिमटारमा यात्रुवाहक बस दुर्घटना

ब्रेकिङ न्युज २, समाचार
काठमाडौंबाट सिपाबडहरे जाँदै गरेको यात्रुवाहक बस ईन्द्रावती गाउँपालिका १२ भिमटारमा दुर्घटना भएको छ । काठमाडौंबाट सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका सिपाबडहरे जान छुटेको गरेको बा २ख ६५८८ नम्बरको हेलम्बु यातायातको यात्रुवाहक बस इन्द्रावती गाँउपालिका १ २ नम्बर वडाको इन्द्रावती वगरमा दुर्घटना भएको हो र दुर्घटनामा परी १२ जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभययो । यात्रुवाहक बस घुम्ति बाटोमा बालुवामा चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको समेत बस्नेतले जानकारी दिनुभयो । घाइतेहरु ३ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको र अन्यको बोडगाउँ मेडिकल सेन्टर, इन्द्रावती ११ मा उपचार भइरहेको स्थानिय शिक्षक प्रताव तामाङले जानकारी दिनुभयो ।...

नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन फागुन २६ मा उम्मेदवारी दर्ता, २७ गते मतदान

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक नेपाली काँग्रेसको जिल्ला अधिवेशन यहि फागुन २६ गते उम्मेदवारी दर्ता र २७ गते मतदान हुने निर्णय भएको छ । २६ गते उम्मेदवारी दर्ता संगै अन्तिम नामावली प्रकाशित हुने र २७ गते मतदान हुने जिल्ला सह–सचिब अनुप न्यौपानेले जनाएको हो । आज नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको काँग्रेस सिन्धुपाल्चोक शिर्ष नेताहरुको बैठकबाट सो निर्णय गर्नुभएको हो । बैठकमा नेता बस्नेत, जिल्ला सभापति बिकाश लामा, बागमती प्रदेश सह–महामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सह–सचिब अनुप न्यौपाने, इन्द्रावती गाउँ पालिका अध्यक्ष बंशलाल लामा, क्षेत्र नं. २ का सचिब केशव श्रेष्ठ, प्रदेश प्रतिनिधि रामेश्वर आचार्य र नेविसंघ क्षेत्र नं. २ का अध्यक्ष दिपेश राज खनाल उपस्थित रहनुभएको थियो । बैठक निर्वाचन अधिकृत देवबहादुर महतको समन्वयमा भएको थियो । काँग्रेस सिन्धुपाल्चोकको शिर्ष नेताहरुको बैठ...

बलेफीमा सीप बिकाश तालिम तिव्र रुपमा अघि बढदै

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सहयोगमा वार्ड नम्बर ४ र ८ मा सीप बिकाश तालिमहरु तिब्र रुपमा अघि बढदै गएको छ । बलेफी गाउँपालिकाको उपप्रमुख कमला श्रेष्ठ कायस्थको भनाइ अनुसार बलेफी गाउँपालिकाभित्र बसोबास गर्ने महिलाहरुको आयआर्जन र घरमै बसेर रोजगार गर्न सक्ने गरी सिलाइकटाई, गलैंचा बुन्ने तालिमहरु सन्चलन गर्दै आएको छ । तालिमपश्चात् गलैंचा बुन्ने तान र सिलाइ सम्बन्धी मेसिनहरु बितरण गरिएको छ । उद्यमशील तालिमहरु सन्चालन भैरहेको सो सीप सिकेर सम्पुर्ण महिला दिदीबहिनीहरु आत्मानिर्भर स्वरोजगार बन्नसक्ने उद्देश्यका साथ यो योजना उपप्रमुखकै पहलमा सन्चालन भैरहेको कुरा बताउनु भएको छ । जनताको साथमै रहेर जनताको सुखदुखमा जनताको हरेक समस्यमा जनप्रतिनिधिको हैसियतमा रहदाको अवस्थामा होस या जनप्रतिनिधिको हैसियतमा नरहदाको अबस्थामा होस सदैब जनतालाइ परेको समस्यमा पहल गर्दै जाने कुरा बताउनुभएको छ । बलेफी गाउँपालिका...

अपाँगता भएकाहरुलाई जिविकोपार्जनका लागी बाख्रा वितरण

बिजनेस, ब्रेकिङ न्युज १
चौतारा साँगाचोकगढी नगरपालिकामा अपाँगता भएकाहरुलाई जिविकोपार्जनका लागी वाख्रा वितरण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र नगर अपाँग समन्वय समितिको आयोजनामा एक कार्यक्रमका विच वडा नम्बर ४, ५ , ८, १० र १३ मा अपाँगता भएका ३६ जनालाई वाख्रा वितरण गरिएको नगर अपाँग समन्वय समितिको अध्यक्ष शुशिला श्रेष्ठले जानकारी दिनुभयो । अपाँगता भएकाहरुलाई आयआर्जनमा लागि आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको श्रेष्ठले बताउनुभयो । नगरपालिका भित्रका ५४ अपाँगता भएकाहरुलाई वाख्रा वितरण गर्ने लक्ष्य भएको र हालसम्म ४३ जनालाई वितरण गरिसकेको छ । बाख्रा वितरण ४ र ५ को वडा अध्यक्ष नरमान श्रेष्ठले ,वडा नम्बर ८ को वडा सचिव सिम्रन नेपालले , वडा नम्बर १३ मा वडा अध्यक्ष रामप्रसाद गौतमले र वडा नम्बर १० मा वडा सदस्य कृष्ण तामाङ गर्नुभएको थियो । वडा नम्बर १३ का वडाअध्यक्ष रामप्रसाद गौतमले किसानहरु समृद्धि भए म...

मेलम्ची बाढीको प्रतिवेदन तयार हुँदै, हिउँ पग्लिएर पनि माटो बग्ने खतरा छ — विज्ञ

ब्रेकिङ न्युज १, समाचार
गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा पुर्याएको क्षति र त्यहाँको भौगर्भिक अध्ययन गर्न गएको एडिविको टोलीले त्यहाँको अध्ययन गर्न एक महिना अघि टोली भ्रेमाथाङ गएको थियो । उक्त टोलीले त्यहाँको भौगर्भिक अध्ययन गरेर फर्किएको थियो । मेलम्ची खानेपाननी आयोजनाले भने यहि चैत्र अन्तिम साता सम्म मेलम्ची नदीको पानी काठमाडौँ ल्याउने भन्दै नदीको मुहानमा सरसफाइ गरिरहेको छ । अध्ययन गर्न गएको टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक नहुँदै र मेलम्चीको शिरमा पुन पहिरो जाने नजाने वा कुन रुपमा कस्तो पहिरो जान सक्छ भन्ने कुनै वैज्ञानिक आधार बिनानै मेलम्ची खानेपानी क्षेत्रको मुहान सफाई गर्दा सो क्षेत्रमा फेरि बढी नआउला भन्ने कुनै आधार नभएको भूगर्भविदको भनाइ छ । अध्ययन टोलीले बाढीले बगाएको माटोको थिकनेस,अहिले रहेको माटोको अवस्था र भित्रको चट्टानको बारेका अध्ययन गरेर फर्किएको थियो । अहिले उक्त टोलीले स...

थाङपालकोट कृषी सहकारी सँस्था पाँचौ वर्षमा

बिजनेस, ब्रेकिङ न्युज २
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ४,थाङपालकोटमा रहेको थाङपालकोट कृषि सहकारी संस्था लि.को पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीकर्मि एबम समाजसेवी निर्मल बन्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भएको साधारणसभा गाउंपालिका अध्यक्ष टासि लामाले पठाउनु भएको शुभकामना मन्तव्य बाचन गरिएको थियो । सो साधारणसभामा आफ्नो शुभकामना मन्तब्य राख्नु हुंदै प्रमुख अतिथि बन्जाराले सहकारी क्षेत्र अर्थतन्त्रको तीन खम्बे निति अन्तर्गत रहेको एउटा खम्बा रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र भएकोले सबै नेपाली कुनै न कुनै एक सहकारीको सदस्य बनेर राज्यको अर्थतन्त्रमा योगदान दिंदै आफ्नो आर्थिक हैसियत उठाउनु पर्नेमा जोड दिनुभयो । करिब २०० जना सदस्य रहेको सो संस्थाको बार्षिक कारोबार ९५लाख ५५ हजार ५ सय ७५ रुपैंया रहेको छ । संस्थाका अध्यक्ष टेकलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न ...

लामोसाँघुमा पालेको ब्रोईलर कुखुरामा बर्डफ्लु पुष्टि

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका –८ स्थित लामोसाँघुमा स्थानीय किसानले पालेका ब्रोईलर कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । बलेफी गाउँपालिका पशु सेवा प्राविधिक दिपेन्द्र दंगालका अनुसार एक किसानले पालेको चार हजार कुखुरामा २५ सय कुखुरा धमाधम मरेपछि फागुन १० गते स्याम्पल त्रिपुरेश्वर स्थित ल्याव लगिएको थियो । बर्डफ्लु पुष्टि भएसँगै शुक्रबार उक्त फार्मलाई शिल गरिएको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको दंगालको जानकारी दिनुभयो । बलेफी गाउँपालिका उपाध्यक्ष कमला कायस्थले बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन’ छर्ने काम भइरहेको बताउँदै किसानलाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।...

सुशासनका लागि सुदृढ निर्वाचन प्रणाली विषयक अन्तर्क्रिया

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा सुशासनका लागि सुदृढ निर्वाचन प्रणाली विषयक अन्तर्क्रिया कार्यक्रम गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सामुदायिक सारथिको सहयोग र गैर सरकारी सँस्था महासँघ सिन्धुपाल्चोकको आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा सहभागि हुनुभएका अधिकाँशले नो भोट सहितको पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो । गैर सरकारी सँस्था महासँघ सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द सापकोटाको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर अमानसीं तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेत, गैर सरकारी सँस्था महासँघका केन्द्रीय उपमहासचिव राजेन्द्र शर्मा, जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधी विदुर रायमाझी, नेकपा एमालेका जिल्ला सचिव रामचन्द्र ब...

अरनिको राजमार्गको साँगा क्षेत्र अवरुद्ध

ब्रेकिङ न्युज १, समाचार
अरनिको राजमार्ग अन्तर्गत साँगा खण्ड अवरुद्ध भएको छ । बुधबार राति साँगामा सवारीले ठक्कर दिँदा बनेपा नगरपालिका–१४ का ३२ वर्षीय विशाल तामाङको मृत्यु भएपछि उहाँका आफन्तले साँगा खण्ड अवरुद्ध गरेका हुन् । सवारी साधनको ठक्करबाट तामाङको मृत्यु भएको बताइए पनि ठक्कर दिने सवारी साधन भने पत्ता लागेको छैन । मृतकका आफन्तले दोषीलाई कारवाही र क्षतिपुर्तिको माग राख्दै राजमार्ग अवरुद्ध गरेका हुन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले ठक्कर दिने सवारी साधनको खोजी भइरहेको बताउनुभयो । मृतकका आफन्तले अरनिको राजमार्ग साँगामा सडक अवरुद्ध गरेपछि तराई तथा पूर्वी जिल्लाबाट उपत्यका प्रवेश गर्ने यात्रु तथा उपत्यकाबाट बाहिरने यात्रु गन्तव्यमा पुग्न सकेका छैनन् ।...

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि थप

बिजनेस, ब्रेकिङ न्युज २
बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समयावधि थप थप भएको छ । कम्पनीको आईपीओमा आवेदन दिने छिटो अवधि आज (बिहीवार) सम्म रहेपनि आईपीओमा पूर्ण आवेदन नपरेको हुनाले फागुन १९ गतेसम्म विक्री हुनेछ । कम्पनीको आईपीओमा बुधवार बिहान १० बजेसम्म ५ लाख ५० हजार २३० कित्ताका लागि आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार उक्त अवधिसम्म २ हजार ९२२ जनाले रू. ५ करोड ५० लाख बराबरको आवेदन दिएका हुन् । कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल वडा नं २,३,४ का स्थायिनलाई छुट्याएको छ भने बाँकी रहेको ७ लाख ३१ हजार १८८ कित्ता शेयर आयोजनाका १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाृँउपालिकाक...