बाह्र्रबिसेमा ३६दिने योग शिबीर सम्पन्न नगरस्तरीय समिती गठन
सिन्धुपाल्चोक जिल्ला बाह्र्रबिसे नगर पालिकाकामा शिबीर गरौं योग रहौं निरोग भन्ने मुल नाराका साथ भदौं १३ गते बाट शिक्षक तालिम सञ्चालन शुरु भइ १९गते सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका—३ खुर्सानीबारी कर्बडहलमा शुरु भएको शिबीर १९गते कबर्ड हलमा नै सम्पन्न भएको हो । कार्यक्रमको समापन गर्दै बाह्र्बिसे नगरपालिकाका प नगर प्रमुख बालकृष्ण बस्नेतले आत्मअनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग गर्नेहरूको संख्या बढ्दै गएको मा खुशी लागेको बताउँदै बाह्र्बिसे नगरपालिकामा आएर पतञ्जली योग समिति बागमति प्रदेश प्रमुख ग्रोविन तौजलले यसरी योग प्रशीक्षण दिएर नगरमा नै योग प्रशिक्षक उत्पादन गरिदिएकोमा बिशेष धन्यबाद दिनु भयो । उँहाले योगले व्यक्तिको तनाव कम गर्न मात्रै नभएर मन र मस्तिष्कलाई पनि शान्त बनाउँछ । शारीरिक र मानसिक दुवै तवरले स्वस्थ रहनका लागि खाना, आराम र व्यायामको सन्तुलन मिल्नैपर...
