नेपाल तेक्वान्दो संघमा सदस्य सचिवको द्वैध चरित्रका कारण तेक्वान्दो संघमा विवाद उत्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको बिषयमा बिबाद निकालेर नयाँ अर्को राष्ट्रिय तेक्वान्दो यूनियन जन्माएपछि तेक्वान्दोमा विवाद आएको कुमार बस्नेतले जानकारी दिनु भएको छ ।
एउटै प्रकृतिको दुईवटा संस्था दर्ता भएको भनी ६ महिना अगाडि पाटन उच्च अदालतले यो बिषयको मुद्दामा एउटै प्रकृतिको दुईवटा संघ दर्ता गर्न नपाइने र आधिकारिक सघं भनेकै नेपाल तेक्वान्दो संघ भएको भनी फैसला गरिसकेको र उक्त संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघ हो ।
अहिले आएर छ महिना पहिले नै उच्च अदालत पाटनले मुद्दाको छिनोफानो गरिसकेको अबस्थामा पुन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक घिसिङले संघलाई राजनीतिक प्रतिसोध साँध्ने उद्देश्यले दुई हप्ता अगाडि आफ्नो कार्य कक्षमा सदस्य सचिव स्तरिय निर्णय गर्दै पुन राष्ट्रिय तेक्वान्दो खोल्ने निर्णय गर्नु भनेको नेपालकै नाम अन्तर्राष्ट्रिय क्षेत्रमा राख्न सफल तेक्वान्दो खेललाई धरासाही पार्न लागेको स्पष्ट देखिएको बस्नेतले बताउँनु भयो ।
यसरी अदालतलाई नै अपहेलना गर्दै सदस्य सचिव टंकलाल घिसिङले गरेको निर्णय बिरूद्ध नेपाल तेक्वान्दो संघ अदालत जान वाध्य भएको हो । तेक्वान्दो संघले घिसिङको कदमको विरुद्ध उच्च अदालत गएपछि गत मंगलबार पाटन उच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् तथा सदस्य सचिव टंक लाल घिसिङ लाइ हाजिर हुन आदेश दिएको हो । खेलकुद क्षेत्रमा बिगत देखिनै संघहरूलाई फुटाएर राज गर्ने निती अप्नाएका खेलकुद क्षेत्रका नेतृत्व गर्ने भाइरसहरुकै कारण खेलक्षेत्र तहसनहस हुँदै गएको छ ।
सदस्य सचिव घिसिङले चालेको गैर जिम्मेवारी कदमको बिरोधमा हजारौं उजुरी खेलकुद मन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिआईबीमा परेको समेत बस्नेतले बताउँनु भएको छ ।
