सम्पर्क

Author: लोकप्रिय समाचार

अहिलेको व्यवस्थाको जग ‘जनयुद्ध’ नै हो : सञ्चारमन्त्री शर्मा

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १७ असोज : सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने बताउनुभयो ।“आज हामी जुन व्यवस्थामा छौँ, त्यो व्यवस्थाको जग जनयुद्ध नै हो”, उहाँले भन्नुभयो, “यदि जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुदैनथ्यौँ ।” प्रवक्ता शर्माले जनयुद्धका विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका विचारसँग सरकारको सहमति नरहेको बताउनुभयो ।प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा अध्यक्ष ओलीले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिइएको विषयलाई लिएर सरकारको आलोचना गर्नुभएको थियो ...

मेलम्चीभोटेचौर स्वास्थ्य केन्द्रमा प्रसूति सेवा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर–१ स्थित शहरी स्वास्थ्य केन्द्र भोटेचौरमा प्रसूति सेवा सञ्चालनमा आएपछी स्थानीय हरुमा खुशी छाएको छ । मेलम्ची नगरपालिकाको हरेक गाँउमा स्वास्थ्य सेवा पुर्याउँने लक्ष्य अनुसार वडा नं १ को शहरी स्वास्थ्य केन्द्रमा बुधबारदेखि प्रसूति केन्द्र सञ्चालन गरिएकोवडा नम्बर १का वडा अध्यक्ष कृष्णमुरारी चौलागाईले बताउानु भयो । उँहाले स्थानीय महिलालाई वडास्तरमै सहजरुपमा प्रसूति सेवा दिने उद्देश्यसहित प्रसूति केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । उँहाका अनुसार सुत्केरी भएपछि आवश्यक जाँचको व्यवस्थासमेत गरिएको छ । प्रसूति केन्द्रबाट भोटेचौर १ र२ का महिला लाभान्वित हुनेछन्। प्रसूति सेवा सुरुभएसँगै अब अन्यत्र प्रसुती गराउँन एम्बुलेन्स तथा भाडाका सवारी सधन को व्यवस्था गरेर अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।...

 मेलम्चीमा बजार अनुगमन गुणस्तर हिन सामाग्री नष्ट

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
दसैं तिहार जस्ता चाडबाड नजिकिएसँगै बजारमा म्याद गुज्रिएका सामाग्री हुनसक्ने, अस्वभाविक मूल्यवृदि हुनसक्ने जस्ता सम्भावना मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजार अनुगमनलाइ तीब्र बनाएको छ । नगरको विभिन्न वडामा अनुगमन गरिरहेको नगरपालिकाले बुधवार मेलम्ची बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, सुरक्षा निकायका प्रमुख, वडाअध्यक्षहरू अमृत खनाल र चन्द्रबहादुर तामाङ, उधोग वाणिज्य संघका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागीता थियो । अनुगमनको क्रममा भेटिएका गुणस्तरहिन सामान नष्ट गरिएको थियो ।...

मेलम्ची फट्टेको ह्युमपाइप बगाए पछी नागरिक समस्यामा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक, जिल्लाको मेलम्ची नगरपालिकाको बाढीले बगाएको फट्टेको मोटरेबल पुल तीन वर्ष बित्दा पनि निर्माण हुन नसकेपछी नगरबासी लाइ समस्या परेको छ । प्रदेस र सघंले पुल बनाउँनका लागी वास्था नगरे पछी नगरपालिकाको आफ्नै श्रोत बाट पुल बनाउँने तैयारी गरिरहँदा नागरिकलाइ तत्कालका लागी अस्थाइ रुपमा आबत जावत गर्नका लागी मेलम्ची नगर पालिकाले ह्युम पाइप राखेर सवारी साधन आवत जावतको व्यवस्था गरेको थियो । त्यो पनी बगाए पछी त्यस क्षेत्रका मानीसहरुलाइ झन समस्यामा पारेको छ ।   नेपालीहरुको महान चाड दसै तिहार नजीकीदै गर्दा बिगत तिन दिन देखी परेको अबरिल बर्षाका कारण मेलम्चीलाइ थप पिडामा पारेको छ । पुलमा बाढीले क्षति पु¥याएपछि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहीत स्थानीय जनप्रतिनिधिहरूले स्थलगत निरीक्षण गर्नु भएको थियो ।स्थलगत निरीक्षणपश्चात् नगरप्रमुख आइतमान तामाङले ‘तत्काल केही गर्न सक्ने अवस्था छैन‚ म...

नाम मात्र होइन काम सहितको नमुना बन्यो सिद्धिगणेश मावि

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ मा रहेको श्री सिद्धिगणेश माध्यमिक विद्यालय शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा कहलिएको छ ।समयको परिवर्तनसँगै विद्यार्थीको आवश्यकताअनुसार बिद्यालयमा शिक्षकबाट शिक्षा सिकाइ गर्ने तरिका, बिद्यालयमा राखिएका सुचना बोर्ड अनी शिक्षक शिक्षिकाको लगनशिलता अनुशासन सबै पक्षबाट नमुना बनेको पाईएको छ । २०१५ सालमा स्थापना भएको विद्यालयले २०१९ माघ १९ गते सरकारी स्वीकृति प्राप्त गरेको थियो । सुरक्षा गार्ड सहित विद्यालयमा २५ जना शिक्षक शिक्षिकाले ३ सय ६८ जना बालबालीकालाई हरेक कक्षामा प्रोजेक्टर सहित स्मार्ट कक्षा सञ्चालन गर्दै आएका छन् ।विद्यालयका सहायक प्रधानाध्यापक तिलक बहादुर दङ्गालका अनुसार बिद्यार्थीलाई कसरी गुणस्तरिय शिक्षा प्रदान गर्ने भनेर बिद्यालयका प्रधानध्यापक राजकुमार यादव हरेक नयाँ नयाँ सोचका साथ अगाडी बढेकै कारण बिद्य...

तीन दिनको मौसम ः हल्कादेखि मध्यम वर्षाको सम्भावना

ब्रेकिङ न्युज १, समाचार
आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।  आगामी २४ घण्टाका लागि गण्डकी, लुम्बिनी, कोशी र बागमती क्षेत्रबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढीपहिरो, भूक्षय तथा चट्याङ्गको सम्भावना रहेकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली रहेको महाशाखाले उल्लेख गरेको छ ...

सामीले गरेका कार्यक्रमहरु प्रभावकारी छ ःनगर प्रमुख बस्नेत

ब्रेकिङ न्युज २, समाचार
सिन्धु पाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले सामी कार्यक्रमले अशिक्षित र सुचनाको पहुँचबाट टाढा रहेका आम मानिसहरुको लागि सुचना दिएर ठुलो सहयोग गरेको बताउँनु भएको छ। उँहाले सिन्धु बिच रिसोर्ट सुकुटेमा भएको सामी को ३ दिने तालिम कार्यक्रममा यस्तो बताउँनु भएको हो । उँहाले सो अबशरमा सामी कार्यक्रमले अशिक्षित र सुचनाको पहुँचबाट टाढा रहेका आम मानिसहरुको लागि बैदेसिक रोजगारीमा जानुपूर्व ध्यानदिनुपर्ने कुराहरु र रोजगारीको सिलसिलामा आईपर्ने सम्भावित समस्याहरुको विषयमा सुचना प्रवाह गरि कल्याणकारी काम गरेको भन्दै सामीले गरेका कार्यक्रमहरु प्रभावकारी भएको बताउँनु भयो । उहाँले सोही सिलसिलामा काम गर्ने रिटर्नी स्वयम्सेबकहरुको लागि तालिम कार्यक्रम थप प्रभावकारी रहेको तर्क गर्नुभएको थियो ।बैदेसिक रोजगारीमा जानुपूर्व ध्यानदिनुपर्ने कुराहरु र रोजगारीको सुरक्षितका लागी आप्रबासन (सामी) कार...

नगरपालिकाको छड्के अनुगमन, म्याद गुज्रिएका सामग्री फेला

ब्रेकिङ न्युज १, समाचार
 निर्मल बस्नेत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा हुँदै मोटारसाईकलमा गाउँगाउँमा म्याद गुज्रिएको सामाग्री बिक्रि गर्दै गरेकोे अवस्थामा फेला पारेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ सिरानचौरको एक पसलमा बिक्रि गर्दै गरेको म्याद गुज्रिएको चाउचाउ, चकलेट,सुर्तिजन्य पदार्थ अनुगमन टोलीले जफत गरेका छन् । मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका बजार अनुगमन समितिले नगरपालिकाको वडा नम्बर ९ जीतपुर, सिरानचौर, कदमबास, भैसे र बलेफी बजारको बिभिन्न स्थानमा छड्के अनुगमन गरेको हो । नगर उपप्रमुख सीता थापाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, जनप्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरेको थियोे । उक्त अनुगमन टोलीले खाद्यन्न, मासुपसल र पशुपालन फर्म गरि ११ वटाको अनुगमन गरेका थिए । अनुगमनको क्रममा फेला पारएिको...

हरेक बिकासका कार्यहरु पारदर्सीता र गुण स्तरिय हुन पर्छ ः नगर प्रमुख तामाङ्ग

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले हरेक विकास तथा कार्यक्रमहरु पारदर्शीता र गुणस्तरिय हुन पर्छ भन्नु भएको छ । उहाँले गुणस्तर र मापदण्ड पुरा नगरेका कुनै पनी योजनाहरुको बिषयमा नगरपालिकाकाले सहयोग नगर्ने बताउँनु हुँदै , बिकास कार्यक्रम समयमा पुरा गर्ने, मापदण्डभित्र रहेर गुणस्तरिय काम गर्नेलाई नगरपालिकाकाले प्रोत्साहन समेत गर्ने बताउँनु भयो । उहाँले मेलम्ची, शिखरपुर नवलपुर सडकखण्डको अनुगमन गर्ने क्रममा यस्तो बताउँनु भएको हो । उहाँ लगाएत मेलम्ची, शिखरपुर नवलपुर सडक खण्डको सोमबार उपप्रमुख उमा प्रधान र प्रमुख प्रशासकिय अधिकृत निमेस मिश्र लेखा अधिकृत मुरारी पुडासैनी ससस्त्र प्रहरी बल मेलम्चीका प्रमुख डिएस्पी राजेश फुयाँल नगरपालिकाका प्राविधिक लगाएतले अनुगमन गर्नुभएको हो । अनुगमनको क्रममा प्रमुख उपप्रमुख गुणस्तर युक्त काम गर्न र काम समयमा नै सक्न अनुरोध समेत गर्नुभएक...

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० शुरु

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौं, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा आइतबार ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ को पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै शुरु गर्नु भएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रमकोशुरुमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टरराई, सुरक्षा निकायहरु, काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम दरबारमार्गबाट सडक सुरक्षा सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि ¥याली शुरू भई पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।  कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रे...