सम्पर्क

Author: लोकप्रिय समाचार

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाद्वारा जारी तीन वर्षिय कार्ययोजनापत्र जारी

ब्रेकिङ न्युज २, समाचार
नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाद्वारा जारी तीन वर्षिय कार्ययोजनापत्र जारी गरेको छ । सोमबार शाखा कार्यालय भृकुटीमण्डपमा बसेको नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको दोश्रो पूर्ण (प्रथम कार्यमूलक) बैठकले बृहत छलफल गरी ‘तीन वर्षे रणनीतिक कार्ययोजनापत्र–२०८१’ जारी गरेको हो । महासंघको सचिव रमेश कुमार बोहोराद्धारा जारी विज्ञप्ती १.    साना लगानी तथा स्वरोजगारमुलक मिडियाको रक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हितलाई आफ्नो मूल लक्ष्य ठानेर अविचलित रूपले अगाडि बढ्न काठमाडौं शाखा प्रतिवद्ध छ । २.    राष्ट्रिय सभाबाट ‘मिडिया काउन्सिल विधेयक’ पारित भएकोमा काठमाडौं शाखा आपत्ति प्रकट गर्दछ । साथै राष्ट्रिय सभामा दर्ता भएको ‘सामाजिक सञ्जाल विधेयक’मा कतिपय व्यवस्थाहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने र नागरिकका संवैधानिक हकहरूमा अंकुश लगा...

नेपाल मगर संघ शाखा कतारले ” ४३ औ स्थापना दिवस” मनाउदै

समाचार
दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार  नेपाल मगर संघ,केन्द्रिय कार्यालय काठमाडौ बाट वैदेशिक शाखाको मान्यता प्राप्त नेपाल मगर संघ शाखा कतारले आफ्नो स्थापना दिवस मनाउने भएको छ । “मगरात सभ्यताको दस्तावेजिकरण गर्दै लखन साँस्कृतिक संग्रहालय बनाऔं, सांगठनिक उत्सवको रुपमा मगर संघको ४३औं स्थापना दिवस भब्य रुपमा मनाऔं" भन्ने मुल नारालाई आत्मसात गर्दै संघले स्थापना तथा एकता दिवस मनाउने भएको हो । आगामी शुक्रबार मार्च १४ तारिकका दिन ग्रान्ड मल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने "४३ औ स्थापना दिवसलाई सम्बोधन गर्न नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष ज्ञानेन्द्र पुन मगर  मगंलबार कतार आईपुग्ने संघका महासचिव समीर थापा मगरले जानकारी दिनु भयो । संघका अध्यक्ष रेशम आले मगरले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगे सगैं कार्यक्रममा  कतारमा स्थापित विभिन्न बैचारिक सगंठन,प्रदेश समन्वय, जिल्ला संस्था,मा...
सिन्धुमा किन मिले अखिल र नेबिसंघ ?

सिन्धुमा किन मिले अखिल र नेबिसंघ ?

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लामा लामो छलफल र बहसपछि अन्तत् अनेरास्वबियु र नेपाल विद्यार्थी संघ बीच जिल्लाको १२ वटै क्याम्पसमा चुनावी तालमेल गर्ने लिखित सहमती भएको छ । एक्ला एक्लै लड्ने मनस्थितिमा रहेका विद्यार्थी संगठनहरु उम्मेदवारी दिने अघिल्लो दिन मात्रै सत्ता साझेदारका भातृसंगठनहरु मिलेका हुन । जिल्लाका तुलनात्मकरुपले विद्यार्थी संख्या धेरै भएका क्याम्पसहरु अखिल क्रान्तिकारीले नेतृत्वको दावी गरेको गत निर्वाचनमा जलबीर भ्याली क्याम्पसमा अनेरास्वबियुलाई नेतृत्व छोड्ने लिखित सहमती बिपरित उम्मेदवारी दिएर सम्झौता तोडेको कारणले पनि यो स्थिति सृजना भएको विद्यार्थी नेताहरुले बताएका छन् । आफू बलियो भएको ठाँउमा एकल चुनाव लड्ने र कमजोर भएको ठाँउमा रोईकराई गरेर पद लिने अखिल क्रान्तिकारीको चरित्रले गर्दा सगै जान अप्ठेरो परेको अरु विद्यार्थी संगठनका नेताहरु बताउछन । जिल्लाका महत्वपुर्ण क्याम्पस सदरमुकाम चौतारा,...

नेपाली महिला समाज कतारको आयोजनामा “बृहत रक्तदान” कार्यक्रम हुने

#, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारमा रहेका नेपाली दिदीबहिनी हरुको साझाँ सस्थां नेपाली महिला समाज कतारको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ । समाजले आगामी शुक्रबार “११५ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाली रक्तदाता संघ कतारको समन्वयमा “बृहत रक्तदान“ कार्यक्रमको आयोजना हुने भएको हो । महिला समाजले हरेक बर्ष नारी दिवसको अवसर पारेर विभिन्न सामाजिक कार्य गर्दै आईरहेको र बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमदानको पावन अवसरमा मानबिय कार्य स्वरुप “रक्तदान नै जिवनदान“ रगतको कारणले प्रवासमा कसैले ज्यान गुमाउन न परोस भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजकी अध्यक्ष लोक माया केसीले जानकारी दिनुभयो । उक्त “मानविय तथा परोपकारी” कार्यमा सहभागी भई कतारमा स्थापित विभिन्न बैचारिक सगंठन,प्रदेश समन्वय,सामाजिक संघ संस्था, ब्यवसायी, समाजसेवी, ...

किन तंग्रिएन सिन्धुपाल्चोकको पर्यटन ?

ब्रेकिङ न्युज २, समाचार
सलिना पौडेल हुन त नेपाल देश नै अति सुन्दर र आकर्षित छ । यहाँको नदिनला ,पहाड,जङ्गल भौगोलिक सुन्दरता, नदिनाला, हिमाल तराई यहाँको मुख्य आकर्षकहरु हुन् । नेपालमा धेरै नै राम्रा राम्रा ठाउँहरु छन्,त्यसमा पनि राम्रो र अति सुन्दर र प्रकृतिको अनुपम उपहार सिन्धुपाल्चोक जिल्ला पनि हो। पहाड र हिमालले घेरिएको भौगोलिक बनावटले सदाबहार सुन्दर देखिने सिन्धुपाल्चोक पर्यटक र पर्यटनको मुख्य आकर्षक क्षेत्र पनि हो । पर्यटनको क्षेत्रबाट लाभ उठाइरहने क्षेत्रमा पर्ने जिल्ला सिन्धुपाल्चोक पनि हो,भन्दा फरक पर्दैन । तर साच्चै भन्नुपर्दा प्रकृतिबाट उपहार पाएको सिन्धु, प्रकृतिबाट नै बारबार ठगिराखेको छ । तर प्राकृतिक बिनाशसङ्ग कस्को के लाग्छ र ? ७२ सालको भूकम्पले प्रभाव पारेपछि हालसम्म पनि सिन्धुपाल्चोक जिल्लामा बाह्य पर्यटकको आगमन न्युन छ । सिन्धुपाल्चोक —भूकम्प गएको ९ वर्ष हुँदा पनि सिन्धुको पर्यटन क्षेत्र अझै उभिन...

लाँगर्चे माध्यमिक विद्यालयको ६५औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
 लाँगर्चे माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका –८ को ६५औं वार्षिकोत्सव , अभिभावक दिवस तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्नुहुँदै पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले गुणस्तरीय शिक्षा प्रदान गर्न मेहनत गर्ने शिक्षकलाई सदैव सम्मान गर्ने बताउँदै भएका कमिकमजोरीलालाई सुधार्दै उत्कृष्ट नतिजा ल्याउन सकेमा अझ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यहाँको आग्रह अनुसार घेराबारको निम्ति सहयोग गरेको बताउँदै विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीको मेहनतबाट मात्र गुणस्तरीय शिक्षाको लक्ष्य प्राप्त हुने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा सहयोग गर्ने सम्पुर्ण संघ संस्था र व्यक्तिहरुलाई आभार प्रकट गर्दै आगामी दिनपनि सहयोगको अपेक्षा गर्नुभयो । विद्यालयका प्रधानाध्यापक राममणी धितालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । पुर्वाधार र...

पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो

ब्रेकिङ न्युज २, समाचार
काठमाडौँ पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले राससलाई बताउनुभयो । “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” उहाँले भन्नुभयो, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।” ‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाचौँ प्रदूषित सहरका रुपमा सुचीकृत भएको छ । आज यहाँको वायु प्रदूषण एक सय ६३ एक्युआई पुगेको छ । विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रुपमा भियतनामको राजधानी हनोई सहर सुचीकृत भएको छ भने दोस्रोमा चीनको बेइजिङ परेको छ । तेस्रो प्रदूषित सहर बङ्गलादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँदिल्ली रहेको छ । रासस...

सुनकोशी गाउँपालिकाले ११५औं अन्तराष्ट्रिय नारी दिवस भव्य रूपमा मनायो

समाचार
कुमार बस्नेत (अधिराज) सुनकोशी गाँउपालिकाको आयोजनामा महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ महिला सशक्तिकरण र लैंगिक समानताको प्रतिवद्धता व्यक्त गर्दै ११५औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ सम्पन्न गरिएको छ । कार्यक्रमको प्रमुख आतिथ्यता सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले गर्नु भएको थियो भने सभापतित्व उपाध्यक्ष कान्छि लामाले गर्नु भएको थियोे । कार्यक्रममा ७ वटै वडा अध्यक्षहरू ७ वटै महिला संजालका समुहहरू स्वस्थ सोयमसेविकाहरू सहकारी संस्थाहरूको र स्थानिय महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा जनचेतनामूलक नाटक प्रस्तुत गरियको थियो भने सुनकोशी भित्रका महिला समुहहरूको गायन प्रतियोगिता समेत गरिएको थियो । उक्त एक दिवसीय गाएन प्रतियोगितामा १४ टिम समुहको प्रतिस्पर्धा रहेको थियो।सुनकोशीको मौलिक भेषभुसा झल्किने मौलिक लोक भाका , भ...

ईन्द्रावतीले महिला उद्यमीहरुलाई सम्मान गर्दै मनायो अन्तराष्ट्रिय नारी दिवस

ब्रेकिङ न्युज २, समाचार
   इन्द्रावती गाउँपालिकाले महिला उद्यमीहरुलाई सम्मान गर्दै फरक ढङ्गकबाट ११५औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । गाउँपालिकाद्वारा आयोजना गरिएको महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी तथा सचेतनामुलक सांस्कृतिक कार्यक्रम गी ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको हो । दिबसको अवसरमा इन्द्रावती गाउँपालिकाले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी तथा सचेतनामुलक सांस्कृतिक कार्यक्रम गरेको छ । गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा पालिका भित्रका १२ वटै वडाबाट महिला उद्यमीहरुले उत्पादन गरेका तरकारी, खाद्यान्न, कपडा, जडिबुटि लगायत स्टल राखिएको थियो । उनिहरुलाई पालिकाले नगद सहित सम्मान समेत गरिएको थियो ।त्यस्तै उत्कृष्ट स्टलको रुपमा वडा नम्बर १ लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्क नेपालले महिलाहरुको आयआर्जन वृद्धि गर्न हरेक वडामा ताल...

महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि नै छः सभापति देउवा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
पाटन (ललितपुर), २४ फागुनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि रहेको बताउनुभएको छ । ११५औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘नेपाली महिलाहरूको आह्वानः समानता र सशक्तीकरणको अभियान’ विषयक छलफल कार्यक्रममा सभापति देउवाले नेपालमा अधिकारका माध्यमबाट महिलाहरूको उत्थान र अधिकार मात्रै हैन जिम्मेवारी दिने सवालमा पनि विश्वका अरू देशभन्दा अग्रगामी रहेको जिकिर गर्नुभयो । “हरेक पालिकामा मात्रै हैन राज्यको हरेक निकायमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुने व्यवस्था गरिएको छ । यहाँ महिलाहरूले देशकै नेतृत्व गरेको अवस्था छ, अन्य कुनै देशले नेपालले जति अधिकार दिएको छैन,” सभापति देउवाले भन्नुभयो,“अब थप अधिकार, समानता र सशक्तीकरणका पक्षमा सबै...