श्री कृष्ण नाथ प्रभुलाई कहाँ म पाऊँ
दौडेर जान्छु प्रभु भेट्न कहाँ छ गाऊँ
भन्दै थिएँ मनमनै प्रभुलाई भेट्छु
त्यो दिव्य दर्शन दियौ अझ प्रेम माग्छु ।
माटो रहेछ यहि ठाउँ पवित्र मेरो
श्री कृष्णको भजन सुन्छु धरा छ प्यारो
आस्था रहेछ मनभित्र लुकेर बस्ने
के तत्व रैछ गुँण त्यो मुटुसँग हाँस्ने ।
संस्कार हो अतिठुलो पहिचान हाम्रो
उत्कृष्ठ उच्च छ समाज छ औधिराम्रो
ब्रम्माण्डमा जति मनुष्य छ भक्ति गर्दै
बाल्दै प्रकाश दिपको मन कृष्ण भज्दै ।
धनश्याम नेपाल (शीतल)
