सम्पर्क

Author: लोकप्रिय समाचार

विश्व समावेशी साहसी संस्थाद्धारा पाँच विद्यालयमा ५० थान कम्प्युटर वितरण

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको विभिन्न ५ विद्यालयमा विश्व समावेशी साहसी संस्थाद्धारा ५० थान कम्प्युटर वितरण गरिएको छ । संस्थाले सञ्चालन गरिरहेको फिमेल लिडरसिप एकेडेमी ट्रेनिङका प्रशिक्षार्थीले प्रयोग गर्ने र विद्यालयकै स्वामित्वमा रहनेगरि ती कम्प्युटर हस्तान्तरण गरिएको हो । संस्थाको कार्यक्रम संयोजक गौरी मालाकारका अनुसार तालिम सञ्चालन भईरहेको श्री कृष्ण रत्नगंगा मावि चौतारा, श्री रत्नराज्य मावि जुगल, श्री क्षेत्र पालेश्वरी मावि पाँचपोखरी थाङ्पाल, ईन्द्रेश्वरी मावि मेलम्ची र जालपा देवि मावि बाहुनेपाटीमा १०÷१० थान कम्प्युटर हस्तान्तरण गरिएको हो । तालिममा २०० भन्दा धेरै सहभागी रहेको समेत मालाकारले जानकारी दिनुभयो । कृष्ण रत्नगंगा माविमा कम्प्युटर हस्तान्तरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाकि उपप्रमख सीता थापाले प्राइभेट पब्लिक पार्टनरसिप (पिपिपि) मोडलमा काम गरेर युवा तथा महिलालाई नेतृत्व विकास, उद्यमशीलत...

निर्वाचनमा अन्तरघात गर्नेलाइ कारवाही गर्दै दोलखा काँग्रेस

राजनिती, समाचार
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको भन्दै नेपाली काँग्रेस दोलखा कार्यसमितिद्धारा कारवाही गर्ने भएको छ । दोलखा जिल्ला सभापती वर्मा लामाले सोमबार एक विज्ञप्ति निकाल्दै यस्तो जनाउनु भएको को हो ।  लामा द्धारा जारी विज्ञप्तिमा उम्मेदवार र पार्टीको नीति निर्देशन नमानी प्रत्येक्ष वा परोक्ष असहयोग गरेको, अन्तरघात गरेको लगाएतको नेता तथा कार्यकर्ताहरुको नामावली केन्द्रिय अनुसासन समितिमा कार्वाहिको लागी लेखि पठाउन निर्देशन भएको पत्रअनुसार नेपाली काँग्रेस दोलखाको कार्य सम्पादन समितिको मिति २०७९ मंसिर २० गतेको वैठकको निर्णय तथा मिति २०७९ पौष १० गते वसेको वृहत समिक्षा वैठकले छानविन गरि अन्तरघातीहरुको नाम सार्वजानिक गर्ने, नेपाली काँग्रेस दोलखाको गतिविधिमा त्यस्तो व्यक्तिहरुलाई संलग्न नगराउने कार्वाहिको लागि केन्द्रमा नाम सिफारिस गर्ने वा माफि मिना...

पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

ब्रेकिङ न्युज १, समाचार
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै । खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ ।“घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ”,उहाँले भन्नुभयो“धुलोले नानी वावुहरुका आँखा रसाउछनु, छाति दुख्ने समस्या हुन्छ ।” घोराही–तुलसीपुर चारलेन निर्माण जारी रहँदा सो क्षेत्रमा धुलोले समस्या बनाएको छ । सोही ठाउँकै मुना पोख्रेललाई पनि त्यस्तै समस्याले सताउने गरेको छ । काम गर्ने क्रममा नाक मुखमा धुलो पस्ने, घर वरिपरि धुलै धुलो हुने, विहान सफा गरेको छत साँझमा धुलै धुलोले भरिने समस्या छ । शरिरमा धुलौधुलो, मुखमा हातले छुदा माटोनै निस्किने, माझेर राखेको भाडामा पनि माटै माटो हुने गरेको उहाँको दुखेसो छ ।“विहान बढा¥यो साँझ धुलो, मुखमा हातले छोयो माटो नै निस्किन्छ”,उहाँले भन्नुभयो “पाँच बर्ष भयो, यसरी सास्ती खेप्...

भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाँउपालिकामा भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ । बलेफि गाउँपालिकाको अध्यक्ष गंगा बहादुर तामाङको अध्यक्षतामा नापि बिभाग स्थलरुप नापि तथा भुउपयोग ब्यवस्थापन महाशाखाका प्रमुख नापि अधिकृत अजित कुँवरको नेतृत्वमा नापि अधिकृत लबज थापा, नापि अधिकृत टिना बैदार सहितको टोलिले प्रशिक्षण आइतबार पालिकाका जनप्रतिनीधीहरु तथा कर्मचारीहरुलाइ प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रममा गाउँपालिकाका पदाधिकारी वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । पालिकाका प्रमुख प्रशासकिय प्रमुख देविलाल सापकोटाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा भू–उपयोग ऐनमा भएको बुँदाहरुको कार्यन्वयन तथा हाल गरिने जग्गा बर्र्गीरणका बारेमा जानकारी दिईएको थियो । कार्यक्रममा नापि अधिकृत लवज थापाले भुउपयोग वर्गीकरणको आधारहरु, भुउपयोग ऐन लगाएतका बारेमा जानकारी द...

राष्ट्रपति रनिङ शिल्डको उपाधि इर्खु माविलाई

खेलकुद, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकमा ५ औं नगर स्तरिय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै इर्खु माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड हात पारेको छ । रनिङ शिल्ड प्रतियोगितामा १८ स्वर्ण, ८ रजत र १३ कास्य पदकसहित इर्खु माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड २०७९ को विजेता बन्न सफल भएको छ । त्यसैगरि एथ्लेटिक्स छात्र र छात्रा दुवै विधा र उसुतर्फ टिम च्याम्पियन बन्न सफल भएको छ । तिन दिनसम्म चलेको प्रतियोगितामा शुक्रबार नगर प्रमुख कृष्णप्रसाद सापकोटाले उद्धघाटन गर्नुभएको थियो । प्रतियोगितामा इर्खु माध्यमिक विद्यालयका योनेक्स दंगाल (उसु) अनमोल थापा (उसु) कोपिला तामाङ (उसु)सन्तोषी कार्की (उसु)अरुणा दंगाल (कराते) गौरव तामाङ (कराते) अन्जना तामाङ (४०० मिटर दौड) अन्जना तामाङ (८०० मिटर दौड)नबिना तामाङ (१५०० मिटर दौड)नबिना तामाङ (...

पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधी कागेश्वरी माविलाई

समाचार
पृथ्वीजंग पाण्डे / पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकामा भएको माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा कागेश्वरी माध्यमिक विद्यालय घोर्थलीले प्रथम स्थान हात पारेको छ । प्रतियोगितामा कालिका माबी टेकानपुरले दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ । प्रथम हुनेले नगद रु १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुनेले नगद रु १० हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । हाजिरीजवाफ प्रतियोथितामा गाउँपालिकामा रहेका गाउँपालिकाको शिक्षा शाखाको प्रमुख शालीकराम घिमिरेका प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको थियो । अहिले सबै वडाको माध्यमिक विद्यालयहरुलाइ प्लस टुमा निशुल्क अध्ययन अध्यापन गर्ने गराउने गरि अपग्रेड गरिएको छ । प्राइड अफ त्रिपूराको प्रायोजनमा भएको हाजिरीजवाफ प्रतियोगिताको आयोजना मंगलामाइ माध्यमिक विद्यालयले गरेको थियो ।...

पत्रकार तिमल्सिनाको फेसबुक ह्याकप्रति महासंघको गम्भीर ध्यानाकार्षण ः सजग रहन आग्रह

समाचार
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा सदस्य एवम् केन्द्रीय परिषद प्रतिनिधि ज्ञानेन्द्र तिमल्सिनाको सामाजिक सञ्जाल फेसबुक ह्याक गरिएको प्रति नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाले खेद प्रकट गरेको छ । पत्रकार तिमल्सिनाको आइतबार विहानबाट फेसबुक अकाउण्ट ह्याक भएको थियो । ह्याकपश्चात आफू ज्ञानेन्द्र तिमल्सिना भएको भन्दै मेसेजञ्जरमार्फत अन्य फेसबुक एकाउण्टमा जाडिएका तिमल्सिनाका साथीहरुसँग नगद रकम माग गर्ने बैंक तथा व्यक्तिगत अन्य विवरणको पासवर्ड, पीन कोड नम्बर लगायत डिजिटल डकुमेन्ट माग गर्ने गरेका थिए । महासंघ जिल्ला सचिव विदुर आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा सञ्चकर्मी तिमल्सिनाको फेसबुक अकाउण्ट ह्याक गरि मेसेञ्जरमार्फत नगद लगायत डिजिटल डकुमेन्ट माग गर्नु पुरापुर आपाराधिक गतिविधि भएको भन्दै सम्वन्धित निकायलाई तुरुन्त दोषिको पहिचान गरि कारबाही गर्न माग गरिएको छ । पछिल्लोपटक यस्ता डिजि...

स्थापना दिवसमा प्रेस चौतारीको प्रभातफेरी

ब्रेकिङ न्युज २, समाचार
पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा देशभर कार्यक्रम भएको छ । प्रेस चौतारी केन्द्र र जिल्ला शाखाहरुले विभिन्न कार्यक्रम गरि मनाएको हुन् । यसै अवसरमा प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले प्रभातफेरी तथा विचार गोष्ठी“ कार्यक्रम सम्पन्न गरेको छ । ”समृद्ध नेपाल यात्रामा सञ्चार कर्मको भूमिका“ विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर अर्यालले पार्टीलाई जनता समक्ष स्थापित गर्न प्रेस चौतारीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । स्थापना दिवसको शुभकामना दिनुहुँदै अर्यालले आगामी दिनमा चौतारीको भूमिका अझ फराकिलो हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । त्यस्तै मदन भण्डारी फाउन्डेसन सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण देउजाले नेकपा एमालेलाई सञ्चार क्षेत्रबाट चौतर्फी घेराबन्दीमा पारेको र त्यसको चिरफार चौतारीले गर्नुपर्ने बताउन...

मेलम्चीको पानि काठमाडांैमा नियमित प्रवाह हुने

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका —१ अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल निरीक्षणका लागि पुग्नु भएका खानेपानी मन्त्री अब्दुल खानले बाहै्र महिना मेलम्चीको पानी काठमाडौ बासिले खान पाउनेगरी काम अगाडी बढाउने बताउनुभएको छ । उहाँले शनिबार आयोजनाको निरिक्षण गर्दै आयोजना नियमित संचालनको लागि लाग्ने खर्च र प्राबिधिक कुरा बारे आबश्यक छलफल गरी फास्टट्रयाकमा काम गरीने समेत बताउनु भएको छ । मन्त्री खानले निरिक्षणको क्रममा बजेट बक्तव्य मार्फत भंग गरीएको मेलम्ची खानेपानी बिकास समितिमा देखिएकोे नितीगत समस्यालाई हल गर्दै कर्मचारीहरुको समस्यालाई पनि सम्बोधन गरीने बताउनुभएको छ । सोही क्रममा उहाँले स्थनीयबासिहरुबाट उठेका मागलाई समेत उच्च प्राथमिकतामा राखेर काम गरीने बताउनुभयो । २०७८ असार १ र साउन १७ गतेको मेलम्ची बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब दुई अर्बको क्षति पुगेको पूर्वानुमान गरिएक...

स्वास्थ्य नै जिवनको धन हो ः मन्त्री दुलाल

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत स्वास्थ्य नै जिवनको धन हो । मानिसले बिहान चाँडै उठेर केही समय ध्यान गर्ने र ब्यायाम गर्ने हो भने शरिर स्वस्थ र फुर्तीलो हुने बागमती प्रदेशका भौतिक तथा पुर्बधार बिकास मन्त्री युवराज दुलाल (शरद) ले बताउँनु भएको छ । उहाँले सिन्धुपाल्चोक जिल्लाको समाजसेवी राम बहादुर कार्की र श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्यनरत बिज्ञान बिषयमा उत्कृष्ट छात्रा गरिमा थापालाई सम्मान गर्दै यस्तो बताउँनु भएको हो । सो अवसरमा मन्त्री दुलालले शरिरलाई फुर्तीलो बनाउँनका लागी ध्यान, व्यायम अती महत्वपुर्ण रहेको शिक्षा आफुले पाएको र सोही अनुसार गर्दा आफु फुर्तीलो भएको बताउँदै माधवलाल कर्मचार्य र रामबहादुर कार्कीबाट सिकेका शिक्षावाट आफुलाई राम्रो भएको बताउँनु भयो । उहाले अरनिको होटलमा माधवलाल कर्मचार्य शैक्षिक छात्रवृत्ति कोषद्धारा गरिएको सम्मान कार्यक्रका सहभागीहरुलाई सम्बोधन ...