सम्पर्क

Author: लोकप्रिय समाचार

तिहारमा मौसम सफा रहने

ब्रेकिङ न्युज २, समाचार
हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बदली रही वर्षाको सम्भावना रहेको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । मौसमविद् अधिकारीले पश्चिमी वायुको प्रभावले दुई दिन मौसम प्रतिकूल रहे पनि तिहारको समयमा सामान्यतया सफा रहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशमा भोलिसम्म हल्का बाँदल लाग्ने देखिन्छ । त्यसपछि मौसम राम्रै रहने देखिन्छ । अहिले कुनै ठूलो मौसमी प्रणाली भित्रने सम्भावना नभएकाले तिहारमा मौसम सामान्यतया सफा रहनेछ ।” महाशाखाले जारी गरेको मौ...

हरेक खेलाडीको साथमा बलेफीःउपाध्यक्ष तामाङ

खेलकुद, जिबनशैली, समाचार, स्वास्थ्य
हामी मानिसहरु स्वास्थ्य रहनका लागी अती महत्वपुर्ण भुमिका निर्बाह गर्ने खेलकुदको बिकाका लागी बलेफी गाँउपालिका हर समय खेलाडीहरुको साथमा रहेर खेलाडीहरुलार्इ सहयोग गरिरहेको बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङले बताउँनुभएको छ । भिमसेन मा.वि. कप भलिबल प्रतियोगिता २०८० तथा विविध सांस्कृतिक कार्यक्रम को समापन गर्दै उपाध्यक्ष तामाङले ब्यक्त्तिगत रुपमा समेत खेलाडीहरुको हौसला प्रदान गर्न नगद प्रोत्साहन गर्नु भएको छ । उहाँले बिजेताहरुलाइ क्रमश। ५ हजार ३ हजार र २ हजार नगद पुरस्कारमा उपाध्यक्षको तर्फबाट हौसला स्वरुप बिजेता सबै टिमलाई रु। २–२ हजारका दरले थप गरेर पुरस्कार वितरण गर्नुभएको हो । १८ बर्ष मुनीउमेरका ५ समूह बिच भएको प्रतिस्पर्धामा फुल्पिङकोट मा।वि।ले प्रथम स्थान हासिल गरेको थियो भने क्षेत्री बाल समूह फुल्पिङकोटले दृतिय स्थान र भिमसेन मा।वि। तेस्रो स्थान हाँसिल गर्न सफल भएको थियो । वडा...

फरवार्डद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

समाचार
सुनसरी फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ईलामको सन्दकपुर पालिकाको एक सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फरवार्ड माइक्रोफाइनान्सले सन्दकपुर नगरपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । विद्यालयको ७२औं वार्षिक उत्सवको अवसरमा बालबिकास केन्द्रमा अध्ययनरत बालबालिका हरुकालागि बिभिन्न किसिमका शैक्षिक सामाग्रीहरू हस्तान्तरण गरेको फरवार्डका सामान्य प्रशासन प्रमुख विनोदकुमार चौधरीले जानकारी दिनुभयो । माइक्रोफाइनान्सले उक्त अवसरमा कापी, कलम, खेदकुद सामग्रीहरु विद्यालयलाई हस्तान्तरण गरेको हो । सो अवसरमा ग्रामिण क्षेत्रमा रहेका महिलाहरुलाई वित्तीय साक्षरता प्रदान गर्दै उनीहरुको सीप र क्षमतालाई व्यवसायीकरण गर्न सामुहिक जमानीमा कर्जा प्रवाह गरी गरिबी न्यूनीकरणमा टेवा...

भुकम्प पिडीतलाई मेलम्चीनगरद्धारा २०लाख र कर्मचारीद्धारा तलब सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले भूकम्पबाट प्रभावित बनेकाहरुलाई २० लाख सहयोग गर्ने निर्णय भए पछी सिन्धुपाल्चोक जिल्लाको १२ पालिका मध्य सबै भन्दा धेरै सहयोग गर्ने नगरपालिका बनेको छ । मेलम्ची नगरपालिकाका प्रमु्ख आइतमान तामाङले यस अघी पनी बाढी पहीरो पिडत भएको हेलम्बु गाँउपालिका र पाँचपोखरी थाम्पाल गाँउपालिकालाइ आर्थीक सहयोग गर्नु भएको थियो । मेलम्ची नगरपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठकले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार राती गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई २० लाख सहयोग गर्ने भएको मेलम्ची नगरपालिकाका प्रेस संयोजक युबराज पुरीले जानकारी दिनु भयो । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत को ३ दिनको तलब अधिकृत स्तरका कर्मचारी हरुको २ दिन को तलब र अन्य सहायक स्तर कर्मचारी हरुको १ दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको मेलम्ची नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृ...

भूकम्प पीडितलाई चौतारा नगरको १७ लाख सहयोग

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार राती गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई १७ लाख सहयोग गर्ने भएको छ । बिहिबार बसेको कार्यपालिकाको बैठकमा केन्द्रीय राहतकोष मार्फत एकद्वार प्रणालीमा रकम जम्मा गर्ने गरी नगरपालिकाले १७ लाख रकम घोषणा गरेको हो । प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको बताउँदै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले भूकम्प पिडितहरुलाई हामी सबै तपाईको साथमा छौ भन्ने महशुुस गराउनको लागि सहयोग गरेको बताउनु भयो । भुकम्प पिडीतलाई सहयोग गर्ने मध्य सबैभन्दा धेरै सहयोग गर्ने चौतारा साँगाचोकगढी नगरपालिका भएको छ । यसअघि बाह्रिबिसे नगरपालिकाले १५ लाख सहयोग गर्ने घोषणा गरेको छ भने त्रिपुरा सुन्दरी गाउँपालिकाले १० लाख भोटेकोशी गाउँपालिकाले १० लाख ...

पोषण अवस्था सुधार नहुदासम्म स्वस्थ्य समाज निर्माण गर्न सकिदैन ः स्वास्थ्य मन्त्री बस्नेत

समाचार
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पोषण अवस्था सुधार नहुदासम्म स्वस्थ्य समाज निमार्ण गर्न नसकिने भएकामा पोषणमा ध्यान दिनु पर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय विकासकालागि संयुक्त राज्य ऐजेन्सी (युएसएआडी) को सहयोगमा सञ्चालित सुआहारा दोश्रो परियोजना समापनका अवसरमा बुधबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले बच्चा जन्मेपछि मात्र नभएर गर्ववती बेलादेखि नै पोषणमा ध्यान दिन सके बच्चा र आमा दुबैको स्वास्थ्य अवस्था सुध्रिने बताउनुभएको हो । सरकारले पोषणको क्षेत्रमा धेरै काम गरेको दाबी गर्दै मन्त्री बस्नेतले भँन्नुभयो, ‘ जति काम गरे पनि नवजात शिशु मृत्युदर घटाउन सकेका छैनौ । अव हामी त्यसमा लाग्नु पर्छ । ’ सुआहारा परियोजनाले देशको पोषण अवस्थामा सुधार ल्याउन र महिनामा नेतृत्व विकासका लागि योगदान गरेको स्मरण गर्दै कुपोषणको अवस्था सुधार गर्न फेरि पनि सर...

समाजसेवी श्रेष्ठ दम्पतीद्वारा थुम्पाखर स्वास्थ्य चौकिलाई सहयोग

समाचार
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक सुनकोशी गाउपालिका वडा नं. ६ स्थित रहेको थुम्पाखर स्वास्थ्य चौकिलाई केदारनाथ श्रेष्ठ र उहाँको धर्म पत्नि लिलादेवि श्रेष्ठले नगद तथा जिन्सी सहयोग गर्नु भएको छ । श्रेष्ठ दम्पतीले सुनकोशी – ६ का वडा अध्यक्ष चक्र बहादुर बस्नेतले सुरू गर्नुभएको तारा चक्र फाउन्डेसनको अक्षयकोषमा रू १००,०००÷– (एक लाख रूपैयाँ) सहयोग गर्दै थुम्पाखर स्वास्थ्य चौकीको लागि गर्ववती महिलालाई चाँहिने लत्ताकपडा लगायत विभिन्न स्वास्थ्य सामाग्री मंगलबार एक कार्यक्रमको बिच हस्तान्तरण गर्नुभएको थियो । समाजसेवी श्रेष्ठ १९९७ साल मंसिरमा भोजपुर जन्मीनु भएको थियो । सानैदेखि समाज सेवाको भाव राख्ने श्रेष्ठको संखुवासभामा जन्मनु भएकी लिलादेवी श्रेष्ठसँग २०२२ सालमा बिबाह भएको श्रेष्ठले बताउनु भयो । केदारनाथ शिक्षण पेशामा लाग्नु भयो भने श्रीमती लिलादेवी श्रीमानको रेखदेख गर्दै घर समाल्नु भयो । श्रेष्ठ...

प्लास्टिकका फूल बिक्रीमा रोक

ब्रेकिङ न्युज २, समाचार
बागलुङ नगरपालिका–१ रामरेखाका भुवन बोहराको बगैँचामा थरीथरीका फूल फुलेका छन् । तिहार पर्खेर बसेका फूल भुवनले व्यावसायिक रुपमा उत्पादन गर्नुभएको हो । बजार र धार्मिक तीर्थस्थलहरु नजिकै रहेकाले तिहारका लागि मात्रै नभएर अन्य समयमा समेत बिक्री हुने अपेक्षाका साथ उहाँले फूलको व्यावसायिक उत्पादन थाल्नुभएको हो । जिल्लामा यसरी  व्यावसायिक रुपमा फूलको उत्पादन गर्नेहरु निकै कम छन् । तिहार नजिकिँदै गर्दा फूलले बजार नपाउला कि भन्ने चिन्ता नरहेको बोहराले बताउनुभयो । बागलुङ नगरपालिकाले प्लास्टिक र आयातित फूलको प्रयोगलाई रोक लगाउँदै स्थानीय उत्पादनलाई  प्राथमिकता दिने निर्णय गरेपछि बजारको चिन्ता हटेको उहाँको भनाइ थियो । “तिहारका लागि स्थानीय रुपमा उत्पादन हुने फूल पर्याप्त हुन्छ । यहाँका हरेक घरमा थरीथरीका फूल फुल्छन् । पछिल्लो समय गाउँघरमा प्राकृतिक रुपमा फुल्ने फूलहरुको प्रयोगमा कमी आउन थालेको छ”, बोहर...

मन्त्री दुलालका सुरक्षा अधिकारी मृतअवस्थामा फेला

ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका सुरक्षा अधिकारी मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदीलाई हेटौँडा–११ स्थित सहिद स्मारक नजिक पेटीको पासो लगाइएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । धादिङ खानीखोला इलाका प्रहरी कार्यालयमा दरबन्दी रहेर हाल मन्त्री दुलालको सुरक्षागार्डका रुपमा काम गर्दै आएका सुवेदी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । सुवेदीलाई ‘मर्निङवाकमा’ जानेहरुले रुखको फेदमा बसेको र घाँटीमा कम्मरमा बाँधिने पेटीले पासो लगाएको अवस्थामा फेलापारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । रासस...

मन्त्री दुलालको पहलमागौराती दारेगौडामासुरक्षित बार

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
यस बर्षको गौराती मेला भर्न जाने हरुका लागी दारेगौडा भिरको त्रास नहुने भएको छ । गत स्थानिय तहको निर्वाचनको मतगणना जारी रहदा यहि स्थान बाट मोटरसाइकल दुर्घटना भएको सबैलाइ सर्वबितितै छ केहि महिना अगाडि मात्र पनि सोहि स्थानमा अटो दुर्घटना भएको थियो सो समयमा मानविय क्षति भने भएको थिएन । बढ्दो भिड सँगै दुर्घटना हुन थालेको जोखिमपुर्ण रहेको दारेगौडा भिरको बाटोमा गौरतिका युवाहरुले बागमती प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री युबराज दुलाल लाई दुर्घटना रोकथामका लागी अनुरोध गर्दा, उहा ले गौरती मेला अघि नै त्यस क्षेत्रमा घेरोबारको कार्य गर्ने प्रबिद्धता जनाउँनु भएको थियो । सोहि अनुसार नै क्बाभतथ वार हाल्ने कार्य भएको छ ।सिन्धुपाल्चोक जिल्लाको प्रख्यात गौरतीभीमेश्वर मन्दिरको मेला ११ गते लाग्ने भएको छ। चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौरतीभीमेश्वर मन्दिरमा दुई दिन सम्म मे...