सिन्धुपाल्चोक सहित ४३ जिल्ला उच्च जोखिममा सतर्क रहन सबैमा अनुरोध
मौसम पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक जिल्ला लगाएतका ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेका भन्दै सतर्क रहन भनेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिन जारी गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका अधिकांश जिल्लामा विपद प्रतिकार्यका गतिविधि तत्काल गर्नुपर्ने चेतावनी दिएको हो ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानसहित मधेश, लुम्बिनी र सुदूरपश्चिमका १ र २ स्थानमा मुसलधारे वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ । काठमाडौँ उपत्यका र अन्य २३ जिल्लामा मध्यम जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी ३ दिन, बाढी, पहिरो, डुबान तथा नदीमा पानीको सतह बढ्ने जोखिम रहेको भन्दै महाशाखाले आवश्यक पूर्वतयारी गर्न आह्वान गरेको छ । मनसुनी न्यूनचापीय रेखा हिजो रातिबाट अझै नेपालतिर सर्ने सम्भावना रहेको र आजदेखि नेप...
