सम्पर्क

Author: लोकप्रिय समाचार

मेलम्चीमा दुई दिने तनाव व्यवस्थापन तालिम सुरु

ब्रेकिङ न्युज २, समाचार
 मेलम्चीमा दुई दिने तनाव व्यवस्थापन तालिम सुरु भएको छ । इन्द्रावती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा मेलम्ची नगरपालिकाको सहयोगमा तनाव व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सोमबार मेलम्चीमा सुरु भएको हो । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता र उप प्रमुख उमा प्रधानको विशेष आतिथ्यतामा सुरु भएको हो । तालिमको उद्घाटन सत्रमा बोल्नुहुदै नगर प्रमुख आइतमान तामाङले दुई दिने तनाव व्यवस्थापन तालिममा तालिम प्रशिक्षकले सहभागीहरुलाई तनाव मुक्त हुन सिकाउने विश्वास लिनुभयो । पालिका योगमय भएको कारण कति धेरै जनाको तनाव कम भएको बताउनुभयो । त्यसैगरि नगर उप प्रमुखले हामीलाई सानो सानो कुराले तनाव दिने र आज भोलि तनाव शब्द सामान्य भएता पनि यसले जटिलता पैदा गरिरहेको बताउनुभयो । सहभागी सबैलाई सकारात्मक भै तनाव मुक्त गर्न उहाले सुझाव दिनुभयो । सहकारिका अध्यक्ष कल्पना चालिसेको श...

मेलम्चीमा बाढीको तनाब, मध्यराती बगायो अस्थायी पुल

ब्रेकिङ न्युज २, समाचार
बर्खा सुरुभएसँगै गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको छ । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ जोड्ने अस्थायी पुल बगाएको हो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सोमबार विहान फट्टेको ह्युम पाइपको निरीक्षणको क्रममा गएरातिको बर्षाले पुलमा क्षति पुगेको भन्दै अब ह्युमपाइप झिकेर सुरक्षीत राख्ने बताउनुभयो । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ ।...

दुर्लभ वन्यजन्तु सालक जोगाउन सचेतना कार्यक्रम

ब्रेकिङ न्युज २, समाचार
विपना तामाङ गोले/ चौतारा सिन्धुपाल्चोक डिभिजन वन कार्यालयले सालकको बासस्थान संरक्षण र व्यवस्थापन सम्बन्धि सचेतना गोष्ठी कार्यक्रम गरेको छ । मानिसहरूको जङ्गली स्रोतसाधनसँग परनिर्भरता बढ्दै जाने क्रम बढेसँगै दुर्लभ वन्यजन्तु सालक सङ्कटमा परेको हो । सङ्कटापन्न अवस्थामा रहेको सालक संक्षरण गर्नुपर्नेमा सहभागिहरुले जोड दिँदै सम्बन्धित निकायले पनि सालक संरक्षणमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । किसानमैत्री वन्यजन्तुका रूपमा परिचित सालकको मासु र खपटामा औषधीय गुण पाइने भन्दै नेपालबाट चीन र भियतनाममा यसको चोरी तस्करी हुने गरेको छ । सालकको मुख्य आहारा मानिसको बालीनालीमा दुःख दिने धमिरा र किरा मानिन्छ । सामुदायिक वन र वैज्ञानिक वनका नाममा अव्यवस्थित रूपमा जङ्गलको घना क्षेत्र मासिन थालेपछि सालकको बसोबास क्षेत्र सङ्कटमा परेको धादिङका डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । सचेतन...

चौतारा साँगाचोकगढी नगरपालिकाको १६औं नगरसभाबाट नीति, कार्यक्रम अनुमानित बजेट प्रस्तुत

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेका चौतारा साँगाचोकगढी नगरपालिकाको १६औं नगरसभाबाट आर्थिक वर्ष ०८१÷०८२ को नीति, कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ ।आइतबार नगरसभाले एक वडा एक उत्पादन, एक घर एक कृषि बगैंचा कार्यक्रम, किसानलाई उद्यमी बनाउदै उत्पादनलाई बजारीकरण गर्नेदेखि जति द्येरै उत्पादन, त्यति द्येरै अनुदान जस्ता कार्यक्रम अघि सारेको छ । प्रकृतिको उपहार, नगरबासीलाई रोजगार कार्यक्रम मार्फत आय मुलक र रोजगार मुलक उद्योग र उद्यम मार्फत रोजगारी प्रदान गर्ने नीति बनाएको छ । नगरपालिकाले आगामी वर्ष लप्सी प्रशोधन उद्यमलाई प्राथमिकतामा राखि कार्यक्रम संचालन गर्ने जनाएको छ । नगर पर्यटन बोर्ड गठन गरेर पर्यटन सम्बन्धी कार्यक्रमलाई ब्यवस्थित गर्दै पर्यटकिय नगरको रुपमा विकास गरीने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरभित्र रहेका विभिन्न जातजातिहरूको संस्कार, संस्कृत...

महत्वपुर्ण निर्णय गर्दै मेलम्ची को १६औ नगरसभासम्पन्न्न १ अर्ब ७६ करोड ८४ लाखको बजेट पारित

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
  नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरको कृषि तथा पशुपालनको लागि सरकारले दिएको अनुदानमा २५ प्रतिशत प्रिमियम रकम थप गरेर शत प्रतिशत बिमा प्रिमियमको व्यवस्था गर्दै बिभिन्न महत्वपुर्ण तथा नागरिकमुखी निती तथा कार्यक्रम पास गर्दै २०८१÷०८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार पाँच सय रुपैयाँ बजेट पारित गरेको छ ।अधिवेशनले नगर प्रमुख एवंम् सभाध्यक्ष आइतमान तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उपप्रमुख उमा प्रधानले प्रस्तुत गर्नुभएको बजेट र विनियोजन विधेयक २०८१ तथा विभिन्न विधेयक र प्रस्तावहरु सर्वसम्मत पारित गरेर सम्पन्न भएको छ ।आइतबार नगर सभाहलमा भएको सभामा आर्थिक विकास समिति संयोजक किरणदिप खड्काले सहकारी ऐन संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपंछि ऐन २०८१ पेस गर्नुभएको थियो ।लेखा समिति संयोजक कृष्ण मुरारी चौलागाईले पेस गरेको प्रतिवेदन सर्वसम्...

नागरिकलाई स्वस्थ्य राख्नु नगरको मुख्य उदेश्य होः नगर प्रमुख तामाङ

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरका सबै नागरिकहरु निरोगी र स्वस्थ रहे मात्र नगर बिकासमा सहयोग पुग्ने भएकोले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँनु भएको छ । उहाँले बजारमा गुणस्तरहिन सामाग्रीका कारण स्वास्थमा असर पुग्ने बताउँदै गुणस्तरहिन सामाग्री बिक्री बितरणमा रोक लगाउँन उपभोक्ता सक्षम हुन पर्ने भएकाले नगरबाट उपभोक्तहरु संस्थालाई सक्रिय गराउँनका लागि आर्थिक सहयोग गरिरहेको बताउँनु भयो । उपभोक्ता हित संरक्षण मञ्च मेलम्चीको कार्यालय उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख तामाङले उपभोक्ता हित संरक्षण मञ्च र नगरपालिकाविच सँधै समन्वय रहेको बताउनुभयो । उहाँले उपभोक्ता हित संरक्षण मञ्चलाई प्रत्येक बर्ष केहि मात्रामा भएपनि बजेटको व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो । उहाँले उपभोग्य सामान बजारीकरण गरेर नाग...

शिक्षक संघको आयोजनामा शिक्षकहरुलाई एक दिने कार्यशाला सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेपाल शिक्षक संघ चौतारा साँगाचोकगढी नगरपालिकाले कक्षा १–३ को थिमगत सिकाइ उपलब्धि मूल्याङ्कन सम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरिएको छ । ज्ञानमन्दिर नमूना माध्यमिक विद्यालयको हलमा भएको उक्त कार्यशालामा नगरपालिकाका कक्षा १–३ मा अध्यापन गर्नुहुने ६० जना शिक्षकहरु सहभागी भएको थियो । “चौतारा साँगाचोकगढी नगरपालिकाले असार १३ गते देखि कक्षा ४–१० को प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरिने भएको छ । तर कक्षा १–३ को भने थिमगत सिकाइ उपलब्धिका आधारमा मूल्यांकन गरिनु पर्ने प्रावधान पाठ्यक्रमले निर्धारण गरिएको छ । यसै सन्दर्भमा समय सपेक्षा कक्षा १–३ अध्यापन गर्नुहुने शिक्षकहरुलाई थिमगत सिकाइ उपलब्धि मूल्यांकन सम्बन्धी कार्यशाला सञ्चालन गरिएको हो” संघका सचिव सुनिल तामाङले जानकारी दिनुभयो । कार्यक्रमलाई नेपाल शिक्षक संघका संघीय समितिका सदस्य तुलसीप्रसाद दंगालले औपचारिक उदघाटन गर्दै शिक्षक संघ चौसँगढीले गरेक...

बिनोद नेपाल स्मृति फाउण्डेसनको आयोजनामा रक्तदान

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
काठमाण्डौं बिनोद नेपाल स्मृति फाउण्डेसनको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । बुढानिलकण्ठ नगरपालिका १० काठमाण्डौमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । शनिवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयो । कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा हुने गरेको कुरालाई मध्यनजर गर्दै केही हदसम्म रगतको अभावलाई पुर्ती गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । संस्थाका अध्यक्ष डा. गंगादत्त नेपालको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यता रहेको थियो । रक्तदान कार्यक्रममा फाउण्डेसनका सल्लाहकार वंशलाल तामाङ लगायतको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा मन्तब्य राख्दै पुर्वमन्त्री गगन थापाले यस कार्यक्रमले बिनोद नेपाललाई सम्झने अवसर पनि भएको बताउनुभयो । ’विगतलाई सम्झने र ज...

सुनकोशीमा पलम्वर र ईलेक्ट्रिसियन तालिम

समाचार
कुमार बस्नेत अधिराज सुनकोशी गाँउपालिकामा पलम्वर र ईलेक्ट्रिसयन तालिम सुरु भएको छ । तालिमको उद्घाटन सुनकोशी गाउँपालिका–७ का वडाअध्यक्ष ईश्वर तिमल्सिनाले गर्नुभएको हो । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्ष मन्त्रालय वैदेशिक रोजगार बोर्डको आयोजना तथा ट्रेनिङ सेन्टर नेपाल र मल्टि स्किल प्रालिद्वारा सुनकोशी गाउँपालिकाको सहकार्यमा भएको उक्त तालिम सुनकोशी–७ दुईकिलोमा रहेको सिर्जनसिलको प्रांगणमा उद्घाटन भएको थियो । ट्रेनिङ सेन्टर नेपाल संस्थाका प्रतिनिधि सुदिप उप्रेतीको अध्यक्षतामा उद्घाटन भएको तालिममा ३ जना महिला ३७ जना पुरूष गरि ४० जनाको सहभागिता रहेको छ ।...

बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बस्नेतलाई पितृ शोक

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाको नगर प्रमुख नेपाली काङ्ग्रेस १ नं. क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई पितृ शोक परेको छ । नगर प्रमुख बस्नेतका पिता भिम बहादुर बस्नेतको धुलिखेल अस्पतालमा उपचारको क्रममा ८० बर्षको उमेरमा शनिबार बिहान ३ बजे निधन भएको हो ।