मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्सका लागि प्रस्तावित स्थान कति सुरक्षित ?
रासस , काठमाडौँ, २८ चैत: मेलम्ची खानेपानी आयोजनाको अहिले (सिन्धुपाल्चोकको हेलम्बु)मा रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ । हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउँदा विपत्को जोखिम बढी भएको भन्दै र लागत बढी लाग्ने भन्दै नयाँ स्थानमा हेडवर्क्स बनाउने तयारी गरिएको हो । खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना नै उपत्यकावासीको धारामा मेलम्चीको खानेपानी उपलब्ध गराउनका लागि आयोजना सुधारको कार्य अगाडि बढाउन लागेको हो । आयोजनालाई दिगो बनाउनका लागि नयाँ स्थानमा आयोजनाको हेडवर्क्स सार्नुको विकल्प नभएको विकास समितिको ठहर छ । हेडवर्क्स बनाउने भनिएको नयाँ स्थान तुलनात्मकरुपमा सुरक्षित रहेको रहेको अध्ययन समिति तथा मेलम्ची खानेपानी विकास समितिको दाबी छ । मेलम्ची खानेपानी विकास समितिका...
