सम्पर्क

Author: लोकप्रिय समाचार

दोलखामा स्वतन्त्र उम्मेदवार महेन्द्रको समर्थन अजयबाबु शिवाकोटीलाई

दोलखामा स्वतन्त्र उम्मेदवार महेन्द्रको समर्थन अजयबाबु शिवाकोटीलाई

कृषि, खानेपानी, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
दोलखा । जेन-जी पुस्ताका अगुवा तथा दोलखाबाट संघीय संसद्का स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि दोलखाबाट उम्मेदवार बनेका उनले नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी स्थगन गरेको घोषणा गरेका हुन् । आइतबार तामाकोशी–४, मालुस्थित गोलमेश्वर मन्दिरको प्राङ्गणमा आइतबार आयोजित एक कार्यक्रमबीच उनले उम्मेदवारी फिर्ताको घोषणा गरे । उक्त अवसरमा नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटी र कांग्रेस दोलखाका सभापति वर्मा लामाको समेत उपस्थिति रहेको थियो। मन्दिरको पवित्र प्राङ्गणमा उभिएर खड्काले अबको निर्वाचनमा शिवाकोटीलाई जिताउन आफू र आफ्नो समूह सक्रिय रहने प्रतिबद्धता जनाएका छन् । उम्मेदवारी फिर्ता लिँदै खड्काले जेन-जी पुस्ताका अगुवाहरूले अनुभवी र भिजन भएका व्यक्तिलाई समर्थन गर्दा मात्र समाजमा...
शेर बहादुर तामाङद्धारा ८४बर्षीयानेपालसँग आसिर्बाद

शेर बहादुर तामाङद्धारा ८४बर्षीयानेपालसँग आसिर्बाद

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेकपा एमालेका तर्फबाट उमेदवार बन्नु भएका शेर बहादुर तामाङले चौतारासाँगाचोकगढी नगरपालिका १४मा रहनु भएका ८४ बर्षको बृद्धआमा धनमाँया नेपालसँग आसिर्बाद थाप्न आउँनु भएको छ । आज धनमाँया नेपालको ८४बर्ष पुरा भएको अबशरमा ८४को पुजामा प्रसाद समेत लिएर घर दैलो गर्नु भयो । चुनाबि अभियान अन्तरगत चौतारासाँगाचोकगढी नगरपालिका १४मा कायृकर्ता भेटघाट गर्दे आउँन भएका तामाङले आफुलाइ १४ नं वडाका मानीसहरु आफ्नै दाजुभाइ सरह लागेको बताउँदै यँहाको सुख दुखका बारेमा आफुलाइ जानकारी भएको बताउँनु भयो । घर दैलो क्रमम अशक्त बिन्दा बोहारा सँग समेत आसीर्बाद लिन पुग्नु भएको थियो । घरदैलोको क्रममा उँहाले स्थानीय स्तरमा उत्पादीत सामाग्रहिरुको बजारीकरणका लागी सबै लागी पर्न पर्ने बताउँनु भएको सरोज बोहाराले जानकारी दिनु भयो ।...
नेपाली काग्रेसका बंशलाल तामाङ घरदैलो भेटघाटमा

नेपाली काग्रेसका बंशलाल तामाङ घरदैलो भेटघाटमा

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
 दिनेश भण्डारी, आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका बंशलाल तामाङ हाल घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ। उँहाले हेलम्बु, पाँचपोखरी मेलम्ची इन्द्रवाती र चौतारासाँगाचोक गढी नगरपालिकाका कार्यकर्ता भेटघाटमा ब्यस्त रहनु भएको छ । २ नै क्षेत्रका निर्बतमान सासद तथा पुर्ब मन्त्री मोहन बहादुर बस्नेत सहीतका नेता तथा कार्यकर्ताहरु सहीत भएको भेटघाटमा काँग्रेसलाइ दसौहजारका मतान्तरले जिताउँने उद्धघोष गरेर घरदैलो शुरु गर्नु भएका तामाङले जनताका गुनासो सुन्ने मात्र नभई समाधान र दिगो विकासका उपाय खोज्ने प्रतिबद्धताका साथ मैदानमा उत्रिएको बताउँदै घर दैलो गरीरहनु भएको छ । स्थानीय तहमा देखाएको कार्यसम्पादनकै आधारमा उहाँलाई फरक र भरोसायोग्य विकल्पका रूपमा हेरिएको नेपाली काँग्रेसका चौतारा साँगाचोकगढी नगरपालिका नगर ...

कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
पाटन (ललितपुर), २३ माघः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज यहाँ आयोजित निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई वर्षअगावै निर्वाचन हुन गइरहेकाले देशको हितमा समन्वय र सहकार्य गर्ने काम नेपाली कांग्रेसले गर्न सक्ने बताउनुभयो । “समाजलाई गाँस्न सक्ने समावेशी राजनीति बिपी कोइरालाले गर्नुभएको थियोे, गिरिजाप्रसाद कोइरालाले द्वन्द्वको निवारण गर्दै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियोे,” उहाँले भन्नुभयो, “कांग्रेस जिम्मेवार राजनीतिक दल भएकाले विगतमा भएको कमजोरी सुधार गर्दै गालीको राजनीति बन्द गरी बदलिएको परिवेशअनुसार समृद्धि र समुन्नतिको लक्ष्यमा अगाडि बढ्ने छ ।” उहाँले जेनजी आन्दोलनको अपेक्षालाई...
अपाङ्गता भएका तथा संकटासन्न व्यक्तिहरूको स्वास्थ्य पुनःस्थापनासम्बन्धी सामाजिक परीक्षण कार्यक्रम मेलम्चीमा

अपाङ्गता भएका तथा संकटासन्न व्यक्तिहरूको स्वास्थ्य पुनःस्थापनासम्बन्धी सामाजिक परीक्षण कार्यक्रम मेलम्चीमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
 अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिहरूको स्वास्थ्य पुनःस्थापना र आर्थिक–सामाजिक सेवामा पहुँच वृद्धि गर्ने उद्देश्यले सञ्चालित परियोजनाका क्रियाकलाप कार्यान्वयनमा अपनाइएको विधि र उपलब्धि सम्बन्धी सामाजिक परीक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अपाङ्गता तथा सीमान्तकृत समुदाय लक्षित कार्यक्रमहरूले वास्तविक रूपमा जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याइरहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता परियोजनाले सेवामा पहुँच नपुगेका नागरिकलाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उपप्रमुख उमा प्रधानले संस्थाले गरिरहेको कामले अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिहरूलाई आत्मनिर्भर बन्न अगाडि बढ्न ठोस टेवा पु¥याएको बताउनुभयो । नगरपालिकाले यस्ता मानवीय र परिणाममुखी कार्यमा सधैं साथ दिँदै आएको भन्दै आगामी...
व्यवहारिक सिकाइ र स्थानीय विकास जोड्ने पाँचपोखरी सिकाइ मेला–२०८२ सम्पन्न,

व्यवहारिक सिकाइ र स्थानीय विकास जोड्ने पाँचपोखरी सिकाइ मेला–२०८२ सम्पन्न,

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
देबराज सुबेदी, सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा “शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन ः समृद्ध पाँचपोखरीको मूलधन” भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचपोखरी सिकाइ मेला–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ ।पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना तथा श्री क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयको सह–आयोजनामा सम्पन्न मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष टासी लामाले गर्नुभएको हो ।उद्घाटन समारोहमा बोल्दै अध्यक्ष लामाले शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक, सीपमूलक र स्थानीय आवश्यकतासँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।“विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सके मात्रै शिक्षा सार्थक हुने भन्दै यस्ता सिकाइ मेलाले विद्यार्थीको सिर्जनशीलता उजागर गर्नुका साथै कृषि, स्वास्थ्य र पर्यटनजस्ता क्षेत्रसँग शिक्षा जोड्न मद्दत पु¥याउँने बताउनुभयो ।श्री क्षेत्रपालेश्वरी...
निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, २३ माघ : प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख सहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । यस्तै निर्वाचन आचारसंहिताको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । काउन्सिलको त्रिपुरासुन्दरी गाउँपालिका धादिङको सल्यानटारमा सम्पन्न १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यस वर्ष र आगामी वर्षसमेत प्राथमिकता दिई कार्यक्रम तय गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो । पत्रपत्रिका मूल्याङ्कनका लागि विज्ञको रोष्टर अद्यावधिक गर्ने एवं पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्डलाई पुनरावलोकन गरी वर्गीकरण प्रक्रियालाई यथार्थपरक, वस्तुनिष्ठ एवं समयानुकूल बनाउन आवश्यक कार्य गरिने काउन्सिलले जनाएको छ । यस्तै, काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई थप पारदर्शी प्रभावकारी बनाउन पुरस्कारसम्बन्धी कार्यविध...

पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिका वडा नम्बर ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३५औँ वार्षिक उत्सवको अवसरमा मेलम्ची नगरपालिका‚ हेलम्बु‚ इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता तेर्से मा. वि.को प्राङ्गणमा बिहिबार सुरु भएको छ । शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा चार वटा स्थानीय तहका १७ विद्यालयको सहभागिता रहेकोमा पहिलो दिन लिग चरणका खेलहरु सुरुभएको छ । आयोजक श्री तेर्से मा. वि. र बाल सुधार मा. वि. बिच भएको पहिलो खेलमा तेर्से मा. वि. ले जीत हासिल गरेको छ भने त्यसपछिका खेलहरुमा इचोक मा. वि. ले लागर्चे मा. वि. लाई जाल्पादेवी मा. वि. ले सर्वोदय मा.वि. लाई नवलपुर मा. वि. ले धौलेश्वरी आ. वि. लाई महेन्द्र मा.वि. ले बतासे मा.वि. लाई र चण्डीका मा. वि. ले भीमेश्वरी मा. वि.लाई पछि पार्दै जीत हासिल गरेका छन् । प्रतियोगिताको उद्घाटन मेलम्ची नगरपालिका वडा नं ६ का वडाध्यक्ष प्रे...
विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, २१ माघः विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबीचको छलफलपछि नेपाल राष्ट्रका लागि विसं २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो । वर्तमान र पूर्वपदाधिकारीसँगै धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र र ज्योतिष विभागका प्राध्यापक, नेवारी तथा विभिन्न समुदायका विज्ञ, प्रदेश सरकार एवं स्थानीय तहका प्रतिनिधि, विभिन्न ज्योतिषीय, पुरोहित, धार्मिक एवं सांस्कृतिक सङ्घ संस्थाका प्रतिनिधिबीच घनिभूत छलफल गरी पञ्चाङ्ग निर्माण गरिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो । छलफलपछि विसं २०८२ मा प्रकाशन भएका १८ वटा पात्रोलाई प्रकाशनको स्वीकृति दिने...
सुशीलाको ‘तिमीसँग’

सुशीलाको ‘तिमीसँग’

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, साहित्य
गिता अधिकारी    काठमाडौं । रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द रचना, शंकर थापा स्माइलको संगीत र राजेन्द्र वाइवाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा सागर दाहाल र स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । भिडियोमा गायक रामकृष्ण र गायिका सुशीलालाई पनि देख्न सकिन्छ ।सुदीप दाहालको पोष्ट प्रोडक्सन र सुशीलाकै निर्माण रहेको सार्वजनिक गीतको भिडियोमा उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन छ । गीतको शब्द रचना जति राम्रो छ भिडियो पनि त्यतिकै शसक्त बनेको छ ।प्रेमील यस गीतमा आफूले मन पराएको मान्छेसँग सधै साथ रहँदा मन रमाउने भाव व्यक्त गरिएको छ । शब्द रचना, स्वर, संगीत र उत्कृष्ट भिडियो छायांकन भएको यो गीत सार्वजनिक भएसँगै धेरै श्रोतारदर्शकले मन पराइरहेका छन् ।अमेरिकाको बोस्टन...