सञ्चारकर्मी सुशीला र वरिष्ठ गायक शिशिर योगीको राष्ट्रभावले ओतप्रोेत ‘उठ नेपाली, जुट नेपाली’ गीत रिलिज (भिडियो सहित)
काठमाडौं । सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारीले रचना गनुभएको राष्ट्रभावले ओतप्रोेत गीत भिडियो सहित रिलिज भएको छ ।
वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीले स्वर दिएकोे उक्त गीत कवयित्री अधिकारीको आफ्नै युटुव च्यानल सिर्जनाको चौतारी मार्फत बुधबार बिहान ७ बजे रिलिज भएको हो ।
उहाँले राष्ट्रको सम्मान स्वरूप कोरेका शब्दहरुमा गाइएको उक्त गीत ‘सहिद दिवस’ अर्थात माघ १६ गतेको अवसर पारी भिडियो सहित रिलिज गरिएको हो ।देशको वर्तमान अवस्थालाई झल्काउने राष्ट्रभावको जागरण गीत ‘उठ नेपाली , जुट नेपाली’ मा अगाडि भनिएको छ ‘पहाड हाम्रै हो, तराई हाम्रै हो , सबै मिलेमा, देशलाई राम्रै हो । उठ नेपाली, जुट जुट नेपाली –२, सम्बृद्ध नेपाल हेर्नु छ, न फूट नेपाली, उठ नेपाली लौ जुट नेपाली –२’युटुव च्यानल मार्फत सार्वजनिक भएको केही घण्टामै उक्त भिडीयो सहितको राष्ट्रिय गीतले धेरैको मन जित...
