सूर्यज्योति अब अझ बृहत, अझ सबल र अझ बिशाल
काठमाडौं,सोमबार ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेस्वर स्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य समुद्घाटन गरेको छ ।
सूर्र्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । असार १२ ,२०७९ मा प्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतिका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको हो ।
मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी रु ४.५४अर्ब पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजीमा तेश्रो ठूलो बीमा कम्पनी बन्न सफल भएको छ । एकीकृत कारोबार पश्चात सूर्यज्योतिको जीवन बीमाकोष रु २२ अर्ब, लगानी रु २८ अर्ब र कुल शाखा संख्या १८१ पुगेको छ भने कुल कर्मचारीको संख्या ६७५ पुगेको छ ।
एक उज्जवल सुरुवात भन्ने नाराका साथ नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रमा अझ बृहत,अझ सवल र अझ...
