सम्पर्क

९५ बर्षीय न्यौपानेद्धारा प्रतिक्षालय उद्धघाटन

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं ६ कोठे पाखरदोभान सडक खण्डमा पर्ने बागखोरमा प्रतिक्षालय निर्माण भएको छ ।
शनिबार पाखरदोभान एकता समाजको समन्वयमा समाजका उपाध्यक्ष राजकुमार श्रेष्ठको संयोजत्वमा निर्माण गरिएको प्रतिक्षालयको ९५ बर्षीय रेणु कुमारी न्यौपानेले उद्धघाट गर्नुभएको छ ।
यस्ता प्रतिक्षालय लगायत कुनै पनी संरचनामा प्राय नेता तथा बिभिन्न संस्थाको प्रमुखहरुद्धारा उद्धघाटन गरिने गरिएकोमा पाखरदोभान एकता समाजले आफ्नै गाउँकी जेष्ठ नागरिकलाई प्रतिक्षालयको उद्धघान गर्न लगाएको पाखरदोभान एकता समाजको समन्वयमा समाजका उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
प्रतिक्षालय परिसरमा बिभिन्न किसिमका २ सय ५० विरुवा बृक्षारोपण समेत गरिएको थियो । १ लाख ४५ हजारमा निर्माण भएको प्रतिक्षालयको उद्धघाटन गर्न गाँउकै वृद्धआमालाई लगाउँन पाएकोमा खुशी व्यक्त गर्दै पाखरदोभान एकता समाजका अध्यक्ष भुपेन्द्र भण्डारीले प्रतिक्षालय निर्माण गर्न तन मनले सहयोग गर्नु हुने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका कार्यकारिणी सदस्य भेष बहादुर बस्नेत (राजेन्द्र) लाई विषेश धन्यवाद दिदै सबै सहयोगीहरुलाई हार्दिक धन्यवाद दिनु भएको छ ।
सो अवसरमा समाजका सदस्यद्वय शक्ति श्रेष्ठ र हरीशरण थापालाई २०७९ सालको माध्यमिक शिक्षा (SEE) उतिर्ण हुन सफल भएकोमा नगद सहित सम्मान गरिएको थियो ।