मेलम्चीे विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने मुख्य मन्त्रीको प्रतिबद्धता
बागमती प्रदेशका मुख्य मन्त्री माननीय बहादुर सिंह लामाले बाढिले क्षतिग्रस्त मेलम्ची क्षेत्रको विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने बताउनु भएको छ ।
मेलम्ची नगरपालिकाद्वारा बिहिवार आयोजित विकास र विपद सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै लामाले मेलम्चीको विकासमा कुनै कञ्जुस्याई नगर्ने बताउनु भएको हो । मुख्य मन्त्री लामाले बिशेष गरी सिन्धुपाल्चोक जिल्लामा हरेक प्रकारको बिपद आइरहेको छ अब देखी सिन्धुपाल्चोक लगाएत कही पनी बुनै प्रकारको बिपद नआओस भन्ने कामना गरौ र बिपद परेको ठाँउमा बिग्रीइको संरचनालाइ पुर्बवत स्थितीमा ल्याउँन बागमती प्रदेस सरकार लागी पर्ने बताउँनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति माननीय इन्द्रबहादुर बानियाँ र प्रदेश सरकारका आर्थिक मामिला मन्त्री माननीय कुन्दनराज काफ्लेले यहाँको विकास अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रमका सभापति नगरप्रमुख...


