सम्पर्क

Author: लोकप्रिय समाचार

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

#, ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०÷ ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ । प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत्् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा रु ८२ अर्ब ८८ करोड खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ । प्राधिकरणले यसअवधिमा रु ११ अर्ब छ करोड नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु आठ अर्ब ८८ करोड थियो । गत आवको मुनाफा रु १३ अर्ब ३७ करोड थियो । प्राधिकरणको सञ्जित मुनाफा रु ३३ ...

रासस तस्बिर प्रदर्शनी जेठ मसान्तसम्म जारी रहने

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २५ जेठः गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहने भएको छ । पूर्वाधारविज्ञ, कलाप्रेमी, फोटोपत्रकार, राजनीतिक पार्टीका नेता, समाजका प्रतिष्ठित व्यक्ति प्रदर्शनी अवलोकनमा आउनेक्रम जारी रहेको तथा केही विशिष्ट पदाधिकारीहरूबाट पनि प्रदर्शनी हेर्ने इच्छा व्यक्त भएकाले पुनः समय थप गरी जेठ मसान्तसम्म पुर्याएको रासस व्यवस्थापनले जनाएको छ । यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुभएको प्रदर्शनी यसअघि यही जेठ १७ गते एक हप्ताका लागि समय थप भई जेठ २४ गतेसम्म पुर्याइएको थियो । रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनी अवलोकनका लागि विभिन्न राजनीतिक दलका नेता, विशिष्ट पदाधिकारी, पूर्वाधारविज्ञ, पत्रकार, चित्रकारसहित आमसर्वसाधारणको आउनेक्र...

खाद्यको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, २४ जेठः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयका उद्योग सचिव कृष्ण राउत र वाणिज्य सचिव दिनेशकुमार घिमिरेसहित आज अनुगमनका लागि पुग्नुभएका मन्त्री भण्डारीले नेपाल सरकारको ठूलो लगानी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुधार गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “सरकारको स्वामित्व छ, निजी क्षेत्रसित प्रतिस्पर्धा गरेर जनताको सेवा गर्नु छ, परम्परागत रुपले कम्पनी चलाउन सकिँदैन, संरचनागत सुधार गर्नुस्, कर्मचारीले इमान्दार भएर काम गर्नुस्, काखापाखा कसैलाई गरिँदैन मन्त्रालयबाट, काम गर्ने नियत नहुनेले मार्गप्रशस्त गरिदिनुस् ।” तत्कालीन नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेट एकापसमा गाभिए पनि कानुनी रुपमा देखिएको समस्या समाधानमा मन्त्री ...

तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

जिबनशैली, बिजनेस, विचार, विचित्र संसार
– शालिग्राम पाण्डे नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न समूहले महासङ्घको कार्यालयमा तालाबन्दी गरे । शुद्धीकरणको विषय टुङ्गो नलागी निर्वाचन गर्न नदिने अडानसहित नेपाल प्रेस युनियनको अगुवाइमा भएको तालाबन्दीले केन्द्रदेखि जिल्ला शाखासम्मका निर्वाचनलक्षित गतिविधि प्रभावित भयो । यद्यपि शुद्धीकरणका नाममा हटाइएका केही सदस्यका नाम समावेश गरी अन्तिम मतदाता नामावली प्रकाशित गर्ने सम्झौतापछि ताला खोलियो । तर सो तालाबन्दीको लक्ष्य (नियत) श्रमजीवी पत्रकार तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको हकहित होइन, केवल केही पदलोलुप र सत्ता–राजनीति निर्देशित पत्रकारको स्वार्थ साँध्न भएको कसैबाट लुकेको छैन ।सबै विचार समूह र तह–तप्काका पत्रकारहरूको छाता सङ्गठनका मानिने पत्रकार महासङ्घ ने...

सुत्केरी आमालाइ भेट्दै बाह्रबिसेका उप प्रमुख मन्जु तामाङ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाका नगर उपप्रमुख मन्जु तामाङ ले नगरका हरेक वडाका सुत्केरी आमाहरुलाइ घरघरमा नै गइ उँहाहरुको स्वास्थ्य स्थिती बारे जानकारी लिदै सुत्केरी आमालाइ पोष्टीक आहार को रुपमा अण्डा तथा घिउ तेल लगाएतका सामाग्री हरु दिनु भएको छ । सो अबशरमा उँहाले हरेक सुत्केरी अमाहरु लाइ आप्mनो स्वास्थ्य स्थिती राम्रो भयो भने मात्र आफ्ना बालबालीका पनी स्वास्थ रहने भएकाले आफ्नो स्वास्थमा पनी ख्याल गर्न पर्ने र स्वास्थ्यमा केही समस्या देखिएमा महीला स्वयम सेवीकालाइ सम्पर्क गरेर स्वास्थ्य सेवा लिन अनुरोध गर्नु भयो । उँहाले हरेक आमा ले आआफ्ना वालवावलकाको स्वास्थ्य ठिक राख्न पोषण युक्त खानेकुरा खाने गर्नु पर्ने सके सम्म घरमा नै खानेकुरा तैयार गर्ने खाने बजारको तैयारी खाने कुरा स्वादका लागी मात्र हुने भएकाले घरमा बनाएको जस्तो पोषण मात्रामा नपुग्ने भएकाले आफुलाइ खान मन लागेको र पौष्टीक यु...

परराष्ट्र मामिला बिटमा कलम चलाउँदा थप संवेदनशील हुन काउन्सिलको सुझावः बेग्लै सञ्चार निर्देशिकाको गृहकार्य

ब्रेकिङ न्युज १, विचार, समाचार
  प्रेस काउन्सिल नेपालले परराष्ट्र मामिला विटमा रिपोर्टिग् गरिरहेका सञ्चारकर्मीसँग विषयगत समस्या र आगामी बाटोबारे छलफल सुरु गरेको छ । बुधबार काउन्सिल सभाहलमा भएको छलफलमा सहभागीले विदेश मामिला रिपोर्टिङका सन्दर्भमा भएका समस्याबारे अवगत गराएका थिए ।सो क्रममा सहभागीले यो बिटमा रिपोर्टिङमा सहजता र मिडियामार्फत उठाउनुपर्ने विषयवस्तुबारे विभिन्न धारणा राखेका थिए ।सहभागीले विदेशी मामिलासम्बन्धी समाचार संकलन, सम्पादनका लागि सहजताका लागि आवश्यक सञ्चार निर्देशिकाको खाँचो समेत औंल्याएका थिए ।प्रेस काउन्सिलले जारी गरेको आचारसंहिताका बुँदामा थप विस्तृत र स्पष्ट उल्लेख हुनुपर्ने तथा अन्य (महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता) सञ्चार निर्देशिका जस्तै विदेश मामिलाका सन्दर्भमा पनि के कस्ता शब्द वाक्यांश प्रयोग गर्ने, राष्ट्रियता जोडिएका विषयमा कसरी रिपोर्टिङ गर्ने भन्ने निर्देशिका जरुरी रहेको...

बनेपामा यातायात कर्मचारी बिच झडप प्रहरी द्धारा सुरक्षासहीत स्थीती नियन्त्रणमा

#
  काभ्रेपलाञ्चोक जिल्लाको बुडोलमा दुइ यातायात का कर्मचारीबचि बिबाद हुँदा झडपको स्थिती श्रृजना भएको छ । अरनिको यातायात सेवा प्राली सँग आबद्ध कर्मचारीले बिच बाटोमा गाडी तेसर््याएर बाटो अबरुद्ध गरेको र दुइ पक्ष बिच झडपको स्थिती भए पछी बाटोमा गाडी तेसर््याउँने सवारी चालक सहीत सवारीलाइ प्रहरीले नियन्त्रणमा लिएर बाटो खुलाएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राजकुकमार श्रेष्ठले जानकारी दिनु भएको छ । उँहाका अनुसार बागमती प्रदेस ०१००ख५५७१ नंको भाडा बस बाटोमा तेसर््याएर बाटो अबरुद्ध गरेको हुँदा उक्त बस सहीतका कर्मचारीलाइ प्रहरीले नियन्त्रणमा लिएर बाटो खुलाएकोे हो । अरनिको यातायातको सिन्डिकेट भएको भन्दै हिमाल–तराई यातायात व्यवसायीले विरोध जनाउँने क्रममा मंगलबार ओखलढुंगा र काठमाडौंमा विवाद भएको थियो । सोही विषयलाई लिएर अरनिको यातायातले बीच बाटोमै बस तेसर््याएर चक्काजा...

जुगल–१ लाई नेपाल–कोरिया फ्रेण्डसिप पिक नामाकरण गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
 दुर्गा श्रेष्ठ जुगल गाउँपालिकाले जुगल–१ हिमाललाई नेपाल–कोरिया फ्रेण्डसिप पिक नामाकरण गर्ने निर्णय गरेको छ । पर्यटन प्रवर्द्धन गरी हिमाली क्षेत्रका वासिन्दाको जीवनस्तर उकास्ने रणनीतिक लक्ष्य हासिल गर्न कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । नामाकरणपछि गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले भने, ‘नेपाल–कोरियाको दौत्य सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन यस्तो निर्णय गरिएको छ ।’ निर्णयले दक्षिण कोरिया खुसी भएर हिमाल आरोहण गर्न अन्य देशका पर्वतारोहीसहित पर्यटक लिएर आउने गाउँपालिकाले अपेक्षा राखेको छ ।  दोस्रो प्रयत्नमा नेपाल र कोरियाका सात पर्वतारोहीले ६५९१ मिटर उचाइको जुगल हिमाल २१ वैशाखमा सफलतापूर्वक आरोहण गरेका थिए । गाउँपालिकाले हिमाल आरोहण सफल भएको दिनलाई जुगल डेको रुपमा विभिन्न कार्यक्रम गरी वर्षेनी उत्सव मनाउने निर्णय पनि गरेको छ । प्रधानमन्त्री प्रचण्डले ६ वैशाखमा पर्वतारोहीलाई खा...

क्षय रोगमुक्त नेपाल घोषणको लगाी डडुवामा बन्यो समिती

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
क्षय रोगमुक्त नेपाल घोषणको तैयारी स्वरुप सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४मा वडा समिती बनेको छ ।   सोमबार नगर स्वास्थ्य शाखाको आयोजनामा भएको भेलाले वडा अध्यक्ष उद्धब नेपालको संयोजकत्वमा वडा समिती गठन गरिएको हो । हो हामी क्षय रोगको अन्त्य गर्छाै भन्ने मुल नाराका साथ क्षयरोग मुक्त घोष्णा अभियान कार्यक्रम अन्तरगत वडा समिती गठन तथा वडा स्तरिय सुक्ष्म योजना तर्जुमा कार्यक्रममा सहभागी हरुले उक्त समिती बनाएका हुन । नगर स्वास्थ्य शाखाको आयोजनामा भएको भेलाले मनीसा बिक, मन्जु तामागं रत्न बहादुर तामागं , हिरा बहादुर तामागं सिता बस्नेत , निरमायँ तामागं, रेखा श्रेष्ठ खत्री, पुनम भण्डारी सगीता बोहोरा मन कुमार लामा, कृष्ण बहादुर नेपाल , बद्री प्रसाद नेपाल माइली तामागं , मिलन माझी , धनकुमार नेपाल जनक तामागं, अमृत तामागं लगाएत सदस्य रहनु भएको समिती बनेको छ भने मगलबार योजना तर्जुमा सम्बन्...

पाखर खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहज

समाचार
सुनकोशी गाउँपालिकाको ४, ५ र ६ जोड्ने झोलुङ्गे पुल बनेपछि सुनकोशी गाउँपालिकाका स्थानिय खुसी भएका छन् । पुल निर्माण भएपछि बर्खायामको समयमा सुनखानी–थुम्पाखरवासीले सास्ती भोग्न नपर्ने भएको छ । स्थानीय टोप बहादुर बस्नेतले भन्नुभयो, सुनकोशी–६ बाट सुनकोशी ४ र ५ जंगलमा घाँस, दाउरा गर्न जाँदा खोला तर्न नसकेका विगत उनीहरुलाई अहिले जस्तो लाग्छ । घाँस, दाउरा ल्याउँदा खोलामा तर्न नसकेर निकै गाह्रो हुन्थ्यो, धेरै पटक साथीहरुलाई खोलाले बगायो पनि तर अब पुल बनेपछि सबैलाई सजिलो भएको छ । सुनकोशी गाउँपालिकाको ३ वडा जोड्ने ९७ मिटर लामो झोलुङ्गे पुल बनेपछि तिन वडाका स्थानीयलाई पाखर खोलामाथि आवातजावत गर्न निकै सजिलो भएको स्थानीय सुरेस लामाले बताउनु भयो । विगतका वर्षमा आवतजावतका लागि पाखर–खोला तर्नुपर्ने बाध्यता स्थानीयबासीको थियो । बर्सेनि वर्षातको समयमा स्थानीयबासीले ज्यानसमेत गुमाउने गरेको लामाले बताउनुभयो । ...