जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा बिहीबारबाट सुरु भएको नगरकप प्रतियोगिताको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले खेलाडीहरूको उत्साह मर्न नदिने र खेलाडीहरूको सशक्तताका लागि नगरले कुनै कञ्जुस्याँइ पनि नगर्ने बताउनुभयो । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरका ५४ जना खेलाडीले भाग लिएको नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेल्स डवल, लेडिज सिङ्गल र भट्रान्स डबल गरि तीन विधामा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा मेल्स डवलतर्फ प्रथम हुनेलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु ३० हजार, द्वितीय हुनेलाई ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु २० हजार र तृतीय हुनेलाई ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु ५ हजार पुरस्क...

