सम्पर्क

Author: लोकप्रिय समाचार

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
गण्डकी, १७ कात्तिक : लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि चासो र चर्चामा उक्त नाका गत बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । कार्यालय उद्घाटनका लागि गृहमन्त्री रमेश लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सुरक्षा निकायका नेतृत्वसहित कोरला पुग्नुभएको थियो । सोही दिन मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नं १ छोसेरस्थित नेचुङमा नवनिर्मित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवन पनि उद्घाटन गरियो । सो अवसरमा मन्त्री लेखकले वर्तमान सरकार गठन भएको १०८ दिनमा कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गर्न सकिएको बताउनुुभयो । सरकारले सय दिन समयवधिमा नै कार्यालयको उद्घाटन गर्ने तयारी गरेको थियो । मन्त्री लेखकले यस नाकाबाट यस अघि दुुई...

चौतारामा ‘न्हुँदया भिन्तुना’ शुभकामना ¥याली

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, साहित्य
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा आज राजधानीसहित देशभरका मुख्य सहरमा शुभकामना ¥याली निकालिएको छ । यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्लाको चौतारा बजारमा पनी ¥याली निकालिएको छ । भिन्तुना चोकबाट शूरु भएको झाँकीसहित ‘न्हुँदया भिन्तुना’ भन्दै पैदलयात्रामा ¥याली निकालिएको हो । ¥याली गत बर्षहरमा भन्दा व्यवस्थित र बढी जनुहभागीता रहेको थियो । ¥यालीले बजार परिक्रमा गरि टुडीखेलमा पुगेर सकिएको थियो । ¥यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेषभुषामा खुसी साट्दै हिँडेको थियो ।नेपाल संवत्लाई हाल विशेष रुपमा नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लि...

सदभांव युवा समाज कतारले मनायो दिपावली साझं 

बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार
दर्शन सुनार, सदभांव युवा समाज कतारले "दिपावली सांझ २०८१" भब्य रुपमा मनाएको छ ।"आपसी सहयोग,सामाजिक सदभांव र बन्धुत्वको लागि" भन्ने मुल नाराका साथ समाजले "समाजसेवाको निरन्तरको लागी नेपालीहरुको महान पर्व "बिजयादशमी तथा शुभ दिपावली २०८१" को पावन अवसरमादोहा नज्मामा अवस्थित रोयल नेपाली रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै सांस्कृतिक कार्यक्रम सहित "दिपावली साझं भब्य रुपमा मनाएको हो ।समाजका अध्यक्ष बिजय गुरुङको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका संरक्षक पुर्ण मगरले शुभकामना मन्तव्य राख्नु भएको थियो। बिधिगत उदंघाटन सहित भगवान लक्ष्मीको पुजा आराधना गर्दै कार्यक्रम अघि बढेको थियो ।कार्यक्रममा विशिष्ट ब्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रमकी प्रमुख अतिथी केसीले आफ्नो मन्तव्य बोल्दै दोहाको समाज...

शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १६ कात्तिक : नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको उहाँले सुनाउनुभयो । यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ ।...

चौथो भोटेकोशीकोउपाधि सुनखानीलाई , स्वास्थ्य धन हो धन स्वास्थ्य होइन,अध्यक्ष पासाङ नुर्पु शेर्पा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाले चौथो भोटेकोशी कप प्रतियोगिता सम्पन्न गरेको छ । ११११११ रुपैयाँ राशीको पुरस्कार राखेर गरिएको प्रतियोगिता सुनखानी युवा क्लबले जितेको हो । भोटेकोशी गाउँपालिका वडा नं. ४ सुनखानीस्थित खेल मैदानमा बिहिबारदेखी सुरु भएको फाइनल खेलमा सुनखानी युवा क्लब र बाक्चेनFC बिच भिडन्त भएको थियो । बाक्चेनFC लाई १ गोलले हराउँदै सुनखानी युवा क्लब च्याम्पियन बनेको बिकास प्रधानले जानकारी दिनु भयो । । खेलमा सुनखानी युवाक्लबले २ गोल हानेको थियो भने बाक्चेनFC ले १ गोल मात्रै हानेको थियो । यसैगरी प्रतियोगितामा सुनखानी युवा क्लबका उत्कृष्ट खेलाडी भिम गुरुङ, शीर्ष स्कोरर सागर तामाङ, उत्कृष्ट गोलकिपर नविन सिलवाल, स्थानीय उत्कृष्ट खेलाडि छिरिङ शेर्पाले अवार्ड हात पार्न सफल भएको छ ।सम्बृद्धिको लागि फुटबल दक्ष र अनुसाशित खेलाडि उल्पादन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ भोटे...

प्रेस स्वतन्त्रता हननका १९ घटना

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १४ कात्तिक : पछिल्लो तीन महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना भएका छन् । प्रेस काउन्सिल नेपालमा आएका उजुरी र नियमितरूपमा हुँदै आइरहेको मिडिया अनुगमनका आधारमा यी घटना अभिलेखन गरिएको हो ।पछिल्लो तीन महिनामा भएका यी घटनामध्ये धम्कीका घटनाहरू सबैभन्दा बढी ११ वटा रहेका छन् । यस्तै आक्रमण/कुटपिटका घटना चार, पेसागत असुरक्षा दुई, कब्जा/अवरोध र गिरफ्तारीे प्रयासको घटना एक/एक रहेका छन् । प्रदेशअनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा नौ घटना भएको छ । यस्तै मधेस प्रदेशमा पाँच, गण्डकीमा दुई तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक घटना भएका छन् । यो अवधिमा भएका घटनामा १७ पुरुष र दुई महिला पीडित भएको पाइएको छ ।काउन्सिलले नियमितरूपमा प्रेस स्वतन्त्रताको अवस्थाबारे मिडिया अनुगमन गर्दै आएको छ र प्रेस स्वतन्त्रता अनुगमन कार्यविधि, २०८० अनुसार तीन–तीन महिनामा सार्वजनिक गर्दै आएको छ । ...

ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोक ले ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।  बिहिबार सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नम्बर १ मा ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोकको आयोजनामा इलाका प्रहरी कार्यालय जलबिरे, स्थानीय जनप्रतिनिधि, समाजसेवी,पत्रकार एवं सवारीचालक र यात्रु हरु समेतलाई ट्राफिक नियम सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गर्नुका साथै सचेतनामूलक प्रचा पम्प्लेट वितरण गर्नुका साथै स्टिकरहरू टाँस गरिएको थियो।उक्त सचेतनामूलक कार्यक्रममा यात्रु लगायत उपस्थित सम्पूर्णलाई ट्राफिक नियम र सडक सुरक्षाका सम्बन्धमा प्रशिक्षण प्रदान गर्दै ट्राफिक प्रहरी कार्यालय अधेरी सिन्धुपाल्चोकका प्रमुख गोपीराम भण्डारीले सवारी दुर्घटना न्यूनीकरणमा प्रहरीको मात्र ...

विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा उहाँले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराउनुभएको हो । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् । विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क...

नेपाली रक्तदाता संघ कतारको आयोजनामा शुक्रबार बृहत् रक्तदान कार्यक्रम हुने

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार नेपाली रक्तदाता संघ कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । “हाम्रो बिश्वब्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नाराका साथ नेपालीहरुको राष्ट्रिय चाडहरु वडा दशैँ,शुभ दिपावली,नेपाल संवत् र छठ पर्वको अवसर पारेर रक्तदाता संघ कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो । रगत अभावका कारण तड्पिएका व्यक्तिहरुलाई शुभ दिपावलीको उज्यालो प्रकाश जस्तै रगत उपलब्ध गराई उनीहरुको मुहारमा उज्यालो खुसी ल्याउन सकियोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको र उक्त मानविय र परोपकारी कार्यमा सहभागी भई कतारमा स्थापित बिभिन्न संघ–संस्था समाजसेवी,व्यवसायी,लगायत कतारमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई रक्तदान गरिदिन नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले अनुरोध समेत गर्नु भएको छ । हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा शुक्रबा...

पहिरो पीडितलाई ब्ल्याँकेट र ज्याकेट सहयोग

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कुनेगाउँका पहिरो पीडित दलित समुदायका १५ घरधुरीलाई ब्ल्याँकेट र २२ जना बालबालिकालाई ज्याकेट बितरण गरिएको छ । फ््युचर अफ होप नामक संस्थाको सहयोगमा अभियान्ता चित्रकुमार मिजार र निरोज तोलांगेको पहलमा कातिक १४ गते उक्त स्थानका पहिरो पीडितहरुलाई सिरक र ज्याकेट बितरण गरिएको हो । उनीहरु बस्दै आएको कुनेगाउँमै पुगेर फ््युचर अफ होप संस्थाकी संस्थापक अध्यक्ष अनिला थापा, बिपद् व्यवस्थापन निर्देशक कवि थापा, अभियान्ताद्धय चित्र मिजार, निरोज तोलांगेले सो सामाग्री बितरण गरेका हुन् । साथै मिजार र तोलांगेको पहलमा चेन्ज फर होप नेपाल र प्रशंसा सामाजिक सेवा नामक संस्थाबाट केही साताअघि सोही बिस्थापित बस्तीका १२ घरधुरीलाई दाल,चामाल,तेल,नुन,चिउरा लगायतका खाद्यन्न बितरण गरिएको थियो । असोज ११ र १२ गतेको अविरल बर्षातका कारण कुनेगाउँको ३ घर पहिरोले बगाएको थियो । साथै त्यसघरमा रहेका...