पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा
अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाउनु भएको हो ।
पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहनुभएका बजगाईले सोमबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर)को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गर्नुभएको हो । उहाँले गत वर्षका जन्म दिन र अवसरहरूमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्...
