अरनिको राजमार्ग अन्तर्गत खावा धुलिखेल दिउँसो सडक ११बजे देखी ३ बजे सम्म बन्द रहने भएको छ । निर्माणाधीन धुलिखेल–खावा ४ किलोमिटर सडक निर्माणका लागि यहि जेठ ८ र ९ गते दुई दिन दिउँसो सवारी साधन आवत जावत बन्द गरेर सडक मर्मत गरिने भएकाले बन्द गरिएको हो । सडक सुचारु हँुदा सडक मर्मतमा कठीनाइ हुने भएकाले सडक बन्द गरेर मर्मत गर्नका लागी बन्द गरिएको हो ।
जिल्ला समन्वय समिति , काभ्रेपलान्चोकमा बैठक बसेको भएको सरोकारवालाहरूको बैठकले दुई दिनको ४ घण्टा अत्यावश्यक बाहेकका सवारीसाधन बन्द गरि सडक निर्माण गर्ने निर्णय गरेको ले सडक मर्मतका लागी जिल्ल प्रशासन कार्यलय काभ्रेले सुचना प्रकाशित गरी सबैलाइ जानकारी गराएको हो ।सो दुई दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दमकल, एम्बुलेन्स , शवबाहन र सुरक्षा निकाएका सवारीसाधन बाहेक अन्यलाई आवातजावतमा पुर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । उक्त समयमा दोलालघाट–पाँचखाल हुँदै धुलिखेल–बनेपा–काठमाडौं जाने र सोही रुटमा फर्किने सवारीसाधनले सो दिन बनेपा–रविओपी– पाँचखाल सडक वा भक्तपुर–नगरकोट–कुन्ता–जिरोकिलो सडक प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न सकीने छ ।
