सम्पर्क

Author: लोकप्रिय समाचार

दुई जना फरार अपराधि पक्राउ

समाचार
सिन्धुपाल्चोकका दुई जना फरार अपराधि पक्राउ परेका छन् । लुटपिट र चोरी मुद्दामा फरार रहेका दुई जना मंगलबार पक्राउ परेका हुन् । लुटपाट मुद्दामा ३ हजार दुई सय ७० जरिवाना भइ फरार रहेका सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१ का ७७ वर्षीय ज्याल्मो ग्रान्देन १२ वर्षपछि पक्राउ परेका छन् । यस्तै चोरी मुद्दामा ११ महिना कैद दश हजार जरिवाना भइ फरार रहेका पाँचपोखरी थाङपाल गाउँपालिका –२ का ३१ वर्षीय पासाङ गोले चार वर्षपछि परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले २ प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेस गरिएकोमा कैद÷जरिवाना सजाय असुलका लागि अदालतले जिल्ला कारागार चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।...

स्व. बिनोद नेपालको जन्मदिनमा सिर्जनशिल बाल सेवा परिवारलाई पचास हजार सहयोग

समाचार
बिनोद नेपाल स्मृति फाउण्डेसनले सिर्जनशिल बाल सेवा परिवार, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९, काठमाण्डौलाई नगद रु.५०,००० (अक्षरेपी पचास हजार) सहयोग गरेको छ । स्व.बिनोद नेपालको जन्मदिनमा एक कार्यक्रमको आयोजना गरि ५० हजार सहयोगको चेक फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालले सिर्जनशिल बाल सेवा परिवार संस्थाका संस्थापक अध्यक्ष उमादेवी बस्नेतलाई हस्तान्तरण गर्नुभएको थियो । यस वर्षको फागुन १४ गते स्व. बिनोद नेपालको जन्मदिन अनाथ वालवालिकाको हित गरी समाजमा उदाहरणीय रुपमा रहेको सिर्जनशिल बाल सेवा परिवारको प्राङ्गणमा एक कार्यक्रमका बिच मनाइएको हो । फाउण्डेसनले विभिन्न संस्थाहरुलाई सहयोग तथा दान प्रदान गर्दै आएको छ । उक्त अवसरमा बिनोद नेपाल स्मृति फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले यस प्रकारको सानो सहयोगबाट अनाथ बालबालिकाहरुलाई शिक्षादिने जस्तो महान कार्यमा यस संस्थालाई केही भ...

कृषकलाइ कृषी चुन बितरण गर्दै वडा अध्यक्ष नेपाल

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४ वडा कार्यलयले कृषकको लागी कृष्ी चुन निशुल्क बितरण गरेको छ । मेलम्ची नगरपालिकाको प्रबिधीक सहयोगमा चौतारासाँगाचोकगढी नगरपालिकाले नगरपालिकाको १४वटै वडाको माटो परिक्षणगरेको थियो र माटो परिक्षणका लागी नगरका १४वटै कृषकलाइ आह्वान गरेकोमा ३३४जनाले मात्र माटो परिक्षण गराएका थिए । यसरी माटो परिक्षण गर्दा अत्याधिक रुपमा अम्ल्ीयको पाइएको थियो । मेलम्ची नगरपालिकाका कृषी प्राबीधिक अम्बर नाथ आचार्य, हरीगोपाल श्रेष्ठ र चौतारासाँगाचोकगढी नगरपालिकाका कृषी प्राबिधीक रामहरी दहालको समुहले गरेको माटो परिक्षणमा ३३४ मध्य २७२ अम्लीएको पाइएको थियो ।   माटो अम्लीय भएमा सुधार गर्न कृषि चुनको प्रयोग गर्नुपर्छ्र कृषि चुन, चुनढुङ्गा लाई मसिनो पारेर बनाइएको धुलो हो । धेरै अम्लीय माटो मा कृषि चुन प्रयोग एकचोटी नगरी दुई पटक गरेर प्रयोग गर्नुपर्दछ्र।कृषि चुनको प्रय...

डडुवाको सडक कालोपत्रे, सम्झौता भन्दा ४ महिना अगाडि नै सम्पन्न

#, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार
हामिले देशका पुर्बधार बिकासमा धेरै कामहरुका बारेमा समाचार लेख्ने र पढ्ने गरेका छौ । यस अबधिमा राम्रा र गुणस्तरिय कामका लागी हरेक दवाव दिएको समयमा काम सम्पन्न नभएर ठेकेदार फरार रहेको समाचार पढेका छौ । तर कोटेशनको समयभन्दा पनी अगाडी नै गुणस्तरिय काम सम्पन्न गरेर भुक्तानी माग गर्ने ठेकदारहरु कमै मात्रमा छन् । हालै मात्र काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितीका प्रमुख समेतले धुलिखेल सडक मार्ग छिटो र गुणस्तरियताका लागी अनशन नै बस्नु पर्याे । तर सिन्धुपाल्चोक जिल्लामा यस्ता निर्माण कम्पनी छन् जसले समयमा नै काम गरेर स्थानीय बिकासमा गुणस्तरियता कायम राखेको पाइन्छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवामा २ किलोमिटर सडक कालोपत्र गर्ने कार्य सम्झौताको म्याद भन्दा अगाडी नै सम्पन्न गरेको छ । भेष नाथ सापकोटा, रामकुमार लामा र सुभाष राज गिरी सञ्चालक रहेको कचद दगष्मिभच उखत।ति...

पुर्वसुचना प्रणाली सम्बन्धि ३ दिने तालिम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
समुदायमा आधारित पहिरो पुर्वसुचना प्रणाली परियोजना पुर्वसुचना प्रणाली सम्बन्धि ३ दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ । तालिमको समापन गर्दै सामुदायिक विकास तथा वातावरण संरक्षण मंच (सि डि इ सि एफ )का अध्यक्ष रामजी थापाले नेपालकै पहिलो परियोजना भएकाले यसलाई सफल बनाउन पर्ने बताउनुभयो । उहाँले सिकेका कुरालाई आगामी दिनमा समुदायमा लागु गर्नेकुरामा आफु बिस्वस्त रहेको बताउनुभयो । तालिमाको सहजीकरण गर्नुभएका जल तथा मौषम विज्ञान विभागका रोजन लामिछाने तालीममा सिकेका कुरा आगामी दिनमा आइपर्ने विपद हरुमा भरपुर प्रयोग गर्न आग्रह गर्नुभयो । परियोजना संयोजक राजेश गौतमले समुदायमा आइपर्ने विपदका बरेमा जनचेतना फैलाउने जिम्मेवारी सहभागीको काँधमा थपिएको बताउनुभयो । उहाँले ३ दिन सम्म सिकेका कुराहरुले समुदायमा प्रभावकारी भूमिका खेल्नेमा आफु बिस्वस्त रहेको बताउनुभयो । तालिममा सहभागी निर्मला धितालले तालीम फलदायी भएक...

अन्तर माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगितामा गोल्मादेवी प्रथम

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको एक मात्र निजी माध्यमिक विद्यालय जुगल बोर्डिङ हाइ स्कुलले ३४औँ वार्षिकोत्सव तथा अभिभापक सम्मेलनको अवसरमा अन्तर माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा गोल्मादेबी मावि कदम्बासाका विद्यार्थीले प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा दोस्रो इर्खु मावि इर्खु र कालिकादेवी मावि देउरालीका विद्यार्थी तेस्रो भएका छन् । प्रतियोगितामा नगर भित्रका १० माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक ओमप्रकाश उप्रेतीको अध्यक्षतामा औपचारिक रुपमा सञ्चालन भएको थियो । हाजिरी जवाफ प्रतियोगितामा समसामयिक खण्ड, विज्ञान तथा प्रविधि खण्ड, नेपाली साहित्य, धर्म र संस्कृति खण्ड, खेलकुद खण्ड, ईतिहास खण्ड, भुगोल खण्ड र गाउँखाने कथा खण्डबाट प्रश्न सोधिएको थियो । प्रत्येक खण्डको प्रश्न सोधिसकेपछि अडियो र भिडियो राउण्ड समावेश गरिएको ...

बालसुधार माध्यमिक विद्यालय दुवाचौरको ६६औं बार्षिकोत्स सम्पन्न

ब्रेकिङ न्युज २, विचार, समाचार
श्री बालसुधार माध्यमिक विद्यालय मेलम्ची -७ दुवाचौरको ६६औं बार्षिकोत्सव , २४औं अभिभावक दिवस तथा पुर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्नुहुँदै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले पुर्वाधार भन्दा पछि शिक्षामा लगानी गरेको बताउदै थप दर्बन्दी हरु न्युनतम दर्बन्दी भएको ठाउँमा शिक्षक पठाइएको बताउनुभयो ।बालमैत्री वडा घोषणा भइ सकेको बताउँदै अन्य वडा पनि क्रमस बालमैत्री वडा घोषणा गरिने प्रधानले बताउनुभयो । उहाँले बालमैत्री वडालाई आवस्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । भुतपुर्व विद्यार्थीहरुले गरेका कामको प्रशंसा गर्दै उहाँले शिक्षाको विकासको लागि गरेको कामको निरंतरताको कामना गर्नुभयो । विद्यालयको नाम अनुसार शिक्षा गुणस्तर सुधारका लागि अझै प्रयास गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।विद्यालय क्यान्टिनका लागि यहि बर्ष नभएमा अर्को...

सिन्धुपाल्चोकमा दादुरा–रुबेला विरुद्ध खोप अभियान को पहीलो दिनमा ४०६८

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लामा दादुरा–रुबेला विरुद्ध खोप अभियान को पहीलो दिनमा ४०६८ले खोप लगाएका छन । जिल्ला स्वास्थ्य प्रमुख डा दुर्गा बजाइका अनुसार २०७७पुरष बालक र १९९१महीला बालीकाले खोपलगाएका छन । अभियानको सुरुको दिनमा जिल्लन्मा रहेको १२वटा पालिकामा गरि जम्मा ४०६८ले खोप लगाएका हुन । यसै गरी जिल्लाको सदरमुकाम चौतारामा अभियानको पहिलो दिन सोमबार नगरभित्रका ८ सय ८५ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप दिएको चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाप्रमुख शिब पुरीले जानकारी दिनु भयो ।९ महिनादेखि ५ वर्षभित्रका उमेरसमूहलाई लक्षित गर्दै सञ्चालन गरेको अभियानमा ४२१ जना बालिका र ४६४ जना बालक रहेको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो ।शाखाप्रमुख पुरीका अनुसार १४गते बाट १७ गतेसम्म नगरको १४ वटै वडामा अभियान सञ्चालन हुने छ । वडाका ४० खोप केन्द्रभित्र पायक पर्ने ठाउँमा खोपकार्...

दोलालघाटमा ३ संस्थाको सयुक्त वार्षिक साधारण सभा

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
एकराज श्रेष्ठ,         भुम्लु गाउपालिका काभ्रेका अध्यक्ष प्रेम बहादुर भुजेल लेदोलालघाटको पर्यटन बिकासको लागी एक करोड रकम बिनियोजित गर्नुको साथमा दुइ वटा नदिमा केहि लगाणी कर्ताहरु संग मिलेर मोटर वोट संचालनको लागी दश लाख लगानी गर्ने बताउँनु भएको छ । उँहाले फागुन ११ मा एकै थलोमा एकै साथ सयुक्त रुपमा सम्पन्न ३ वटा संस्थाको बार्षिक साधारण सभाकोउद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । दोलालघाट उधोग बाणिज्य संघको तेस्रो,दुलाललेश्वर बातावरणिय तथा समाज सेवा क्लवको २९ औ र समृद्ध टोल बिकास समितीको पहिलो बार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा बोल्दै अध्यक्ष भुजेलले भुम्लुको मेरु दण्ड तथा अन्तराष्ट्रिय मार्गको बिन्दु रहेको दोलालघाटलाइ पर्यटनको प्रमुख गन्तब्य स्थान बनाउने परिकल्पना भएकोले यस कार्यमा दोलालघाटमा रहेका संघ संस्थाको साथ आवश्यकता भएको बताउँनु भयो । उँहाले उधोग बाणिज्य संघलाइ इंकित गर्दै स्र...

गोल्मादेवी माविले मनायो ४१औं बार्षिकोत्सव

ब्रेकिङ न्युज १, समाचार
  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ मा रहेको श्री गोल्मादेवी माध्यमिक बिद्यालयले आफ्नो ४१औं बार्षीकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पूर्ब नगर प्रमुख अमान सिं तामाङको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा नगर प्रमुख कृष्ण प्रसाद सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा शाखा संयोजक राम प्रसाद गौतम, लोकप्रिय समाचार राष्ट्रिय दैनिकका नेत्र बहादुर बस्नेत, समाज सेबी भुपेन्द्र थापा वर्ष शिक्षक सञ्जिव कार्की र रामचन्द्र पोखरेल पूर्व शिक्षक सत्यनारायण चौधरी, यमराज वि.क र सञ्जिव तामाङ लगाएत उत्कृष्ट शिक्षक तथा बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख सापकोटाले बिद्यार्थी संख्याका आधा...