लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाको १५आंै बार्षिक साधारण सम्पन्न भएको छ । सुनकोशी, बलेफी, त्रिपुरासुन्दरी र बाह्रविसे नगरपालिकालाई कार्यक्षेत्र बनाएर स्थापना भएको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाको १५आंै बार्षिक साधारण सभाको उद्घाटन सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले गर्नु भएको हो । त्यस्तै कालिका मावि टेकानपुरमा आयोजित अर्काे एकाइको त्रिपुरासन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले उद्घाटन गर्नुभएको थियो । २०६५ सालमा स्थापना भएको उक्त सहकारीमा चार स्थानीय तहका ३०२० शेयर सदस्यहरु रहेका छन् । सहकारीले १३ करोड बढीको बार्षिक कारोबार गर्दै आएको छ । अधिवेशन समेत रहेको उक्त सहकारीमा पुन पुर्णचन्द्र ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वीरोध निर्वाचीत गरेको छ । सहकारीमा उपाध्यक्ष रीतादेवी नेपाल, सचिव नेत्रप्रसाद पराजुली, कोषाध्यक्ष प्रेमबहादुर तामाङ र सदस्यहरुमा मिरा खत्री, हरिबहादुर बोहरा, रत्नकुमारी बस्नेत, कृष्णबहादुर पराजुली र रामशरण पराजुली निर्वाचित भएका छन् ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा सरला सुवेदी र सदस्यहरुमा दिपेन्द्र बुढाथोकी र शक्ति श्रेष्ठ रहनु भएको छ । लामोसाँघुमा भएको एकाइ २ को कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, सुनकोशी–७ का अध्यक्ष इश्वर तिमिल्सिना, बलेफी–८ का पुर्व अध्यक्ष चरिबहादुर तामाङ, सुनकोशी क्याम्पस प्रमुख कृष्ण आचार्य र सेतीदेवी माविका प्रअ बासु जिसीले सहकारीले उत्कृष्ट काम गरेको बताउनु भएको थियो ।
