बाह्रखरी डिश होम कथा प्रतियोगिता ः नयाँ पुस्तासँगै जोडिँदै नेपाली साहित्य
काठमाडौं ।
पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ को निर्णायक समूहका संयोजक प्रा. डा. सावित्री कक्षपतिले नेपाली साहित्यलाई नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । उहाँले डिश होम बाह्रखरी कथा प्रतियोगिता नयाँ पुस्ताका कथाकारका लागि सुनौलो अवसर भएको बताउनुभयो । डा. कक्षपतिले विश्व साहित्यले अनुवाद गर्ने तहका कथा अब युवा पुस्ताले लेख्नुपर्नेमा जोड दिनुभयो ।
“यो प्रतियोगितामा आउने कथाले समाज रूपान्तरण गर्न सकून् । कतिपय कुरा औपचारिक रूपमा भन्न सकिँदैन, त्यस्ता कुरा साहित्यमार्फत विम्ब र प्रतीकको प्रयोग गरेर भन्न सकिन्छ,” बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० घोषणासभामा उहाँले भन्नुभयो, “चाहेर पनि औपचारिक रूपमा कतिपय विषय भन्न सकिएको छैन । त्यस्ता विषय यो प्रतियोगितामा कथामार्फत आउँछन् भन्ने मेरो विश्वास छ ।”
बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई नाटक, चलचित्र र टेल...
